कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले गैरकानुनी ढंगले दैनिक ५ देखि १० जना नेपाली महिला कामदार कुवेत पुग्ने गरेको बताएका छन् । उनले दूतावास भर्खरै खुलेको र उद्धार गर्न समस्या भएको पनि बताए । ‘नयाँ खुलेको दूतावास भएकाले पर्याप्त स्रोत र साधन छैन,’ उनले इमेलमा नयाँ पत्रिकासँग भने, ‘गैरकानुनी रूपमा यता आउने कामदारलाई रोकिनुपर्छ ।’
पटक-पटक आफूले परराष्ट्र मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराएको तर त्यसप्रति ध्यान नदिइएको बताए । ‘दिनदिनै गैरकानुनी रूपमा घरेलु कामदारका रूपमा कुवेत आउने नेपालीको संख्या बढिरहेको छ,’ राजदूत पौडेलले प्रतिप्रश्न गरे, ‘यसखालको मानवतस्करी भइरहँदा पनि किन सरकार मूकदर्शक बनेको हो ?’ नेपालकै वैदेशिक रोजगार ऐनमा रहेका गलत कानुनी प्रावधान र अध्यागमनका प्रक्रियाहरूकै कारण कामदारहरू घरेलु कामदारका रूपमा विदेश गइरहेको पनि उनले बताए ।
Source : Naya Ptrika














































thanks poudel je pls i give saporde for your becoz i am also member of neapli nepali is all my fammily thanks pls try agine agineeeeeeeeee