जय आले, कुवेत
कुवेत सिटी, अप्रिल २८ : नाम र स्रोत नखुलाईएकी एक नेपाली युवतीलाई कुवेतको जिलीव अल-सुवैखस्थित बाटोमा हिंडीरहेको अवस्थामा २ जना बंगलादेशी र १ जना इण्डोनेशियन नागरिक मिली अपहरण गरेर बिल्डिङ्गको छतमा पुर्याई लुटपाट गरेका छन भनें एक जना बंगालीले उनलाई बलात्कार समेत गरेको उनले पुलिसलाई बयानमा खुलाएकी छिन् ।
कुवेत पुलिस सुत्र अनुसार एक अपरिचित व्यक्तिले घरको छतबाट आईरहेको चिच्याहट सुनेर पुलिसलाई खबर गरिदिएको र पुलिस तुरुन्त उक्त स्थानमा पुगी अनुसन्धान गर्दा ति नेपाली युवतीलाई हातखुट्टा बाँधेर राखिएको अवस्थामा फेला पारेको र सोधपुछ गर्ने क्रममा २ बंगाली र एक इण्डोनेशियन मिली उनलाई अपहरण गरेर छतमा पुर्याई लुटपाट गरी बलात्कार समेत गरेको खुल्न आएको थियो । त्यसपश्चात पुलिसले अपहरित नेपाली युवतीलाई अपहरण मुक्क्त गराएको र अपहरणकारी एवं बलात्कारी ३ जनालाई उसै समयमा गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाएको स्रोतले खुलाएको छ ।
Source : Arab Times daily, dated 29.04.2010
स्मरण रहोस् आजभोली कुवेतमा नेपाली युवतीहरु बंगलादेशीहरुको अपहरण र बलात्कारमा बारम्बार पर्दै आई रहेका छन ।














































Je bho tyo naramro bho, tyo bangali lai ta yasto godnu ki ke bhanne ra…… yaha nepali bahini haru la ibhaneko dherai patak eklai nahidnu bhar sake sathi linu ani matra….. bidesh ko thau keho keho….? dhan sampati ta ke ho ra jyan jogaunu po thulo kuro bho yaha……..
sala bangali …kahi la sudhridhaina ….marnu …lai marnu parna ho…
…..sale lai………….