विराटनगर, एकीकृत माओवादीले आन्दोलनका लागि १५ हजार रुपैयाँ अनिवार्य चन्दा मागेपछि मोरङका ४० गाउँ विकास समितिका सचिवले गाउँ छाडेका छन्। रकम नदिँदा धम्क्याउने क्रम तीव्र भएपछि गाउँ छाड्नु परेको सचिवहरूको गुनासो छ। मे दिवस र आमहड्तालका लागि माओवादीले यहाँका ६५ वटै गाविसका सचिवसँग रकम तोकेरै चन्दा मागेका छन्। गाउँ छाडेर विराटनगर बसिरहेका ४० गाविस सचिवले सुरक्षा व्यवस्था मिलाइदिन स्थानीय विकास अधिकारीलाई आग्रह गरेका छन्। ‘चन्दा आतंकले गाउँ बसिनसक्नु भयो, त्यही भएर विराटनगर आएका हौंएक गाविस सचिवले भने।माओवादीको चन्दा उर्दीपछि महादेवा, बरडंगा, झुरकिया, रंगेली, सोराभाग, दादरबेरिया, कदमाहा, पोखरिया, नोचा, सिसबनी जहदा, थलहा, मोतीपुरलगायत गाविसका सचिव गाउँ छाडेर विराटनगर आएका छन्। Continue reading →
Like this:
Be the first to like this post.