Daily Archives: 25/04/2010

लगातार सफलताको शिखरमा प्रवासी लाङ्गघाली मगर संघ भलिबल टिम

चुडामणि राना
नयाँ बर्ष २०६७ सालको पावन अवसर पारी अल सुएदी इन्डस्ट्रियल सर्भीस कम्पनी साउदी अरबले अवुहदि्रया क्याममा आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको उपाधी प्रवासी लाङ्गघाली मगर संघ भलिवल टिमले हाँसिल गरेको छ । जम्मा ११ टिमको सहभागिता रहेको उक्त भलिवल प्रतियोगिता ११ अपि्रलको राती २१:०० बजेबाट शुरु भएर २२ अपि्रल २०१० बिहान ९:३० बजे भब्यताका साथ सम्पन्न भएको थियो । गोलापोलाको आधारबाट शुरु भएको भलिवल प्रतियोगितामा इट पार्क कमपनीको टिमलाई ७ को बिरुद्द २५ मा पराजित गर्दै प्रवासी Continue reading

घामसँगै घुम्ने घर

इभिरिङह्याम्स दम्पतीले यो घर बनाउन चार लाख पाउन्ड खर्चेका छन्

अस्टे्रलियाको एक जोडीले सूर्यको गतिसँगै घुम्ने घर बनाएको छ । लुक र डेबी इभिरिङह्याम्सले न्युसाउथ वेल्सस्थित विङह्याममा बनाएको घर सूर्यसँगै घुम्छ । सूर्यसँगै घुम्ने यो घर घुम्ने टेबलमाथि बनाइएको छ । यो घर पूरै घुम्छ ।घरमा धेरै घाम छिर्नका लागि यो घर बनाइएको हो । यो घर आठ ठाउँमा कुना परेको छ । अन्य सामान्य घरभन्दा यो धेरै फराकिलो पनि छ । Continue reading

नेपाल पत्रकार महासँघ कुवेत शाखा गठन (अप्रिल २०१०)

कुवेतमा २३ अप्रिल २०१० का दिन, नेपाल पत्रकार महासंघ, कुवेत सम्पर्क शाखा (FNJ, Kuwait Chapter) गठन भएको छ । प्रवासी पत्रकार मञ्च कुवेत, नेपालकुवेत डटकम र कुवेतनेपाल डटकमका सञ्चारकर्मिहरुलाई समेटी यो शाखा गठन गरिएको हो । गठन समारोहका केही झकहरु फोटोमा…  Continue reading

iPod को ध्वनि कानका लागि खतरा

चर्को आवाजमा आइपड बजाउने किशोर/किशोरीको बानीका कारण उनीहरूको सुन्ने क्षमतामा ह्रास आइरहेको हुन्छ । संगीत सुन्दा युवायुवती आइपडको आवाज पूरै खोल्छन्, जुन जेट इन्जिनको आवाजबराबर हुने अनुसन्धानले देखाएको छ ।

एम्पिथ्रीको भोल्युम उच्च बनाएर कानमा इयरफोन लगाउँदा सुन्ने क्षमतामा ह्रास आउने विशेषज्ञहरूको दाबी छ ।’यल युनिभर्सिटी स्कुल अफ मेडिसिन’का प्राध्यापक पिटर रोबिट्जका अनुसार केही म्युजिक प्लेयर्सको ध्वनि एक सय २० डेसिबलबराबर हुन्छ,जुन जेट इन्जिनको ध्वनिबराबर हो ।

Continue reading

यसरी हुँदै छ माओवादी तालिम

महेन्द्रनगर, माओवादीले एक सातादेखि युवायुवतीलाई दिन थालेको शारीरिक अभ्यासको तालिम जिल्लामा धमाधम भइरहेको छ । तालिममा लाठी र खुकुरी चलाउन पनि सिकाइएको सहभागीले बताएका छन् । माओवादीको ‘शान्ति र संविधानका लागि तीनमहिने अभियान’अन्तर्गत युवायुवतीलाई अर्धसैन्य क्याम्पमा राखेर तालिम दिइएको हो । एक सातादेखि सुरु भएको तालिम कतै समापन गर्न थालिएको त कतै अन्तिम चरणमा पुगेको छ । सुरुमा गोडा फाट सतर्क, दायाँ घुम,बायाँ घुम गर्‍यौँ कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमै रहेको अर्धसैन्य क्याम्पमा तालिम लिइरहेका एक युवकले भने, ‘बिस्तारै मुक्का, लात्ती हान्न सिक्यौँ ।
Continue reading

देशभरका निजी शिक्षण संस्था बन्द

काठमाडौँ, माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण आज देशभरका निजी शिक्षण संस्थाहरुमा पठन पाठन ठप्प भएको छ। निजी विद्यालयहरुले यसै शैक्षिक सत्रदेखि शुल्क बढाएको विरोधमा क्रान्तिकारीले बन्दको आह्वान गरेको हो।
निजी विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले असुरक्षाको कारण जनाउँदै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेका हुन्।क्रान्तिकारीले यसअघि वैशाख ६ गतेदेखि निजी विद्यालयहरुका लेखाशाखामा मात्रै तालाबन्दी गर्दै आएको भए पनि आजदेखि आम हड्तालको घोषणा गरेको हो।

अग्लो पुलमा विवाद

पर्वत/ पर्वत सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बाग्लुङको बलेवासँग जोड्ने नेपालकै अग्लो र लामो पुल निर्माण गर्न स्थान छनोटका क्रममा उपभोक्ताबीच विवाद उत्पन्न भएको छ । पुल निर्माणको तयारीका लागि निश्चित स्थान नहुँदा दुई छुट्टाछुट्टै उपभोक्ता समिति गठन भएका छन् । कुश्मादेखि बाग्लुङको नारायणस्थान जोड्ने गरी निर्माण गर्न पहल थालिएको आकाशे झोलुङ्गेपुलका लागि सदरमुकामकै व्यवसायी र उपभोक्ताले दुई समिति बनाएका हुन् । Continue reading

माओवादीदेखि जनता डराउँदैनः प्रम

काठमाडौं प्रधानमन्त्री एवम् लोकतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष माधवकुमार नेपालले हतियारको बलमा होइन, जनताको बलमा मात्रै आन्दोलन सफल हुन्छ भन्ने कुरा दोस्रो जनआन्दोलनले देखाएको बताउनुभएको छ।प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले हतियार प्रदर्शनसहित आन्दोलनको धम्की दिएकोतर्फसंकेत गर्दै प्रधानमन्त्री नेपालले हतियार र धम्की क्षणिक लाभका लागि हुन सक्छ, त्यसले स्थायित्व प्रदान गर्दैन’ भन्नुभयो। Continue reading

१३ हजारमा फ्ल्याट

मासिक ५–७ हजार रुपैयाँभन्दा बढी मूल्य तिरेर राजधानीमा भाडामा बस्दै आएका मध्यमवर्गीय कामकाजी परिवारहरूले अब एकपटक विचार गर्नैपर्ने भएको छ । लामो समयदेखि भाडामा बस्दै आएका र जग्गा किनेर घर बनाउने क्षमता नभएका तर सपरिवार काठमाडौंमै बस्नुपर्नेलाई मासिक रूपमा तिर्ने भाडाबाट आफ्नै फ्ल्याट किन्न सक्ने बेला आइसकेको छ ।  वर्षांैदेखि आफ्नै कमाइको सुन्दर बासस्थनामा बस्ने रहर पूरा नभएका सहरी मध्यमवर्गीय परिवारका लागि रोयल अर्किड डेभलपर्सले अपत्यारिलो मूल्यमा अपार्टमेन्ट्स अर्थात फ्ल्याटको बिक्री खुला गरेको छ । Continue reading