Monthly Archives: May 2010

नेपाली राजदूतावास कुवेतको “प्रेस विज्ञप्ति”

कुवेतस्थित नेपाली राजदूतावास भवनको भुँईमा सामान्य म्याट ओछ्याई हालमा करिब ३५~४० जना नेपाली महिला कामदारहरुलाई शरण दिई राख्नु परेको र दिनानुदिन यसरी दूतावासमा शरण लिन आउने महिलाहरुको संख्या बढीरहेको अवस्थामा, बैदेशिक रोजगार बिभागले तथाकथित संगठित क्षेत्रको नाममा दूतावाससँग समन्वयनै नगरी नक्कली कागजातको आधारमा श्रम स्विकृति दिंदै, सोही श्रम स्विकृतिको आधारमा हिजोआज पुरुष कामदारहरु पनि कुवेत भित्रिरहेका Continue reading

नेटवर्क मार्केटिङमाथिको प्रतिबन्ध फुकुवा

विकास भट्टराई, (काठमाडौं), नेर्टवर्क मार्केटिङ व्यवसाय सञ्चालन नगर्न सरकारले जारी गरेको सूचना हाल कार्यान्वयन नगर्न आइतबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। न्यायाधीशहरु खिलराज रेग्मी र तपबहादुर मगरको संयुक्त इजलासले हाललाई त्यस्तो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। Continue reading

बिषालु च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु , सात सिकिस्त

चितवन १७ जेठ- लोथर, मकवानपुरको विकट कान्दा गाउँमा विषालु च्याउ खाँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा उनीहरुको मृत्यु भएको हो। च्याउ खाँदा अन्य ७ सिकिस्त छन्। स्थानीय राप्रावि कान्दाका शिक्षक वालकृष्ण थपलियाका अनुसार मृत्यु हुनेमा ६५ बर्षीय बाबुराम प्रजा, उनकी श्रीमती ६० बर्षिया मोतीमाया प्रजा र ३ बर्षिय नातिनि आइतीमाया प्रजा रहेका छन्। Continue reading

श्रेष्ठ राजदूत नियुक्त

काठमाडौं/ परराष्ट्र मन्त्रालयका सहसचिव तथा शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठ फ्रान्सका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति डा. रामवरण यादवले श्रेष्ठलाई आइतबार राजदूत नियुक्त गरेका हुन् । श्रेष्ठको एगि्रमो फ्रान्सले हालै स्वीकृत गरेको थियो । फ्रान्समा चार वर्षदेखि राजदूत नियुक्त भएका थिएनन् ।

राजीनामाबारे दलहरुको आफ्नै व्याख्या

काठमाडौं, जेठ १६  प्रमुख तीन दलका नेताले सहमतिसँगै प्रधानमन्त्रीको राजीनामा आउने दाबी गरेका छन्। शान्ति र संविधान प्रमुख मुद्दामा पाँच दिनभित्र प्याकेजमा सहमति हुने र त्यसपछि प्रधानमन्त्रीले राजीनामा दिने उनीहरूको भनाइ छ।

तीन दलबीच शुक्रबार संविधानसभा म्याद थप्नुअघि पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने र राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने सहमति भएको थियो। नेताहरुले त्यसअघि नै शान्तिप्रक्रिया र संविधान निर्माणका विषयमा पनि प्याकेजमै सहमति हुने बताएका छन्। Continue reading

सम्झिरहनुहोस् !!

राजु गुरुङ्ग, कुवेत

  • सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
  • आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो Share गर्नुस् ।
  • आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
  • आफु भित्रको युवा आत्मलाई सधैं जिवित राख्नुस् ।
  • धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मसात गर्ने बानी   बसाल्नुस् । Continue reading

इजरायलमा गणतन्त्र दिवस सम्पन्न

सुनिल संगम, इजरायल

जेष्ठ १५, गणतन्त्र  दिवस २०६७ को सुखद उपलक्ष्यमा नेपाली राजदूताबास ईजरायलले यही मे २९ तारिक शनिबारका दिन इजरायलका लागि नेपाली राजदूत महामहिम श्री बैजनाथ थपलिया ज्युको निवास हर्जेलियामा उहाँकै उपस्थितिमा एक दिवा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाली राजदूताबासकै उपप्रमुख रुद्र नेपाल, द्धितिय सचिव बिष्णु गौतम, सहचारी थान प्रशाद शर्मा लगायत राजदूताबासका अन्य कर्मचारीहरु तथा Continue reading

बाह्र बजे नै सहमती किन ?

बिमल लामीछाने, कुवेत

२०६५ साल जेष्ट १४ गते पहिलो पटक संविधान सभाको बैठक बस्दा शायदै आम नेपाली जनमानसले सोंचेका थिए होलान, दुई बर्ष पुग्दा नपुग्दै राष्ट्रले यो किसिमको उधोगती पाउने छ । माओवादीलाई एक्ल्याउने शुरमा देखिएका कांग्रेस, एमाले देखी साना राजनैतिक दल अनि फौजी अनमत्तता बोकेको स्वयं माओवादीहरु पनि आजको अवस्थामा आम जनमानसलाई उत्तिकै जवाफदेहि छन । Continue reading

साउदी अरबका गैर आवासीय नेपालीहरूले पीडित र असहाय नेपाली महीलालाई सहयोग गरे

राम श्रेष्ठ, साउदी अरब

“फर्क फर्क हे जाउ समाउ मानिसहरूको पाउ, मलम लगाउ आर्तहरूको चहर्‍याई रहेको घाउ”

मन्दिर जांदै गरेका यात्रीहरूलाई आफ्नो “यात्री” शिर्षकको कवितामा महाकवि लक्ष्मी प्रसाद देवकोटाले सम्बोधन गर्नुभएको उद्गार हो यो । यतिखेर साउदी अरबमा पुरूष कामदार मात्र होइन, हाउस मेडमा आएका अधिकांश महीला कामदारहरू पनी अत्यन्त पीडाका साथ नारकिय जीवन ब्यतित गर्दै रहेको तथ्य पटक पटक मिडियाहरू मार्फत सार्बजनिक भएकै छ । Continue reading

सञ्चितालाई ज्यानको खतरा

जेष्ठ १५, अभिनेत्री सञ्चिता लुइँटेललाई अज्ञात समूहले धम्क्याएपछि उनी भूमिगत हुनु परेको छ । निखिल उप्रेतीसँग वैवाहिक सम्बन्धमा बाँधिएर तीन महिनादेखि मुर्म्बई बसिरहेकी उनी बुधबार काठमाडौं आएकी हुन् । काठमाडौं फर्किएपछि राजधानीको भीमसेनगोला नजिक आफ्नो माइतीमा उनी बस्दै आएकी थिइन् । सञ्चिताको परिवारका अनुसार बिहीबारदेखि उनलाई विभिन्न किसिमका धम्की आउन थाले । Continue reading

भारतमा माओवादीले रेल्वेलिक विस्फोट गराउँदा ७१ को मृत्यु

एजेन्सी, १४ जेठ, भारतीय माओवादीले रेल्वेलिक विस्फोट गराएपछि कोलकाताबाट मुर्म्बई हिँडेको एक रेल दुर्घटना हुँदा कम्तीमा ७१ यात्रुले ज्यान गुमाएका छन् । बिहीबार मध्यरातमा भएको सो दुर्घटनामा कम्तीमा डेढ सयजना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । Continue reading

हृदयाघात कम गर्न दैनिक दुईपटक दाँत माझौँ

 दैनिक दुईपटक दाँत माझनाले हृदयाघातबाट जागिन सकिने अध्ययनले देखाएको छ । वैज्ञानिकका अनुसार दाँत सफा नराख्नेहरू मुटुरोगबाट पीडित छन् । दाँतका जीवाणुका कारण मुटुको समस्या हुने गरेको तथ्य त पहिले नै थाहा भइसकेको छ । तर, मुटुको समस्या दाँत माज्ने बानीसँग पनि जोडिएको हुन्छ भन्ने पहिलोपटक पत्ता लागेको हो ।

अध्ययनका अनुसार कहिल्यै दाँत नमाज्नेमा मुटुको समस्या दैनिक दुईपटक माज्नेमा भन्दा ७० प्रतिशत बढी हुन सक्छ । Continue reading

कुर्सी कप

केशब प्रसाद घोरासैने, कुबेत

संसारमै खेलिने खेलहरु मध्ये सबैभन्दा लोकप्रिय फिफा विश्वकप २०१० फुटवल खेल दक्षिण अफ्रिकामा शुरु हुनै लागेको पूर्व सन्ध्यामा त्यो भन्दा पनी ठुलो (नेपालीहरुका लागि) खेल कुर्सी कप हाम्रो नेपालमा भई रहेको छ । खेल त बर्सौ पहिले देखी खेलिंदै आएको हो तर चारवर्ष अगाडि देखि चाँही नेपालीहरुका लागि नयाँखाले खेल खेलिंदैछ । त्यो खेलका दर्शक चाँही पौने तिन करोड नेपाली हुन । Continue reading

म्याद थप गरिएकोमा अमेरिका र जापानद्वारा स्वागत

काठमाडौं, १५ जेठ। संयुक्त राज्य अमेरिकाले संविधानसभाको म्याद थपिएकोमा स्वागत गर्दै एकीकृत नेकपा (माओवादी)का पूर्वलडाकूको समायोजन र पुनःस्थापनालगायत शान्तिप्रक्रियासँग सम्बन्धित विषयको कार्यान्वयनका लागि दलहरुले वार्तालाई निरन्तरता दिनु आवश्यक रहेको जनाएको छ। Continue reading

लोडसेडिङ ६ घन्टामा झर्‍यो

काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणले दैनिक रूपमा गर्दै आएको १२ घन्टाको लोडसेडिङ समयलाई घटाएर ६ घन्टा कायम गरेको छ । सातामा ८४ घन्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले त्यसलाई घटाएर ४२ घन्टा कायम गरेको हो । Continue reading