गुगलको आँखा टेलिभिजनतिर

गुगलले टेलिभिजन सञ्चालन गर्ने भन्ने हल्ला धेरैअघिदेखि नै आए पनि यसको आधिकारिकता पुष्टि भएको थिएन् । तर, यही मे महिनाको अन्त्यतिर हुने सम्मेलनका क्रममा गुगलले यससम्बन्धी घोषणा गर्ने भएको हो । अमेरिकी अखबार वाल स्टि्रट जर्नलका अनुसार गुगलले मे १९ र २० मा सान पान्सिस्कोमा हुने सम्मेलनमा गुगलले तीन हजारभन्दा बढी डेभलपरलाई इन्टरनेटमा आधारित टेलिभिजनको सपटवेयर प्रदान गर्ने तयारी गरिरहेको छ ।
गुगल टिभी एन्ड्रोइडमा आधारित प्रविधिमा चल्नेछ । जसमा इन्टरनेका सामग्री हेर्न सकिन्छ । यसैगरी, वेब सर्च, टेलिभिजन एप्लिकेसनलगायत विभिन्न भिडियो इन्टरटेनमेन्टमा सामग्री उपलब्ध हुनेछन् । गुगलको टिभीमा इन्टरनेटबाट चल्ने भविष्यका टिभीको संयोजन हुने वाल स्टि्रटले जनाएको छ । जसमा गेमका लागि छुट्टै डिभाइस, सेट टप बक्स, ब्लु रे प्लेयर्सजस्ता अत्याधुनिक सुविधा हुनेछन् ।
गुगलको योजनाले सफलता पाएको खण्डमा अब तपाइर्ं हाम्रो घरमा रहेका टेलिभिजनमा वेबसाइट हेर्ने, इमेल चलाउनेलगायतका इन्टरनेटका आधारभूत सुविधा प्राप्त गर्न सकिन्छ ।
इन्टरनेटबाट फड्को मारेर टेलिभिजनमा आउन खोजेको गुगलले यसका लागि प्रविधि महारथीहरू सोनी, इन्टेल, लजिटेकजस्ता कम्पनीसँग साझेदार गरिरहेको जनाइएको छ । टेलिभिजनको क्षेत्रमा प्रवेश गर्ने धुनमा लागेको गुगलले इन्टेलको प्रविधिमा आधारित सेट टप बक्स ल्याउन लागेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने यो सेट टप बक्समा लजिटेकको रिमोट कन्ट्रोल प्रयोग हुन्छ । वेबमा आधारित प्रविधिमा चल्ने टिभी भएकाले यस्तो टिभीमा टचस्त्रिmन वा छुट्टै कि-बोर्ड हुनेछ ।
जर्नलका अनुसार सोनीले आपनो इन्टरनेट टिभीमा गुगलको सफ्टवेयर, सेटटप बक्स प्रयोग गर्दै टेलिभिजन ल्याउने तयारी गरिरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s