



उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,493,302 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Clinton accuses Russia over SyriaRussian policy on Syria is going to contribute to a civil war, the US secretary of state says, as the UN warns of a looming "catastrophic" conflict there.
- Interpol hunt 'killer' porn actorCanadian police say a 29-year-old porn actor wanted in connection with a gruesome murder in Montreal may have fled North America.
- Splashdown for Dragon spacecraftThe American SpaceX company completes a historic first mission to the International Space Station by a privately operated vehicle.
- Al-Shabab lose major Somali townAfrican Union and government forces in Somalia capture the southern town of Afmadow, an important strategic base for al-Shabab militants.
- Ukraine downplays football racismUkraine's President Viktor Yanukovych denies that racist hooliganism will be a problem during this year's Euro 2012 matches in his country.
- Israel returns Palestinian bodiesIsrael hands over to the Palestinian Authority the remains of 91 Palestinians who died carrying out attacks against Israel.
- Breivik took stimulants - expertAnders Behring Breivik took stimulants before he launched attacks in Norway which left 77 people dead, his trial in Oslo hears.
- Eurozone set-up 'unsustainable'European Central Bank president Mario Draghi says eurozone leaders must take action as the current set-up of the bloc is "unsustainable".
- Egypt state of emergency to endEgypt's state of emergency, which gave extensive powers to the authorities, is due to expire at midnight, after 31 years in force.
- German man 'killed in Nigeria'A German engineer abducted in January by gunmen in Kano in northern Nigeria has been killed in a failed rescue bid, security sources say.
- Clinton accuses Russia over Syria
Daily Archives: 27/04/2010
रजस्वला भएका छात्रा विद्यालय जान थाले
कञ्चनपुर, वैशाख १४- शिक्षकले प्रोत्साहन गरेपछि रजस्वला भएका छात्रा विद्यालय जान थालेका छन् । विद्यालयका शिक्षकहरूले रजस्वला भएका छात्राहरूलाई विद्यालय आउन प्रोत्साहन गर्न थालेपछि रजस्वला उनीहरू विद्यालय आउन थालेका हुन् । रजस्वला भएर घर बस्नुपर्दा छसात दिनको पढाइ छुट्थ्यो, अभिभावकहरूले नै विद्यालय जान स्वीकृति दिएपछि निर्धक्कसँग साथीभाइसँग कक्षामा बसेर पढ्ने गरेको रामपुर विलासीपुरकी छात्रा सुनिता रानाले बताइन् । Continue reading
Posted in समाचार
भिजिट भिसाका नाममा मानवतस्करीः राजदूत पौडेल
कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले गैरकानुनी ढंगले दैनिक ५ देखि १० जना नेपाली महिला कामदार कुवेत पुग्ने गरेको बताएका छन् । उनले दूतावास भर्खरै खुलेको र उद्धार गर्न समस्या भएको पनि बताए । ‘नयाँ खुलेको दूतावास भएकाले पर्याप्त स्रोत र साधन छैन,’ उनले इमेलमा नयाँ पत्रिकासँग भने, ‘गैरकानुनी रूपमा यता आउने कामदारलाई रोकिनुपर्छ ।’ Continue reading
Posted in अरब विशेष, दूतावास गतिविधि
प्रधानमन्त्री भुटान प्रस्थान
काठमाडौं, १६ औं सार्क शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार बिहान भुटानको राजधानी थिम्पु प्रस्थान गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री सैयद युसुफ राजा गिलानी तगा माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिद पनि काठमाडौं हुँदै थिम्पु प्रस्थान गरेका छन्। नासिदले काठमाडौं विमानस्थलमा प्रधानमन्त्री नेपालसँग केही समय छलफल गरेका थिए। प्रधानमन्त्रीको टोलीमा पत्नी गायत्री,परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई,योजना आयोगका सदस्य दिनेशचन्द्र देवकोटा सहित १३ जना छन्। विमानस्थला संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्रीले शिखर सम्मेलनमा नेपालले जलवायु परिवर्तनको मुद्दा उठाउने बताए। Continue reading
Posted in समाचार
हतियार र विस्फोटक पदार्थ बोकी काठमाडौँ जान लागेका माओवादी लडाकु पक्राउ
चितवन, विस्फोक पदार्थ र हतियार बोकेर काठमाडौँ जान लागेका एक जना माओवादी लडाकु मंगलबार चितवनमा पक्राउ परेका छन्। माओवादी लडाकु दोस्रो डिभिजन सिन्धुलीको सहायक शिविर उदयपुरका प्लाटुन कमान्डर २४ वर्षीय सन्तोष राई ‘प्रतिरोध’ विस्फोटक पदार्थ ह्याण्ड ग्रिनेड र खुकुरीसहित पक्राउ परेका हुन्। रात्रीबसमा यात्रा गरिरहेको अवस्थामा सवारी चेकजाँचका क्रममा भरतपुरको गोन्द्राङ्गमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।उनको साथबाट ३६ ह्यान्ड ग्रिनेट नामको विस्फोटक पदार्थ र एकथान खुकुरी बरामद गरेको प्रहरीले बताएको छ। Continue reading
Posted in समाचार
‘जातीय राज्य’ विरुद्ध हतियार तालिम
काभ्रे, माओवादीले अन्तिम युद्धका लागि भन्दै देशभरि प्रशिक्षण सञ्चालन गरिरहेका वेला आफूलाई क्षत्री सेना बताउने युवा भने ‘जातीय राज्य’विरुद्ध काभ्रेमा सैन्य तालिम लिइरहेका छन् । सेना र प्रहरीबाट अवकाशप्राप्त व्यक्तिसमेत तालिममा सहभागी भएको स्रोतले बताएको छ । तालिम तीन महिनादेखि रातिको समयमा चालिरहेको छ । शनिबार राति ६० जना युवाले तालिम लिएको आफूलाई पूर्व भारतीय सैनिक बताउने युद्धसिंह बस्नेतले बताए । उनले आफ्नो नेतृत्वमा तालिम सञ्चालन भइरहेकोसमेत बताए । युवालाई अत्याधुनिक हतियारदेखि खुकुरी र लाठी चलाउने कला सिकाइन्छ । तालिममा सहभागी सबैले खुकुरीको क्रस चिह्न भएको कपडा टाउकोमा बाँध्ने गरेका छन् । ‘अहिले सबै संगठनसँग हतियार छ, Continue reading
Posted in समाचार
कुवेतमा कार्यरत नेपाली पत्रकारहरुलाई पत्रकारिताको मर्यादा बुझेर कलम चलाउन आग्रह
राज्यको चौंथो अङ्गको रुपमा लिईएको पत्रकारिता जगतले तरल रुप लिएर देशका बिभिन्न ठाउँमा मात्र नभई बिदेशमा समेत शाखा बिस्तार गर्ने अभियानस्वरुप धेरै देशहरुमा बिस्तार भईसकेको नेपाल पत्रकार महासंघको शाखा कुवेतमा ढिलै गरेर भएपनि बिस्तारका लागि पहिलो चरणको काम पुरा भएको छ । नेपाल पत्रकार महासंघको विधान बमोजिम विदेशमा रहेका संचारकर्मीहरुलाई संघको विधानको अधिनमा रहने गरि संपर्क शाखा गठन गर्न सकिने प्रावधान रहे अनुरुप कुवेतमा पहिलो पटक संपर्क शाखा विस्तारको लागि कार्यसमिति गठन गरिएको कुरा यहाँहरु सबैलाई जानकारी भएकै कुरा हो । Continue reading
Posted in समाचार
वैदेशिक रोजगारीमा अधिकांश ठगी
वैदेशिक रोजगारमा जाने कामदार अधिकांश व्यक्तिगतबाट ठगिएको वैदेशिक रोजगार न्याधिकरणले जनाएको छ । न्याधिकरणमा करिब ९० प्रतिशत मुद्दा व्यक्तिगत परेका छन् । फागुनदेखि काम थालेको न्याधिकरणमा दर्ता भएका ३४ मुद्दामध्ये ३० वटा मुद्दा व्यक्तिगत ठगीका परेका छन् । वैदेशिक रोजगारमा अधिकांश खाडी मुलुक र मलेसियालगायत देशमा जाने गरेका छन् । ती कामदारहरू अशिक्षित र विकट क्षेत्रबाट आउने भएकाले व्यक्तिगत रूपमा ठगी भएको न्याधिकरणका सदस्य अग्निप्रसाद थपलियाले बताए । उनका अनुसार खाडीमुलुक र मलेसियामा महिला कामदार रोकेको कारण गैरकानुनी ढंगबाट व्यक्तिगत रूपमा गएकाले ठगीका मुद्दा बढेका हुन् । Continue reading
Posted in समाचार
बन्दको प्रभाव – विद्यार्थी पलायन वृद्धि…
राजनीतिक स्वार्थले बन्द हडताल बढ्दै गइरहेको समयमा माओवादीले चालू शैक्षिक सत्रको सुरुदेखि नै अनिश्चितकालीन बन्द आयोजना हुँदा भारतमा पढ्न जाने विद्यार्थीको संख्या बढेको छ । शुल्क वृद्धि निहुँमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्णायक आन्दोलनलाई राजधानी ल्याइएका कार्यकर्ता राख्न स्कुल अनिश्चितकालीन बन्द गराएपछि अभिभावकले छोराछोरीलाई भारत लैजाने क्रम वृद्धि भएको हो । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले यो साता दैनिक हजारौं विद्यार्थी भारतमा विद्यालय खोज्न गएको जनाएको छ । करिब १५ लाख विद्यार्थी निजी विद्यालयमा अध्ययनरत रहेका छन् । Continue reading
Posted in समाचार











































