राष्ट्रिय क्रिकेट खेलाडी एवं उपकप्तान ज्ञानेन्द्र मल्लकी आमा श्रीमाया मल्लको जीबन कहानी


गण्डकी अञ्चल तनहूँ जिल्ला अन्तर्गत पर्ने थानसिङ्ग गा.बि.स. वडा नं. १ मा, आमा उमा श्रेष्ठको कोखबाट बि.सं. २०३४ साल श्रावण १५ गतेका दिन श्रीमाया मल्लको जन्म भएको थियो । दुर्भाग्यवस उहाँको जन्म हुनुभन्दा दुई महिना अगाडी नै पिताको स्वार्गवास भएको हुनाले जन्म लिनु भन्दा पहिल्यै आमाको गर्भ देखी नै टुहुरी बनेर यस धर्तीमा आउनु भएको हुनाले आफ्नो पिताको नाम समेत उहाँलाई थाहा छैन । पिताको स्वर्गवास भएकै कारण उहाँको आमा उमा श्रेष्ठको जीबन पनि बिना पानीको माछा भएजस्तै वाध्य र विवस भएको कारणले गण्डकी अञ्चल तनहुँ जिल्ला अन्तर्गत पर्ने दमौली चापाघाटका गोपाल श्रेष्ठ नाम गरेको व्यक्तीसँग उहाको दाश्रो बिवाह गदै अर्को नयाँ जिवनी आमा उमाको सुरुवात हुन थाल्यो ।

आमालाई जति आफ्ना छोरा छोरीको माया लाग्छ बालबच्चाका बाबाले त्यति माया दिए जस्तो कहि कतै पनि देखिदैन । उसैमाथि आफ्नो जन्मदिने बाबा नभएर कर्म दिने बाबा को रुपमा मानिएको गोपाल श्रेष्ठले श्रीमायालाई माया ममता दिने कुरै भएन । नावालकको उमेर देखि अली हुर्कदै गएपछि उहालाई त्यस घरको एउटा नोकर्नी बरावरको व्यवहार गोपाल श्रेष्ठले देखाउन थाले । गोपाल श्रेष्ठ मार्फत पछि जन्मीएका सन्तानहरु र श्रीमायालाई दुई नजरले हेर्दै हरेक व्यावहारमा भिन्नता देखउदै अरुलाई स्कूलमा पढ्न पठाइन्थ्यो भने उहाँलाई घाँस दाउराको काम गर्न लगाइन्थ्यो । म पनि स्कूल पढ्न जान्छु भनेर हिड्दा कति पटक उहाँलाई पिटेर फर्काउने काम भएको थियो भने कहिलेकाही आँखा छलेर स्कूल पुगीहाले पनि तुरुन्तै गोपाल श्रेष्ठ स्कूलमा पुगेर कक्षा कोठाबाट उहाँलाई बाहिर निकाली हातमा लिएको कापी पुस्तकहरु च्याती दिने र कलम भाची दिने जस्ता अनैतिक व्यवहार गदै पिटेर घरमा ल्याईसके पच्चात घाँस दाउरा काट्न जङ्गलतिर पठाइन्थ्यो ।

आमालाई छोरी प्रति माया त लाग्दथ्यो नै तर श्रीमानको डरको कारण उनले पनि केहि गर्न र बोल्न नसक्दा आमा बाबु दुवैबाट टुहुरी भए झै कष्टमय दिनहरु भोग्दै आउनु भयो श्रीमाया । आफ्नो उमेर सँगैका साथिहरुको पढाई, लेखाई, हिडाई, बोलाई, रहन, सहन, लवाइ, खुवाइ देखेर सधै कल्पना गरेरै रहन पर्ने उहाको दु:खित अवस्थालाई कसैले पनि मुल्याङकन गर्ने नसक्दा वाल्यकालको उमेर यसरी पिडीत भएर बित्दै गयो । सायद आज सम्म बाल्यकालको अवस्था त्यस्तो दु:खले कसैले पनि बिताएको छैन होला । यहाँ सम्मको दिन भर घाँस दाउराको काम गरेर मात्र नभएको फेरी रात भर जाँतोमा मकै पिन्न लगाइन्थ्यो कहिलेकाही त मकै जाँतोमा पिस्दा पिस्दै जाँतैमा निदाएको दु:खीत कुराहरु पनि उहाँले सनाउनुहुन्थ्यो ।

उहाँकी फुपु भतिजीलाई मैले लगेर पाल्छु र स्कूल पनि पढाई दिन्छु भनी बारम्बार लिन आउदा समेत उहालाई लान दिएन । कारण गोपाल श्रेष्ठबाट जन्मिएका बालबच्चाको स्हारसुसार देखि लिएर घाँस दाउरा मेला पाता ढिकी जाँतो उहाँकै काँधमा सुम्पिएको हुनाले उहाँलाई फुपुको घरमा जान नदिएको हुनु पर्छ ।

यसरी घरकी नोकर्नी भन्दा पनि बढी काममा खड्दै समय पार भएकै अवस्थामा उहाँको उमेर १५ वर्ष पनि पुरा हुन नपाउदै ५ बच्चा जन्माई सके पश्चात उक्त बच्चाहरुको आमाको मृत्यु हुदाँ श्रीमतीबाट एक्लो भएको व्याक्ती काठमाण्डौ निवासी रामकृष्ण मल्लका साथ छल कपटको खेल खेल्दै आफ्ना आफन्तैहरुबाट आफ्नो स्वार्थका खातीर नावालीक श्री माया मल्ललाई घर देखि भगाएर काठमाण्डौ पठाईयो । जन्म लिनु भन्दा दुई महिना अगाडी बाबाको मृत्यु हुनु वाल्यकालको समय कर्म दिने बाबाको कठोर पनबाट दुःख पुर्वक ब्यातित गर्ने कर्म दिने बाबाबाट जन्म दिएका बालबच्चाहरुको स्हारसुसारका साथै अन्य काम गदै समय बिताउन पर्नु अब फेरि आफ्नै आफन्तहरुको दुख्यवहारको कारणबाट टुहुरा टुहुरी बालबच्चमहरुकी आमा बन्दै काम गर्न पर्ने अवस्था एका तिर खडा भयो भने अर्को तिर उमेर नसुहाउदा रामकृष्ण मल्ललाई पतिको रुपमा ग्रहण गदै आउनु पर्ने दुःखीत समयको सृजना श्री माया मल्ल माथी हुन थाल्यो । १६ वर्षको उमेर पनि वित्न नपाउदै श्री माया मल्लबाट ज्ञानेन्द्र नाम गरिएको एक छोराको जन्म भयो । ६ सन्तान बाबु बनि सकेका रामकृष्ण मल्लको कहिल्यै पनि आफ्ना परिवारलाई सुख शान्ती पूर्वक राख्ने सोचाईको बिचार आएन ।

उनी आफ्नो खराब अमम्लको कारणबाट सधै व्यस्त देखिन्थे श्रीमानको त्यो खराब बानीको कारण घर भित्रको काम देखि लिएर सारा घर व्यवाहार आफै सन्चालन गर्न पर्ने अवस्था बिवाह पछि श्री मायालाई आयो उहाँले स्वर्गवासी सौताका छोरा छारी लगायत आफूबाट जन्मिएको सन्तानहरुको पालनपोषणको धेरै प्रकारका कामहरुमा हातहाल्नु भयो । ज्यालाधरी काम देखि लिएर घुम्ती पसल समेत राख्न पछि पर्नु भएन । जेठो छोरा ज्ञानेन्द्र मल्ल जन्मेको ५ वर्ष पछि फेरि अर्को छोराको पनि उहाँबाट जन्म भयो । यसरी २ सन्तानकी आमा बन्न पुगेकी श्री माया मल्लले श्रीमानबाट प्राप्त गरिने मायाममता कहिल्यै पनि पाउन सक्नु भएन आफू माथि आईपर्ने दुःखमा पनि श्रीमानको साहारा कहिल्यै उहाँलाई मिलेन जस्तो दुःख आईपरेपनि सहन गर्दै अगडी बड्ने स्वभाव उहाँको भएको हुनाले आफू आली पेट बसेर भए पनि कठोर परिश्रम मार्फत बालबच्चाहरुको पालनपोषण देखि लिएर शिक्षा दिक्षामा समेत अग्रसर देखाउदै आमाको कर्तव्य पुरा गरेरै छोड्नु भयो ।

जति जति बालबच्चा हुर्कदै जान्छन् उती उती घर र्खच चलाउन गाह्रो पदै गएको हुनाले उहाँ आज भन्दा ७ ८ वर्ष पहिले कामको लागी साउदी अरब जानुभएको थियो । घरको आर्थिक अवस्थाको कारणबाट वाध्यपूर्वक देशै छोडेर प्रदेशिदा समेत आफ्नी श्रीमती उपर कहिल्यै कुनै दिन पनि रामकृष्ण मल्लको दया पलाएन । २३ वर्ष साउदी अरबमा बसेर फेरि घरमा फर्कनु भयो । श्रीमानको बानि यथावत भएको कारण र महंगी बढ्दै गएकोले फेरि स्वदेश छाडेर कुवेत आउन पर्ने वाध्या मा उहाँ पुग्नुभयो । दुभाग्यवस कुवेती घरका साहु साहुनी खराब नियतका हुनाले उक्क्त कुवेतीको घरमा काम गदै जाने क्रममा बसि धेरै प्रकारका यातनाहरु सहन पर्ने उनै माथि हुदै जादा घरको आर्थिक कामको अवस्थाले घर र्फकेर जान नसक्दा कष्टमय यातानाहरु उहाँलाई सहनै वाध्य भयो । तर जति जति सहनसिल हुदै जानुहुन्छ उति उति उनै माथि अझै क्रोध हुदै पिट्नुका साथ साथै उनेकौ प्रकारका गाली गलौज दिने कामले सिमा काट्दै जादा आफ्नो शरिर नै जोखीम अवस्थामा पर्न जाने अवस्था देखिएकाले शरिर बचाउनको लागी काम गदै आईरहेको घर छाडे भाग्न पर्ने अवस्था उहाँ माथि आई लाग्यो ।

घरको सम्पुर्ण परिवार सुती रहेको आफ्ना साथमा रहेको सरसामान लगाएत अन्य कागजातहरु समेत त्यही घरमा छाडेर राता रातमै भागेर अन्यत्रै जान सफल हुनु भयो । बिना यद्देश्य घरबाट निक्लेर भागेको अवस्थामन यो प्रदेशको ठाउमा हेर्ने मान्छे को पो हुनसक्छर कुवेती घरमा साहू साहूनीको दमनबाट मुक्त भए पनि अन्य प्रकारका दुःख कष्टमय दिनेहरु अहिले सम्म पनि यथावत छन् । आफ्नो व्यक्तीगत नहेरेर आफन्तहरुलाई हरेक प्रकार आफूबाट गर्न सकिने सहयोग कहिल्यै कसैले पनि सम्झिएको छैनन् । उल्टो उहाँ प्रति रिस डाहा गर्ने व्यक्तीहरुको संख्या बढ्दैछ । अरुबाट आफू प्रति जस्तो व्यवहार भए पनि उहाले आफ्नो तर्फबाट गर्न सकेको र हुन सक्ने मद्वत गर्न पछि नपर्ने निस्वार्थीय भावना भएको उहाको अशल व्यावहारबाट थाहा हुन्छ ।

माननिय व्यवहार भएकै कारणले फलस्वरुप पहिले जन्मिएको छोरा ज्ञानेन्द्र मल्ल राष्टिय खेलाडी बन्न सफल हुदै नेपाल सरकारको समेत आफ्नो खेल मार्फत मन नित्न सफल भएर कुवेतमा संाचालित कि्रकेत खेलमा भाग लिई विश्वका कतिपय राष्ट्रहरुलाई पराजित गराउदै आफू बिजयको उच्च शिखर सम्म पुग्न सफल भई आफ्नो देश नेपालको नाम समेत कायम राख्न सक्ने भएकोले सिङ्गो देशले नै गहनाको रुपमा मान्न लागीरहेको कुरा यथार्थ सत्य साबितै छ । जति आफू माथि संकटहरुबाट आफू विचलीत नभई धैर्यताका साथ अगाडी बढ्दै आमाको काम कर्तव्य पुरा गर्न सकेकोमा अहिले छोरो ज्ञानेन्द्र मल्लको पौरखी खेलको कामबाट श्रीमाया मल्ल सन्तुष्ट हुदै छोरो ज्ञानेन्द्र मल्लकै माध्यमबाट ईलीगल नखुल्ने पनि नेपाल दुतावासबाट केहि समय पछाडी स्वादेश फकैदै हुनुहुन्छ ।

आमाको कठोर परिश्रमको माध्यमद्वारा हुर्किएर शिक्षा दिक्षा पाउदै आफूले देशको नाम नै गरीमामय बनाउन सफल भएकोमा अब आउदा दिनहरु आमाको सेवा गदै आमालाई सुख सन्तुष्टिका साथ राख्नु हुनेछ भन्ने आशा ज्ञानेन्द्र मल्ल प्रति हामीले लिएका छौं । आमा श्रीमाया मल्लको आशा पनि यहि छ । यस नयाँ वर्ष २०६७ ले अझै ज्ञानेन्द्र मल्लको खेल प्रति रुचि बढरदै लैजाने शक्ति प्रधान गरोस र आमा श्रीमाया मल्लका आज सम्म जसरी दिनहरु बितेका छन् अब यस्तो दुःखदाहि दिनहरु नआउने र सुनौलो सौभाग्य साली दिनहरु यस नयाँ वर्षले प्रधान गरोस यहि छ नयाँ वर्षको शुभ कामना उहाहरु प्रति ।

पुनश्चः श्रीमाया मल्ल यस धर्तीमा पैदा हुनु भन्दा २ महिना अगाडीनै उहाको पिताको स्वर्गारोहण भएको कुरा त मैले माथि नै उल्लेखित गरिसकेको छु आमा उमा को दोश्रो बिवाह प्रश्चात पहिलो घरमा रहेको जमिन पनि बेचविखन गरी साथमै लगेको हुदा उक्त जमिनको हकदार छोरो श्रीमाया नै हुनु पर्नेमा तर त्यसो नभएर कर्मदिने बाबाको चलाखीपन मार्फत झयास मिस पार्न खोजिएको थियो ।

श्रीमायाको विवाह पछि सन्तान जज्मदानि बैनि सन्तुमाया श्रेष्ठ र ज्वाई लक्षमण श्रेष्ठलाई श्रीमायाको दुःखीत जीवन सम्बन्धमा कुनै अवगत थिएन तर दुर्भाग्यवश श्रीमायाको कर्म घर पनि त्यस्तै गरिवी स्थितीले निचरिएको पर्न जादा सधै आफ्नो पसिनाको कमाई मार्फत घरखर्च चलाईरहनु पर्ने दुःखीत अवस्था आइरहदा मेरो जन्मदिने बाबाको घरदेखि ल्याएको सम्पति केहि मात्रामा भएपनि दिएको खण्डमा नावालकबच्चाहरुको मुख माड पर्ने थियो की भन्ने कुरा रुदै श्रीमायाको मुखादेखि निक्लिरहेको सुन्दा…!! मात्र बैनि र बैनि ज्वाईलाई उक्त श्रीमाषको अवस्थावारे ज्ञान भएकोले दिदी श्रीमाया रोएको देख्न नसकेर बरु हामीहरुलाई कृहि कुनै चिज चाहिदैन टुहुरी दिदीको रेखदेख गर्नु हाम्रो कर्तव्य हो भने उल्टो उसैमाथी दिदीको जन्मघरदेखि ल्याएको सम्पति दिदीलाई नदिई खानु ठूलो महा पाप अर्को कुनै हुनै सक्दैन ।

त्यसकारण यो सम्पति दिदीलाई दिनुपर्छ भनी बहिनी सन्तुमाया श्रेष्ठ र ज्वाई लक्षमण श्रेष्ठले बाबा गोपाल श्रेष्ठलाई वध्यविवश पारिएकोले केहि मात्र भएपनि उक्त जमिन बहिनी र बहिनी ज्वाईको करुणा मार्फत श्रीमाया श्रेष्ठलाई प्रप्त भएको थियो ।

यो लेख पिडीत श्रीमायाको भनाई अनुसार तयार गरिएको हो । 

लेखक : कृष्ण प्रसाद आचार्य, कुवेत

4 Responses to राष्ट्रिय क्रिकेट खेलाडी एवं उपकप्तान ज्ञानेन्द्र मल्लकी आमा श्रीमाया मल्लको जीबन कहानी

  1. Bibek Rana

    Thank s to the God, Jaaha ki aaj samma kuwit ma hudo rahechha ,yesari Contact ma aaunu dherai ramro kuraa ho
    kina ki aaj bholi kuwait ma cheli beti haru Kuwiti ko gharbat bhage pachhi ta kaha pugchhan thaha pani hudaina so thanks to the God for alive.
    Embassy le help garnu parchha nai kinaki Desh ko Bright Star ko Mummy hunu hunchha.
    Hami sabaile help garnu parchha nai .

  2. D'pac Thapa

    Writer Ji, dhanyabad for story but you gotta whole lot a mistake about PATI and PITA any way thanx for it.
    And why everybody are begging to embassy for help? i mean, what did you guys do for your country so you are hoping from country? it doesn’t make any sense, Isn’t it?
    PEACE.
    hey bhagwan, bhudhdhi deu yo janata lai ki khali khopadi ma ke cha bhani……

  3. dambar prasad rimal

    malai yo lekh padhda ta aasunai aayo.
    laxmi parasad devkota le bhane ko kabita yad AAYO

    DUKHI KO GHAR MA MATRA TERO BAS HUNCHA BHAYE HE ISHOWER DAYA RAKHI AJHA MALAI DUKHA DE.
    YO SAHE HO JASTO LAGYO AJA AAYERA .

    THANKS FOR SIVA AND KRISHNA AND KUWAITNEPAL.COM
    I RESPECT LIKE THIS INTERVIEW.

  4. Sarba pratham ta aba aaudaa din haru Shree Maya Malla ko sukhai sukha ko din haru bhagwan le liyai dinun. ra wahaa ko chhora Gyanendra malla le ajai sansaarlaai Criket ko madhambataa nepal lai chinaun. ra yosabai yati majale milayera lekhnu hune Krishan Prasad Aacharya ra typing garna hune Shiva Poudyal jyu harulaai ra Yo media http://www.kuwaitnepal.com jasle gardaa aaja yasto satya tathya haamile padhana paaeu sabailaai mero tarpha baata dherai dherai dhanbaad ra yasto khaalko dukha kaa dinhaur kunai pani chelihaurle nabhognu paros bhanna chaahanchhu.

    Dharma Raj Giri

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s