रिचा शर्मा तिवारी, काठमाण्डौ
वि.सं. २०६० भदौ १८ गते, तदअनुसार ४ सेप्टेम्वर २००३ को दिन वैदेशिक रोजगारीको शिलशिलामा कुवेत आई पुगेका दाङ्ग ढिकपुर वडा नं. ४ बक्कु निवासी, राजकुमार शाह (फोटोमा), २०६२ सालदेखि एकाएक नेपालमा आफ्नो परिवारसँगको संपर्क विहिन भएपछि रगतको क्यान्सरबाट पीडीत उनकी ५ वर्षिया नाबालिक छोरी साहारा शाहको उपचारमा ठुलो आर्थिक संकट आई लागेको दु:खेसो आमा शान्ति शाहले निकै भावुक मुद्रामा पोखिन ।
पासपोर्ट नं. ६२६३५३ वाहक राजकुमार शाह पहिला कुवेतको फाहाहिल भन्ने ठाँउको कोड नं. ६४००४, पो.ब.नं. ३७९ को ठेगानामा काम गर्दथे भनें दोस्रो पटक सालमिया स्टोर पो.ब.नं. ४३७, कोड नं १५२५५ मा काम गर्ने गरेको श्रीमती शाहले बताइन् ।
२०६२ सालमा श्रीमान शाह कुवेतबाट संपर्कमा रहँदा छोरीलाई क्यान्सर रोग लागेको थाहा पाएपछि सधैं पठाउने गरेको रु. २०,००० पनि पठाउन बन्द गरेको र एक्कासी सम्पर्क विहिन भईदिएको र श्रीमान गएको म्यानपावर अफिस सेमत बन्द भइसकेकोले आफु झन ठुलो समस्यामा परेको उनले बताइन् । Continue reading

काठमाडौं, गरिबी निवारण कोषले हाल मुलुकभरका १४ लाख घरधुरीलाई गरिबीबाट मुक्त गर्न ७२ अर्ब रुपैयाँ लाग्ने बताएको छ ।संसद्को अर्थ समितिमा मंगलबार गरिएको छलफलमा कोषले त्यस्तो योजना सार्वजनिक गरेको हो ।गरिबीको परिभाषामा परेका १४ लाख घरधुरीलाई सन् २०२५ सम्म गरिबीको चक्रबाट मुक्त गर्न १ अर्ब अमेरिकी डलर आवश्यक पर्छ,’ कोषका उपाध्यक्ष विद्याधर मल्लिकले भने । उनले अहिलेसम्म कोषले विदेशी सहयोगबाट मात्र कार्यक्रम सञ्चालन गर्दै आएकोले अबदेखि सरकारले पनि पैसा राख्ने व्यवस्था गर्न सभासद्लाई आग्रह गरे । 














































