कुवेतमा राजकुमार शाह हराए, खोजीको लागि परिवारबाट अपिल

रिचा शर्मा तिवारी, काठमाण्डौ

वि.सं. २०६० भदौ १८ गते, तदअनुसार ४ सेप्टेम्वर २००३ को दिन वैदेशिक रोजगारीको शिलशिलामा कुवेत आई पुगेका दाङ्ग ढिकपुर वडा नं. ४ बक्कु निवासी, राजकुमार शाह (फोटोमा), २०६२ सालदेखि एकाएक नेपालमा आफ्नो परिवारसँगको संपर्क विहिन भएपछि रगतको क्यान्सरबाट पीडीत उनकी ५ वर्षिया नाबालिक छोरी साहारा शाहको उपचारमा ठुलो आर्थिक संकट आई लागेको दु:खेसो आमा शान्ति शाहले निकै भावुक मुद्रामा पोखिन ।

पासपोर्ट नं. ६२६३५३ वाहक राजकुमार शाह पहिला कुवेतको फाहाहिल भन्ने ठाँउको कोड नं. ६४००४, पो.ब.नं. ३७९ को ठेगानामा काम गर्दथे भनें दोस्रो पटक सालमिया स्टोर पो.ब.नं. ४३७, कोड नं १५२५५ मा काम गर्ने गरेको श्रीमती शाहले बताइन् । 

२०६२ सालमा श्रीमान शाह कुवेतबाट संपर्कमा रहँदा छोरीलाई क्यान्सर रोग लागेको थाहा पाएपछि सधैं पठाउने गरेको रु. २०,००० पनि पठाउन बन्द गरेको र एक्कासी सम्पर्क विहिन भईदिएको र श्रीमान गएको म्यानपावर अफिस सेमत बन्द भइसकेकोले आफु झन ठुलो समस्यामा परेको उनले बताइन् । साथै उनी हराउनु पूर्व मोबाइल नं. +९६५-७०३०३०९ बाट उनी  संपर्कमा रहने गरेको पनि खुल्न आएको छ ।

२०६२ साल देखी रगतको क्यान्सरबाट पीडीत ५ वर्षीय वालिका साहारा शाह अहिले जीवन मरणको दोसाँधमा छिन् । छोरीको उपचारको लागी करिब आठ लाख खर्च लाग्ने र भएको सबै जमिन जग्गा सेमत धरौटीमा राखेर श्रीमान विदेश (कुवेत) गएको र आफुसँग अहिले रकमको निकै अभाव भएकोले देश बिदेशस्थित बिभिन्न सँघ-संस्था, समाजसेवी र अन्य जो कोहिलाई आ-आफ्नो क्षेत्रबाट आर्थीक सहयोग गरी नाबालिक साहारा शाहको जीबन रक्षा गरिदिन आमा शान्ति शाहले हार्दिक अपील गरकी छिन् ।

सहयोग गर्न ईच्छुक जो कोही महानुभावहरुले कहिंबाट पनि निम्न बमोजिम बैंकको निम्न खाता नं. मा आर्थीक सहयोग पठाई नाबालिक साहारा शाहलाई जीबन दान दिनु हुन समेत आमा शान्ती शाहले अनुरोध गरेकी छिन् ।

Account Name (Beneficiary) : Sahara Shah

Bank : Nepal Investment Bank – Putalisadak

Account Number : 012-5238794

—————————————————

आदरणीय कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

निज राजकुमार शाह, कुवेतमा यदी तपाईंहरु कसैको पनि संपर्कमा हुनुहुन्छ भनें हामीलाई तुरुन्त सूचित गरी दिनु हुन अनुरोध गर्दछौं ।  

कुवेतनेपाल डट कम परिवार

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s