Daily Archives: 26/04/2010

संविधान लेखनमा दबाव दिन NRNA साउदी अरबले हस्ताक्षर संकलन गरी बुझायो

Ram Shrestha, Saudi Arab

रियाद २४ अपि्रल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरवले समयमै संविधान निर्माणका लागि दवाब दिन साउदी अरवमा रहेका नेपालीहरुको हस्ताक्षर संकलन गरि यहाँ स्थित नेपाली राजदुतावास मार्पुत नेपाल सरकारलाई पठाउन महा महिम राजदुत हमिद अन्सारीज्युलाई बुझाएको छ । Continue reading

नेविसंघका विद्यार्थीले तीन सरकारी गाडीमा आगो लगाए

काठमाडौँ, सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघले चाबहिल मित्रपार्कमा तीन वटा सरकारी गाडी जलाएका छन्।  पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको रिहाइको माग गर्दै नेविसंघ विगत केही दिनदेखि आन्दोलनमा छ। आन्दोलनका क्रममा आज गरिएको चक्काजामका क्रममा उनीहरुले एकीकृत बागमती विकास आयोजना, नेपाल टेलिकम र अर्को एउटा सरकारी नम्बर प्लेटको गाडी जलाएका हुन्। Continue reading

सेनालाई समेत सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सत्तारुढ १० दलसित परामर्श गर्दै-
काठमाडौं,  प्रधानमन्त्री माधव कुमार नेपालले एकीकृत माओवादीको वैशाख १८ गते र त्यसपछिका संभावित प्रर्दशन तथा आम हडताललाई मध्यनजर गर्दै नेपाली सेनालाई समेत आवश्यकताअनुसार उच्च सतर्क रहन निर्देशन दिएका छन्।  प्रधानमन्त्री नेपालले आइतवार राति चारवटै सुरक्षा अंगका प्रमुखहरूलाई वोलाएर ‘ब्रिफिङ’ सुनेपछि माओवादी आन्दोलन हिंसात्मक र अराजक हुन सक्ने बताउँदै सुरक्षा अंगलाई त्यसैअनुरूप सर्तक रहन निर्देशन दिएका हुन्। Continue reading

केटी भगाउने नेपालीलाई कुवेतमा नेपाली महिलाहरुले कुटे

जय आले, कुवेत 

कुवेत सिटी, २५ अप्रिल २०१० : पोखरा घर भएका जस गुरुङ्ग (नाम परिवर्तन) ले कुवेतीको घरमा कार्यरत नेपाली युवतीलाई नक्कली मायाजालमा फसाइ काम गर्ने घरबाट भगाएर माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवकी महिला सदस्य ललिता मगरको फरवानियास्थित घरमा केही दिनको लागि बस्ने प्रबन्ध मिलाई दिनोस भन्न पुगे । गुरुङ्गले आफुसँग साथमा रहेकी युवतीलाई उनी नेपालबाट ल्याएको आफ्नो धर्म पत्नी भएको र तत्काल बस्नको लागि कोठाको समस्या परेकोले २/३ दिनको लागि बस्न दिनुहोस् भनेर हदैसम्म अनुरोध गरेकाले उनले बस्न दिएकी थिईन । Continue reading

शनिबारदेखि अनिश्चितकालसम्म राजधानी ठप्प पार्ने माओवादी तयारी

 काठमाडौं, वैशाख १३- मे दिवस पारेर यही वैशाख १८ गते शनिबार जनप्रदर्शनको व्यापक तयारी गरिरहेको एकीकृत माओवादीले सरकारलाई धक्का दिन हजारौं कार्यकर्तालाई अनिश्चितकालसम्म राखेर राजधानीलाई अस्तव्यस्त पार्ने तयारी गरेको छ।  माधवकुमार नेपाल नेतृत्वको गठबन्धन सरकारले राजिनामा नदिए आम हडतालमा जाने र ‘राष्ट्रिय सहमतिको सरकार, शान्ति र नयाँ संविधान’ सुनिश्चित नहुँदासम्म त्यसलाई जारी राख्ने नेताहरूले जानकारी दिएका छन्। Continue reading

रिपोटर्स क्लबमा पत्रकार सम्मेलन

स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगार र समुन्नत नेपालको नारालाई आत्मसाथ गर्दै नयाँ नेपाल निर्माणको अभियानमा जुटेको युनिटी लाईफ इन्टरनेशनल लिमिटेडले शुक्रबार रिपोर्टस् क्लबमा एक पत्रकार सम्मेलन आयोजना गरी संस्थाले अहिलेसम्म गरेका कार्य, भावी योजनाको बारेमा जानकारी दिँदै आफ्ना विरुद्ध गरिएको भ्रामक समाचारको खण्डन गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै युनिटी ग्रुपका अध्यक्ष काशीराम गुरुङले- देशले विशेष सहकारी नीति, प्राइभेट पब्लीक पार्टनरसीपको कार्यक्रमलाई मध्यनजर राख्दै राष्ट्र निर्माणको अभिभारा अब निजी क्षेत्रले लिनुपर्नेमा जोड दिएका छन्। गुरुङले विकास निर्माणमा मेरुदण्ड सावित भएको युनिटीले राष्ट्र निमार्णको सम्पूर्ण जिम्मा लिन तयार रहेको बताए। Continue reading