१. गैह्र कानूनी हैसियतमा बसेका (कफिलको घर वा काम गर्दै गरेको घर वा स्थान छोडि वाहिर बसेका) महिला कामदारहरूको घर फर्कने चाहनालाई ध्यानमा राखि दूतावासले अभिलेख राख्ने कार्यको शुरूआत गरेको छ । कफिल वा स्पोन्सरले फौज्दारी अभियोग (चोरी, गैह्रकानूनी सेक्स, हत्या लगायतका अन्य) लगाई केस गरेको बाहेक, भागेको मात्र अभियोग लगाई केस गरेका (Run away case) महिलाहरूको सन्दर्भमा कुवेती सरकारको कानूनको दायरामा रही नीजहरूको फिर्तीको लागि दूतावासले आबश्यक पहल गर्नेछ । यसका अतिरिक्त कुवेत सरकारले गैह्र कानूनी रूपमा बसेकाहरूलाई आममाफी दिएको समयमा सम्बन्धितलाई समयमा नैं दूतावासले जानकारी गराउने भएकोले सम्भब भएसम्म आफ्नो राहदानीको प्रतिलिपि वा राहदानी नम्बर वा एजेन्सी वा कफिलको सम्पर्क नम्बर सहित आफै उपस्थित भएर वा कसैको साथमा पठाएर वा टेलिफोनद्वारा जानकारी गराइदिनुहुन वा यस किसिमको जानकारी उपलब्ध गराउन सहयोग गर्नुहुन सम्पूर्ण नेपालीहरूलाई अनुरोध गरिएको छ ।
२. कसैको राहदानी हराएको वा कुवेतको आवासिय भिषा वा परिचय पत्र (अकामा/सिभिल आइ.डि.) नबनाई कफिलले काम लगाएको भएमा त्यसरी बस्ने महिला कामदारहरूले पनि सो ब्यहोरा सहित दूतावासले मागेको जानकारी उपलब्ध गराइदिनुहुन अनुरोध गरिएको छ ।
३. कुवेतमा कानूनी वा गैह्र कानूनी हैसियतमा बसेका पुरुषहरुले आफुसँग विवाह गर्ने वा राम्रो घरमा धेरै तलव दिने गरि रोजगारी लगाइदिने वहनामा महिलाहरूलाइ भगाउने गरेको पाइएको हुँदा अरूको वहकाउमा नपरी हाल बसिरहेको स्थान वा काम गरेको स्थान छोडेर नहिड्नुहुन, साथै यसरी महिला भगाउने काममा संलग्न जुनसुकै देशका नागरिक भए पनि यस दूतावासले दिएको जानकारी अनुसार कानून बमोजिम कडा भन्दा कडा कारवाइ गरिने भनी कुवेतको सरकारी निकायले वचनवद्धता व्यक्त गरेकोले कसैसंग त्यस्तो सूचना भएमा गोप्य रुपमा दूतावासलाई जानकारी गराइदिनुहनु पनि अनुरोध गरिएको छ ।
४. कतिपयलाइ दूतावासमा सेल्टर वा आश्रयस्थल छ भनी भ्रम परेको हुँदा दूतावासमा सो किसिमको ब्यवस्था नभएको ब्यहोरा पनि जानकारी गराइन्छ ।
थप तथा विस्तृत जानकारीको लागि सम्पर्क :
नेपाली राजदूतावास, कुवेत
भिला नं १८४, स्ट्रीट नं ८०४
जहारा एरिया, साउथ सुरा
टेलिफोन नं. २५२४३२५७ र २५२४३२५४
फ्याक्स नं. २५२४३२५०
















































Great initation from Nepal Embassy Kuwait !!!
yetro embassy ko web site pani chhaina ki kaso?????
web site ra email address pani upalabdha garaunu paryo ni.
itz great news for nepali females but same rules why not take it for male also even only for ladies thanx nepal ambessay and kuwait government
it is excellent for all neplese ladies and jents,who were working in house
i appreciate that
but …..but ..
Nepal ambassy must need own web..
yesto tato na chharo ko suchana le ke garne?? yo bhanna khojeko chai ke ho dutawas le? yehi ho hamro sarkari nikayeko aukat???
sarba pratham sa dhnyabat nepal rajdudabaslai kinaki e bikriti harule garda hamra nepali cheli harule sarai dukha jelnupareko6 malai asha 6 hamra maha mahi rajdutle ajha yo bhanda ramro kadam chalnu hun6a vanne asha rakheko6 dannyabat..
We are very happy and feeling secure after establishment of the Nepal Embassy in Kuwait.Embassy should not take interest only for the female matters but should be aware about the male workers who are suffering from different problems.There is a big problem of discrimination towards the nepali workers and there is an exploitation of nepali workers.They are paid small salary for difficult and big responsible job.So,I wanna draw your attention about these matters.We are thankfull to the Emabassy for its starting with good job.We wish all the best .
aafno web saide ma vanda kuwait nepal .com dherai le herne vako le yas marfat chuchana nikaleko hoo bro
Dear all,,
I would like to ask you if there is only run a way case no other case what is the process to go back nepal if some one run a way from house and working out side?