विश्वमै नेपालको अग्लो पहिचान बन्न सफल नेपालका हिमालहरूबाट राज्यले बर्सेनि २ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आम्दानी गर्छ । पर्वतारोहणका क्षेत्रमा क्रियाशील विभिन्न एजेन्सी तथा सरकारी अधिकारीहरूका अनुसार नेपालले हिमालको आरोहण तथा यससँग सम्बद्ध आर्थिक क्रियाकलापबाट बर्सेनि २ करोड ८३ लाख अमेरिकी डलर आम्दानी गरिरहेको छ । सरकारले ती हिमालहरूबाट वार्षिक २५ लाख अमेरिकी डलर बराबरको आरोहण राजस्व प्राप्त गर्छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सबैभन्दा बढी आम्दानी सर्वोच्च शिखर सगरमाथाले गर्छ । सगरमाथा आरोहणका लागि सरकारले प्रतिव्यक्ति १० हजार अमेरिकी डलर आरोहण शुल्क (रोयल्टी) तोकेको छ भने अन्य हिमालको तुलनामा सगरमाथा आरोहणको खर्च समेत कयौं गुणा बढी छ । शेर्पाका अनुसार सगरमाथा आरोहणमा लाग्ने अधिकांश खर्च विदेशीले नै बेहोर्ने गरेका छन् ।
सगरमाथासहितका नेपाली हिमालहरूबाट राज्यले बर्सेनि २ करोड ८३ लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा आर्जन गर्ने शेर्पाले जानकारी दिए । उनका अनुसार सगरमाथा आरोहणका क्रममा एक आरोहीले ३० हजार डलर खर्च गर्छ भने ८ हजार मिटरभन्दा अग्ला अन्य हिमाल आरोहण गर्दा पनि प्रतिव्यक्ति २१ हजार डलरसम्म खर्च लाग्ने गर्दछ ।
सगरमाथा आरोहणको प्रमुख सिजनमा यस वर्ष २५ टोलीले आरोहण अनुमति लिएका छन् । प्रत्येक आरोहण टोलीमा ८ जनादेखि १५ जनासम्म सदस्य रहेको पर्यटन उद्योग महाशाखाले जनाएको छ ।
सगरमाथा आरोहणमा जाने एक जना विदेशीले २५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने पर्वतारोहण संघका अध्यक्ष शेर्पाले बताए । हिमाल आरोहणको व्यवस्थापन गर्दै आएको एसियन ट्रेकिङका प्रबन्ध निर्देशकसमेत रहेका शेर्पाका अनुसार एक टिम सगरमाथा जाँदा कम्तीमा ३० जना भरिया र त्यसको झन्डै आधाजसो गाइडका रूपमा लैजानुपर्छ ।
गाइडलाई एक सिजनको ३ लाख रुपैयाँ र भरियालाई दैनिक ६ सय रुपैयाँ पारिश्रमिक दिनुपर्ने उनले जानकारी दिए । सगरमाथालगायतका अग्ला हिमाल आरोहण गर्दा टेन्ट, डोरी, अक्सिजन, खानेकुरा, औषधि तथा बन्दोबस्तीका अन्य सामानहरू पु¥याउन धेरै भरियाको आवश्यकता पर्ने गर्छ ।
नेपालका हिमालहरूबाट राज्यले प्रत्यक्ष रूपमा वार्षिक २ अर्ब आर्जन गरे पनि अप्रत्यक्ष रुपमा हुने आम्दानी भने अझै बढी छ । सगरमाथा र आसपासका क्षेत्रका होटलहरूले गर्ने आम्दानी तथा विभिन्न एअरलाइन्सहरूले गर्ने कारोबार यसमा समावेश गरिएको छैन । कतिपय एअरलाइन्सहरूद्वारा फाउन्टेन फ्लाइटबाटै धानिइरहेकाले हिमालबाट राज्यले गर्ने आम्दानी त्योभन्दा बढी हुन सक्ने व्यवसायीहरू बताउँछन् ।
नेपालले सन् २००८ मा हिमाल आरोहणबाट ऐतिहासिक राजस्व संकलन गरेको थियो । ओलम्पिकका कारण चीनतर्फबाट सगरमाथा आरोहण रोकिएपछि विश्वभरका आरोही नेपालतर्फ ओइरिएका थिए ।
पर्यटन उद्योग महाशाखाका अनुसार सो वर्ष २५ करोड ३५ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन भएको छ । सरकारलाई प्राप्त भएको तथ्यांकबाट पनि पर्वतारोहण क्षेत्रबाट १ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको छ ।
बढी कर तिर्नुपर्ने त्रासका कारण हिमाल आरोहणको सम्पूर्ण खर्च व्यवसायीले सरकारलाई बुझाउँदैनन् । पर्यटन मन्त्रालयको तथ्यांकअनुसार सो वर्ष ४ हजार २ सय ३१ जनाले यस क्षेत्रबाट प्रत्यक्ष रोजगारी पाएका थिए । – - – विपेन्द्र कार्की, काठमाडौं




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,273,188 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Greek MPs pass austerity packageGreek MPs pass an unpopular austerity bill crucial for a 130bn euro ($170bn; £110bn) bailout, as protesters clash with police in Athens.
- Pakistan PM charged with contemptPakistan's Prime Minister Yousuf Raza Gilani is charged with contempt in an appearance before the country's Supreme Court.
- Houston mourned at Grammys AwardsThe music world pays tribute to singer Whitney Houston, who has died aged 48, as the Grammy Awards take place in Los Angeles.
- Syria rejects new Arab peace planSyria "categorically" rejects an Arab League resolution seen by the BBC calling for a joint Arab-UN peacekeeping mission to the country.
- Bali bombing suspect put on trialUmar Patek, one of the alleged masterminds of the 2002 Bali bombing that killed 202 people, goes on trial in the Indonesian capital, Jakarta.
- Japan economy worse than forecastJapan's economy shrinks more than expected between October and December as a rising yen and floods in Thailand hurt businesses.
- Venezuela picks Chavez challengerVenezuela's opposition chooses Henrique Capriles to run against President Hugo Chavez in October's election, after holding its first ever primary.
- Peru Shining Path leader capturedThe leader of the remnants of Peru's Shining Path rebel movement - Comrade Artemio - is captured alive, officials say.
- The Artist dominates 65th BaftasSilent movie The Artist dominates the 65th Baftas, taking seven prizes including best film, best director and best actor, for its star Jean Dujardin.
- Zambia beat Ivorians on penaltiesZambia win their first Africa Cup of Nations title by beating tournament favourites Ivory Coast in a dramatic penalty shoot-out.
- Greek MPs pass austerity package









































