काठमाडौं,
कसैले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री पदबाट राजीनामा नदिने भाषण गर्दै आएका प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार राष्ट्रपति डा. रामवरण यादवसँगको भेटमा भने आत्तिँदै अब मैले राजीनामा दिन्छु भनेका छन् । भरपर्दो स्रोतका अनुसार राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री माधव कुमार नेपाललाई आइतबार आफ्नो कार्यालय शितल निवासमा बोलाई एकीकृत नेकपा (माओवादी)ले जनविद्रोहमार्फत् कसरी सत्ता कब्जा गर्दैछ अनि सत्ता कब्जा गरेपछि कसरी टिकाउने योजना बनाएको छ साथै सत्ता टिकाउँदै आगामी दश वर्षसम्म के–के गर्ने भन्ने विस्तृत योजना बनाएको एक गोप्य रिपोर्टसहितको माओवादीको दस्तावेज देखाउँदै राष्ट्रपति रामवरण यादवले अवस्था यस्तो छ अब तपाईंले प्रधानन्त्रीको हैसियले के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए। Continue reading
गुगलले टेलिभिजन सञ्चालन गर्ने भन्ने हल्ला धेरैअघिदेखि नै आए पनि यसको आधिकारिकता पुष्टि भएको थिएन् । तर, यही मे महिनाको अन्त्यतिर हुने सम्मेलनका क्रममा गुगलले यससम्बन्धी घोषणा गर्ने भएको हो । अमेरिकी अखबार वाल स्टि्रट जर्नलका अनुसार गुगलले मे १९ र २० मा सान पान्सिस्कोमा हुने सम्मेलनमा गुगलले तीन हजारभन्दा बढी डेभलपरलाई इन्टरनेटमा आधारित टेलिभिजनको सपटवेयर प्रदान गर्ने तयारी गरिरहेको छ ।
एजेन्सी/ पृथ्वीकै दुर्गम स्थानसम्म पुग्न सकिने दाबी गरिएको १ सय ७५ दिन लामो पदयात्रा प्याकेजको घोषणा गरिएको छ । गे्रट हिमालयन पदयात्रा नाम दिइएको प्याकेजको घोषणा बेलायतको वल्र्ड एक्सिपिडिसन नामक एडभेन्चर ट्राभल एजेन्सीले गरेको हो । एजेन्सीले ३० वर्षदेखि नेपालमा ट्रेकिङ व्यवसाय सञ्चालन गर्दै आएको छ । आगामी सन् २०११ का लागि घोषणा गरिएको प्याकेज फेब्रुअरीमा सुरु हुनेछ । १७ सय किलोमिटर लामो पदयात्राको नेतृत्व विश्वका अग्ला स्थानमा पदयात्रा गरिसकेका बेलायती पदयात्री रोविन बोस्टेडले गर्नेछन् । 















































