प्रत्येक नेपाली नागरिकले दक्षिण एसियामा सबैभन्दा कम विद्युत् खपत गर्ने गरेका छन् । तर, विद्युत् खपतको तुलनामा नेपालीहरूले तिर्ने विद्युत् महसुल भने सबैभन्दा महँगो छ । इन्टरनेसनल इनर्जी एसोसिएसन (आईइए) को की वल्र्ड इनर्जी २००९ र इनर्जी सिस्टम मेनेजमेन्ट एसिस्टेन्स प्रोगाम (ईएसएमएपी) को तथ्यांकले नेपालीहरू न्यून विद्युत् उपभोगका लागि महगो महसुल तिर्ने ग्राहक देखाएको हो ।
तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति विद्युत् उपभोगको परिमाण वार्षिक ८१ किलोवाट मात्रै रहेको छ । सन् २००४ मा यो परिमाण ६९ किलोवाट थियो । दक्षिण एसियाली मुलुकमा सबैभन्दा धेरै विद्युत् ऊर्जाको प्रयोग भारतीय नागरिकहरूले गर्ने गरेका छन् । १ भारतीय नागरिकले प्रतिवर्ष ५ सय ४३ किलोवाट विद्युत् ऊर्जा खपत गर्छ । यद्यपि भारतको कुल ऊर्जा उत्पादनमा तापिय ऊर्जाको हिस्सा बढी छ । छिमेकी देश चीनको प्रतिव्यक्ति विद्युत् खपत गर्ने परिमाण २ हजार ३ सय ४६ किलोवाट छ । १ नेपालीले खपत गर्ने ऊर्जाको तुलनामा यो २८ र भारतीय नागरिकको तुलनामा ४ गुणा बढी हो । सन् २००४ मा चीनमा यो परिमाण १ हजार ५ सय ८५ किलोवाट थियो ।
१ पाकिस्तानी नागरिकले प्रतिवर्ष ४ सय ७५, श्रीलंकालीले ४ सय १८ र बंगलादेशीले १ सय ४४ किलोवाट विद्युत् वार्षिक रूपमा खपत गर्ने गरेका छन् । भुटानले भने आफूले उत्पादन गरेको ऊर्जा खपत गर्न नसकी भारत निर्यात गर्ने गरेको छ । एसियाली नागरिकको औसत वार्षिक विद्युत् ऊर्जा खपतको परिमाण ७ सय ५ किलोवाट रहेको छ ।
विद्युत् ऊर्जा खपतको तुलनामा नेपाली नागरिकले महसुल भने महँगो तिर्ने गरेका छन् । नेपालीहरूले प्रतियुनिट विद्युत्को औसत ७ रुपैयाँ ३० पैसा शुल्क महसुल तिर्ने गरेका छन् । दक्षिण एसियाली मुलुकमा सबैभन्दा महँगो विद्युत् महसुल श्रीलंकाली नागरिहरूले तिर्ने गरेका छन् । उनीहरूले प्रतियुनिट विद्युत्को १२ रुपैयाँ ४८ पैसा महसुल तिर्ने गरेको तथ्यांकले देखाएको छ । अफगानी नागरिकले प्रतियुनिट विद्युत्को ९ रुपैयाँ महसुल तिर्ने गरेका छन् । भारतमा सोही परिमाणको विद्युत्को दर ५ रुपैयाँ ६६ पैसा छ भने पाकिस्तानमा ४.५५, बंगलादेशमा ३.७५ रुपैयाँ छ । यो क्षेत्रका देशहरूमा सबैभन्दा कम विद्युत् महसुल तिर्नेमा भुटानी नागरिक छन् । उनीहरूले प्रतियुनिट विद्युत्को २ रुपैयाँ ३६ पैसा महसुल तिर्छन् ।




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,272,009 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Singer Whitney Houston dies at 48Singer and actress Whitney Houston, one of the most celebrated acts of all time, is found dead in Los Angeles at the age of 48.
- Arabs to discuss Syria escalationArab foreign ministers are to meet in Cairo to decide their next move after the failure of a UN resolution on Syria, as al-Qaeda backs the uprising.
- Malaysia deports tweet row SaudiMalaysian authorities deport a Saudi journalist who left his country after being accused of insulting the Prophet Muhammad in a tweet.
- Greek PM gives final euro warningGreek Prime Minister Lucas Papademos warns the Greek people of imminent catastrophe if parliament fails to pass a deeply unpopular austerity bill.
- Romney victory in Maine caucusesFrontrunner Mitt Romney sees off a strong challenge from outsider Ron Paul to win the Republican primary caucuses in Maine, say party officials.
- Turkey 'bombs PKK Iraq hideouts'Turkish jets have bombed suspected hideouts of the Kurdish rebel group PKK in northern Iraq, Turkey's military says.
- Turkmenistan in presidential votePolls open in presidential elections in Turkmenistan, with incumbent President Kurbanguly Berdymukhamedov expected to win another term.
- Colombia seizes rebel explosivesA tip-off by demobilised rebels leads Colombian security forces to a large cache of explosives and weapons hidden in a jungle camp.
- Israel nationwide strike is overIsrael's main trade union federation has ended a five-day strike which closed government offices and key transport hubs.
- One killed in air strikes on GazaOne man is killed and four others wounded in Israeli air strikes against what it says were "terrorist" sites in the Gaza Strip.
- Singer Whitney Houston dies at 48









































