चर्को आवाजमा आइपड बजाउने किशोर/किशोरीको बानीका कारण उनीहरूको सुन्ने क्षमतामा ह्रास आइरहेको हुन्छ । संगीत सुन्दा युवायुवती आइपडको आवाज पूरै खोल्छन्, जुन जेट इन्जिनको आवाजबराबर हुने अनुसन्धानले देखाएको छ ।
एम्पिथ्रीको भोल्युम उच्च बनाएर कानमा इयरफोन लगाउँदा सुन्ने क्षमतामा ह्रास आउने विशेषज्ञहरूको दाबी छ ।’यल युनिभर्सिटी स्कुल अफ मेडिसिन’का प्राध्यापक पिटर रोबिट्जका अनुसार केही म्युजिक प्लेयर्सको ध्वनि एक सय २० डेसिबलबराबर हुन्छ,जुन जेट इन्जिनको ध्वनिबराबर हो ।
युरोपियन कमिसनले आउने दशकमा ३० वर्ष उमेर समूहका १० प्रतिशत युवायुवतीको कानमा सुन्ने यन्त्र हुने दाबी गरेपछि प्राध्यापक रोबिट्जको चेतावनी आएको हो । युवायुवती हेडफोनमार्फत चर्को आवाजमा संगीत सुन्ने गर्छन् युरोप र अमेरिकाको ९० प्रतिशत युवायुवतीले दैनिक थुप्रै घन्टा उच्च भोल्युममा संगीत सुन्ने गरेको सर्वेक्षणले देखाएको छ । बि्रटिस मेडिकल जर्नलको अनलाइनमा प्राध्यापक रिट्वेज लेख्छन्, ‘चर्को ध्वनिमा सुन्ने बानीले बालबालिका तथा युवायुवती कम सुन्न थालेका छन्, यसप्रति चासो पनि बढ्दो छ ।’
मोबाइल फोनबाट चर्को स्वरमा संगीत सुन्दा त्यसले निम्त्याउने परिणाम गम्भीर हुन्छ । थुप्रै अध्ययनले ठूलो स्वरमा संगीत सुन्नेहरूको श्रवणशक्तिमा दीर्घकालीन ह्रास आइरहेको देखाएको छ ।
















































thank you sir for information may be you are rite