घामसँगै घुम्ने घर

इभिरिङह्याम्स दम्पतीले यो घर बनाउन चार लाख पाउन्ड खर्चेका छन्

अस्टे्रलियाको एक जोडीले सूर्यको गतिसँगै घुम्ने घर बनाएको छ । लुक र डेबी इभिरिङह्याम्सले न्युसाउथ वेल्सस्थित विङह्याममा बनाएको घर सूर्यसँगै घुम्छ । सूर्यसँगै घुम्ने यो घर घुम्ने टेबलमाथि बनाइएको छ । यो घर पूरै घुम्छ ।घरमा धेरै घाम छिर्नका लागि यो घर बनाइएको हो । यो घर आठ ठाउँमा कुना परेको छ । अन्य सामान्य घरभन्दा यो धेरै फराकिलो पनि छ ।घरका सबै कोठा घरको बीचमा रहेको पल्बिङ र इलेक्टि्रकल फिटिङसँग जोडिएका छन् । घर घुम्दा बीचमा रहेको पल्विङ र इलेक्टि्रकल फिटिङलाई आधार मान्दै घुम्छ ।इभिरिङह्याम्स दम्पतीले यो घर बनाउन चार लाख पाउन्ड खर्चेको छ । छिमेकीले आफ्नै घर बनाउनबारे छलफल गर्दा घुम्ने घर बनाउने विचार जन्मेको दम्पती बताउँछन् । ‘घुम्ने घरमा बस्नु जादुमयजस्तै लाग्छ । घुम्ने घरमा बस्दा सबै सिजन र वातावरणको मजा लिन सकिन्छ,’ लुक भन्छन् ।

घुम्ने घरका केही समस्या भएको पनि घरधनी बताउँछन् । घर घुम्नाले आफ्नो ध्यान एकत्रित हुन केही कठिनाइ भएको लुकले बताए । -एजेन्सीको सहयोगमा

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s