बालकृष्ण घिमिरे,
टुकुचा ७ काभ्रे, हाल: कुवेत
हाम्रा टाठा बाठा केही नारिहरु महिला हक अधिकारका लागि कुर्लेका कुर्लेही छन | प्राय जसो दिनौका नारी सम्मेलन,गोस्टी,सेबिनार आदी इत्यादिमा कुर्लेनिहरु कै घरहरुमा सबै भन्दा बड्ता नारी (महिलाहरु ) नै शोषणमा परेका घटनाहरु पढेका,देखेका र सुनेका छौ | नारी आन्दोल,बाल अधिकार,जाती जनजातीहरुको उत्थान लगाएत आदी इत्यादिहरुमा लागेकाहरुको डलर उत्पादन गर्ने भन्दा अर्को उदेस्य नरहेको कुरा घाम जतिकै छर्लग्ङ भई सकेको छ | नारी उत्थानका नाममा महिला बेच बिखनमा लाग्नेको सख्या पनि कम छैन | यहाँ मैले उठाउन खोजेको प्रमुख बिषय पनि महिला बेच बिखनमा लागेका नारी मानव तस्करहरु कै हो | कुवेतमा रहेका नेपाली महिलाहरुले नेपाली चेलीहरुलाई बिभिन्न बहानामा श्रम शोषण,याताना र बिक्री गरेका कयौ घटनाहरु मध्य केही घटनालाई क्रमबध्द रुपमा यहाँ उल्लेख गर्न गहिरहेको छु | (१) श्रम शोषण नेपाल बाट बिभिन्न समस्याका कारण कुवेत भित्रिएका वा भित्र्याईएका नेपाली चेलीहरु कुवेतिहरुको घरमा दु:ख शुख काम गरिरहेको अवस्थामा घर मालिक र मालिक्नी (बाबा मामा) बाट यातना पाइ घर बाट भाग्नेहरु लगाएत घरमा आराम सित काम गरिरहेका नेपाली चेलीहरुलाई बाहिरी दुनियाँको रमझमको बारेमा फोन बाट जानकारी गराइ कुवेतिले दिने पारिश्रमिक भन्दा दोबर आम्दानी गर्न सकिने र मोज मज्जा पनि हुने भन्दै घर बाट बाहिर निकाली केही समय मस्ती गरी छाडि दिने नेपाली दाजु भाईहरुका कारण अलपत्र परेका नेपाली चेलीहरुलाई यहाँ (कुवेतमा) रहेका आफुलाई टाठा बाठा र समाजसेबी भन्न रुचाउने केही महिलाहरुले नै अलपत्र परेका पीडित चेलीहरुलाई गास र बास दिने नाममा श्रमशोषण गर्नुका साथै एक दुई महिना पीडितलाई पाले वापत केटा खोजी गर्दी ति पीडित चेलीलाई पाए सम्म नेपाली नपाए इन्डियन,बङ्गाली केटालाई भिराएर पीडितले खाएको खानाको भन्दा चौबर कुवेती दिनार उक्त केटा सित असुल उपर गर्नेको सख्या पनि कम छैन |थोरैले समाज सेवाको भावनामा यस्तो काम गरेका होलान तर धेरैले आफ्नो पेसा नै बनाएर यस्तो जघन्ने अपराध र घिडित कार्य गरेर ठुलै आम्दानी गरिरहेका छन | उधारणको रुपमा २८ अप्रिल २०१० मा संचार माध्यममा प्रकाशित् “कुवेतको गल्लिमा बेचिन लागेकी नेपाली चेलीको उद्वार” सिर्षकको समाचारलाई पनि लिन सकिन्छ | (२) यातना घटना केही समय पहिलाको हो,कुवेतको जिलिप शहरमा आफ्नो मेनपावर सन्चालन गरेर बसेका एक जोडी नेपालीले नेपाली महिलालाई नै गरेको दुरब्यवार यस्तो थियो | चालिस बर्ष नागी सकेकी राइ लिम्बु जस्ती देखिने ति महिलालाई दुई महिना अगाडि (यो समय घटना घटेको समय भन्दा अगाडिको हो ) नेपाल बाट सोही मेनपावरका युगल जोडीले झिकाइ कुवेतिको घरमा कामका लागी पठाएका रहिछन | हेर्दै साह्रै यातना पाए जस्ती देखिने ति पीडित महिलाको भनाइ अनुसार घर मालिक मालिक्निले उन्लाई लगिएकै दिन देखी शारिरिक तथा मानसिक यातना दिएकाले दिनौ रुने कराउने,खाना नखाने लगाएत घरको कुनै पनि काम नगरेकाले सो दिन उन्लाई उनकै मालिक्निले त्यही मेनपावरमा फर्काई ल्याएकी रहीछिन |
घुम्दै जाने क्रममा हामी पनि त्यही मेनपावर अफिस अगाडि पुगेछौ,नेपालीमा भनाभन भई राखेको देखेर हामी अढियौ | हेर्दा कुवेती पहिरनमा सजिएकी मेनपावरमा रहेकी सुन्दर नेपाली नारिले अरबिकमा त्यो कुवेती केटी सित के के भनिन त्यो त हामीलाई थाहा भएन तर उमेरमा उनकी आमा सरहकी ति पीडित नेपाली महिलालाई यसरी गाली गलोज गरिन, त नेपाल बाट खान नपाएर आएकी होइनस,काम गर्न नसक्ने भए किन आएकी त,के त्यो कुवेतिको (त्यो शब्द यहाँ उल्लेख गर्न पनि सकिदैन ) सानो भयो,आदी इत्यादी घिडित शब्दले गाली गर्दा गदै मेपावरका मालिक अर्थात त्यही छुद्द्र केटीका पती भनाउदा अाई पुगे,म सँग गएका मेरा साथीको र उनको पहिला नै कही सामान्य चिनजान भएको रहिछ,त्यही भएर होला हामीहरुलाई उन्ले अफिस बाहिर रहेको सोफामा बस्न अनुरोध गरे,हामी हतारमा भएकाले नबस्ने जानकारी मेरा मित्रले दिदा उनी झनै खुशी भएको भान हुन्थौ | ( किनकि उनकी कुवेतकी मात्रै हुन वा जीवन भरि कै हुन,रङ्गिली श्रीमतीका ति घिडीत अप्शब्द हामीले सुनेकोमा उनलाइ भने केही लज्जाको भान भएकोले हुनुपर्दछ )| हामी सित उनी पनि बाहिर आउँदै गर्दा महिले सोधे सर के भएको हो ? ति दिदीलाई साह्रै समस्या परे जस्तो छ,त्यसरी गाली गर्नुको सट्टा नेपाल फर्काउदा हुँदैनर ? तपाईंहरुले बुझ्नु हुन यस्ता कुरा,प्राय सबै नेपाली केटीहरुले यस्तै नाट्क गर्छन् भन्दै हामी सित छुट्टीए | हामीभने यातना माथिको यातनाका दर्शक भएर फर्कन वाध्य भयौ | (३) महिला द्वारा महिलाकै बिक्री कुवेतमा अाई बिभिन्न कारणले नेपाल फर्कियका नेपाली महिलाहरु नै नेपालमा रहेका सोझा,निमुखा,गरिब र आ-आफ्नो घर परिवार बाट थिचोमिचोमा परेका चेलीहरुलाई आफु लामो समय कुवेतमा बसेको स-प्रमाण देखाउदै कुवेत लगाएतका अन्य खाडी मुलुकहरुमा भित्र्याउने कार्यमा सफल भएका छन | यस्ता महिलाहरु नेपाल,इन्डिया लगाएत बिभिन्न खाडी मुलुकहरुमा रहेका मानव तस्करहरु सँग प्रतक्क्ष वा अप्रतक्क्ष रुपमा संलग्न भएका पाईन्छन | यस्तै घटनाको एउटा उधारण म यहाँ उल्लेख गर्न गहिरहेको छु |
दुई बर्ष अगाडि कुवेत आएकी सबिता लिम्बु (नाम परिवर्तन ) कुवेतिको घरमा घरायसी काममा लागेकी थियिन | दु:ख सुख काम गरिरहेकी सबितालाई त्यहा भित्रको शोषण,याताना र कस्टले कुनै फरक पारेन किन की हरेक शोषण र यातानाहरु उन्ले नेपाल देखी इन्डिया हुँदै कुवेत आईपुग्दा पुरा गरी सकेकी थियिन् | कुवेतको PWC कम्पनिमा कार्यरत राजु नगरकोटि (नाम परिवर्तन ) कुवेत टु इराक (टेल्लर ) गाडी चलाऊने ड्राइभर सित सबिताको परिचय भयो | निकै दिनको लेलिफोन वार्तालाभ पक्षात राजुले सबितालाई कुवेतिको घरबाट निकाली फर्वानियामा कोठा भाडामा लिई राखेका थिय | केही समय पक्षात सबिता दुई जिउकी भइन,राजुले इन्डियन डाक्टर लगाही सबिताको पेट्को बच्चा निकाले तर डाक्टरले पुरा बच्चा निकाल्न नसक्दा सबिता थलापर्दै गहिन,त्यही कोठा भाडामा लीइ बसेका अन्य नेपालीहरुको सल्लाहा अनुसार उनलाई फर्वानिया कै प्राईभेट (इन्डियन) अस्पताल लगि घटनाको यथार्थ जानकारी गराइयो | उक्त अस्पतालमा कार्यरत डाक्टरहरुले घटनाको प्रक्रिती अभैधानिक (इलिगल) भएकाले उपचार गर्न नसक्ने जानकारी गराउदै सबिताको ज्यान जोखिम्मा पर्दै गहेकोले तत्काल त्यहा बाट निकाली नेपाल फर्काउन सल्लाहा दिए |
सबितालाई कुवेतिको घर बाट निकाल्दा कुवेतिलाई केही रकम दीइ सबिताको पास्पोट समेत ल्याएका राजुले अस्पतालको सल्लाहा अनुसार सोहिदिन बेलुका सबितालाई नेपाल पठाइदिए | दुबइ ( UAE ) हुँदै नेपाल जाने प्यलेनमा गहेकी सबिताको अवस्ता बिग्रिदै गहेकाले दुबइमा टान्जित हुहा सबितालाई त्यही उतारी एयरलाइन्सको नियम अनुसार दुबइको अस्पतालमा सामान्य उपचार (नदुख्ने दवाइ ख्वाइ ) गराइ केहीदिन पछी नेपाल पुर्यायिएको थियो | नेपाल पुगी राम्रो सँग उपचार गराई पूर्ण जीवन पाएकी सबिताले अहिले बिभिन्न मानव तस्करहरुको मिलेमहतोमा नेपाली चेलीहरु कुवेत पठाइ रहेकी छन | आँफैले तेत्रो हन्डर खाएकी नेपाली चेलीले,नेपाली चेलीलाइ नै बिक्री गर्ने दुसाहास किन गर्दै छिन ? किन उनी आँफैले देखे भोगेको र कुवेतमा अलपत्र परेका नेपाली चेलीहरुको पिडामा नुन चुक छर्किदै छीन ? के पैसै सबै भन्दा ठुलो हो त ? माथि उल्लेखित सम्पूर्ण घटनाका दोषिहरुलाई सम्बन्धित निकायले तत्काल छानबिन गरी आवश्यक कानुनी दाँयारामा नल्याउने हो भने यि र यस्ता अनगिन्ती घटना घटिनै रहने छन |
माथिका समग्र घटना कुनै काल्पनिक काहानीको आधारमा लेखेको नभै बिभिन्न पत्रपत्रीकाहरुको अध्ययन र खोज मुलक संघर्षको आधारमा तयार पारेको जानकारी गराउदछु साथै तीन नम्बर बुदाको मानव द्वारा मानवको बिक्री भन्ने शिर्षकको सामाग्री तयार पार्न कुवेत फर्वानिया स्थित राजु बसेकै बिल्डिङ्मा बस्ने एकजना मित्रले कसैको पनि यथार्थ नाम उल्लेख नगर्ने सर्तमा घटनाको सम्पूर्ण जानकारी बताउनु भएकोले सोही अनुसार यो सामाग्री तयार पारेको जानकारी गराउन चाहन्छु |















































