अन्तिम पत्रको दोस्रो अध्याय


चन्द्र तामाङ्ग, कुवेत  

जीवनै पिच्छे अलग चाहना, अलग अनुभूती, अलग गन्तव्यहरु तर जीवन धर्म र सत्य एउटा मात्र सत्य मृत्यु हामी आफ्नो प्रश्वास निस्तेज जब गर्ने जमर्को गर्दछौं । कति भयंकर कायररुपी तिरस्कारहरु हण्डर खान्छ आत्म बलले फेरी पनि त्यो निराशवादी चिन्तन र जीवन उदेश्य र लक्ष्य प्राप्तीबाट अनगन्ती समिक्षा गरी एउटा स्वाशप्रस्शास निस्तेज पर्ने बाध्य छ । त्यो मान्छे के आखिरी अन्तिम पत्र अन्तिम भोज र उसको अन्तिम लक्ष्य नै मृत्यु आत्मको अन्त त्यस्तो होइन अन्तिम कुसंस्कार, अन्तिम धोका र धोकेवाज अमर काहानी कोरीएका पत्रहरु निस्तेज पर्ने रेड लेबल ब्याल्कलेबल र ग्रिन लेबलहरुले मेरो रक्तारेशिका धोएर नयाँ प्रज्वल बोकी म सामून्ने स्तब्ध भएका विभिन्न खाले आगमनको अनुशरण गर्ने उज्यालो मिरमिरेलाई शुभारम्भ र निम्तो दिएर आगमनलाई स्वागत गर्छु ।

मेरो जीवन मेरो अनन्त प्रत्येक फण्डा मेरो स्वातन्त्र… ऊ र म मा धेरै फरक छ । डरले अन्तिम पत्रनै जीवनको अन्तिम भन्ने सोंच्छ भनें म अन्तिमको पहिलोलाई शुभआरम्म भनेर मूर्हत गर्छु । अन्तिम ह्विस्किको चुस्किले नै मैले धोकेबाज स्नायूहरुलाई धृणा गरि सकेको छु । उसले प्रतिबिम्ब निस्तेज गरेर आज अनितमको तेश्रो सुरुवातको दोश्रो मेरो मंथिगालमा र मानसपाटलबाट क्रोध र तिरस्कार, धोकेवाज व्याभीचारी ति यूवतीको प्रतिबिम्ब मेरो नयनका रेसाहरु बिलीन भएका छन् ।

तर धैर्य प्रतिक्षाको प्रतिसोध नै जीवन सफल हो । यहाँ अनगिन्ती गोरेटोहरुमा अन्तिम, दोश्रो र तेश्रो दिनहरुको अनुसरण नगरी इलू-इलू गर्ने मायालुको अनुभूती र प्रतिबिम्बहरु पनि मैले अत्यान्तै नजिक भएर देखेको छु । आखिर त्यस्तो लक्ष्यहिन मार्गहरु कोरेर भौंतारिने कलिलो अवस्था देखि ५०औं वर्षे मानसपाटलले के सोंच्ने होला यो समाजलाई समाजको मूर्तरुप वा स्वच्छ छवी कसरी संचालित गराउने भन्नेमा उसको आत्मले कहिलेसम्म अनूसरण गर्ने, कहिेलेसम्म प्रत्याभूति गर्ने हो आज प्रत्येक व्यक्ती व्यक्तीवादी भएका छन् । समाजवादी, नैतिकतावादी र मौलिकवादी भन्दा नक्कले वा नौजाले मायालुको मुल्यहरु आकाशीएको छ तर यो दिर्घायू भएर, सदा अमर भएर टिक्ने खालको भने हैन । उसको अन्तिम पाईलाहरु कहाँ, कसरी, कुन अवस्थामा धर्तीबाट विलिन हुने हो थाहा छैन । ब्रेक बिनाको सवारी साधान झैं जति रफ्तारमा गूडे पनि नतिजा भने दुर्घटना !! कहाली लाग्दो !! विनासपूर्ण मानव मेलाको अन्त्य सुरुवातको दास्रो दिनबाट अझै ऊ र म मा धेरै दुरि छ, उ अन्तिम हुस्कीको चुस्की लिए पछि तेस्रो नक्कली खोज्दैछ तर म यथार्थ जीवनको ज्योतीमार्ग र सत्यलाई रोज्दैछु… । घमण्ड र बुद्दिमानी एउटै आमाका २ सन्तान हुन ।  मार्ग विराउनेहरु, कर्तव्य भूल्नेहरु आउ उर्जा थप सडक बनाउन हामीले धेरै सवरीहरु गुडाउन अझै वाँकी नै छ ।
जीवनको अनन्त सम्म… ।

हाम्रो यात्रा शुरुवात हो अन्तिमलाई विदाई गरेको प्रथम बिहानी आउ प्रेम र धर्मको साँचो रुप अनुसरण गर्नेहरु गुडेका सडकका सवारीहरुमा यात्रा सुरु गर… यो तिम्रो सुरुवात हो अन्त्य हाईन !! जीवन यात्रा साह्रौ छोटो छ यसलाई यथार्थमा बुझ्न सकिएन भने त्यतिकै मात्रमा धेरै अमिल्दा वा जीवन संग पटक्कै नमिल्ने कुराहरु सृष्टाले सृजाउनु भएको काँचो माया गर्नेहरु साँचो माया गर्न सिक, साँचो मायाको खाँचो तिम्रो यात्राको अन्तिम दिनहरु तिम्रो अनितम श्वास प्रश्वासमा पनि निरन्तर छ र जीवनको सत्य प्रश्वास निस्तेज न हो…  अनि अनितम लक्ष्य पनि…

अन्तिमा पत्रको बाँकी भाग तेश्रो अंकमा आउँदो बिहिवार प्रकाशनमा ल्याईने छ ।

कुवेतनेपाल डट कम परिवार
सफात कुवेत

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s