Ram Shrestha, Saudi Arab
रियाद २४ अपि्रल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरवले समयमै संविधान निर्माणका लागि दवाब दिन साउदी अरवमा रहेका नेपालीहरुको हस्ताक्षर संकलन गरि यहाँ स्थित नेपाली राजदुतावास मार्पुत नेपाल सरकारलाई पठाउन महा महिम राजदुत हमिद अन्सारीज्युलाई बुझाएको छ ।
एनसिसीका उपाध्यक्ष जेद्धा नमराज लामिछानेको अग्रसरतामा साचालित यो हस्ताक्षर अभियानलाई बिशेष हौसला िदंदै सहभागी बन्नकै लागि ४५० कि. मी. दुरी छिचोल्दै एनसिसी अध्यक्ष धरम के. सी. एनसिसी सल्लाहकार तथा आइसिसीका पुर्ब मध्यपुर्ब सह संयोजक चोला पाठक तथा एनसिसीका संस्थापक उपाध्यक्ष हरि घिमिरे सहितको उल्लेख्य संख्यामा नेपालीहरु दमाम देखि रियाद पुगेका थिए । त्यसैगरी स्थानीय रियादबाट समारोहमा सहभागी हुनेहरुमा आइसिसी सदस्य राम बेलबासे एनसिसी उपाध्यक्षहरु नमराज लामिछाने र भीम थापा महा सचिव बिश्वनाथ भण्डारी तथा सदस्यहरु राम बस्नेत र मिनराज आचार्य हुनुहुन्थ्यो । समारोहमा उपस्थित भई हस्ताक्षर गर्नेहरुमा आदिवासी जनजाति महासंघका अध्यक्ष हुम सुनारी महा सचिव नारायण गुरुंग कोषाध्यक्ष छोटु थापा सल्लाहकार दिलचन बुढामगर के।बी। यावा लगायत नेपाली समुदायका बिभिन्न अगुवा ब्यक्तित्वहरु समाजसेवी बुद्धिजीवी ब्यवसायी तथा सर्ब साधारण नेपालीहरुको पनि ठुलै संख्या सम्मिलित थियो ।
लोकतन्त्र दिवसको यो समारोहमा महामहिम राजदुत लगायत नियोग उप प्रमुख पारस घिमिरे प्रथम सचिव खडग दहाल श्रम सहचारी बिनोद खनाल तथा एनआरएनएका महा सचिव बिश्वनाथ भण्डारीले आ आफ्नो मन्तब्य पनि दिनुभएको थियो । मन्तब्य दिनेहरु सबैले लोकतन्त्रलाई संस्थागत गर्न अपरिहार्य संविधान लेखन कार्यमा अनपेक्षित ढिलाई हुंदै तोकिएको समयभित्र संविधान नलेखिने सम्भावना बढी मुलुकमा ठुलै अन्यौल र अनिश्चितताको कालो बादल मडारिदै गरेकोमा गम्भीर चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रमलाई दुतावासकै कर्मचारी केशवराज पन्थीले साचालन गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा दुतावास परिवार तथा आगन्तुक नेपालीहरुका युगल तथा सामुहिक नृत्यले मनोराजनात्मक माहोल बनेको थियो । साउदी अरबमा घरेलु कामदारका रुपमा आई बिभिन्न शारीरिक तथा मानसिक पीडा र उत्पीडन खप्न नसकी भागेर दुतावासको आश्रयस्थलसम्म पुगी ज्यान जोगाउन सफल भएका शरणार्थी नेपाली महीलाहरुले पनि यस समारोहमा नाचेर एकै छिन भए पनि आफ्नो खुशी साटेका थिए ।















































