नेपाल पत्रकार महासंघ, कुवेत सम्पर्क शाखा गठन

जय आले, कुवेत

२००९ अक्टुवर ११ र १२ (२०६६ असोज २५ र २६ गते) काठमाण्डौमा सम्पन्न प्रवासी नेपाली पत्रकारहरुको प्रथम विश्व सम्मेलनले विश्वभरी छरपष्टित रहि बिभिन्न अनलाइन पत्रिका, छापा पत्रिका, एफएम तथा टेलिभिजनहरुमा आवद्द प्रवासी नेपाली पत्रकारहरुको समस्या, हकहित र मागप्रति ऐक्यबद्धता जनाउँर्दै, प्रवासमा रहेका नेपाली पत्रकार तथा संचार माध्यमलाई प्रवासमै संगठित गरी, नेपाल पत्रकार महासंघको मातहतमा रही कार्य गर्नको निम्ती क्षेत्रीय समिति बराबरको अधिकार प्रत्यायोजन गर्न र सोही स्तरको प्रवासी समिति निर्माण गर्न नेपाल पत्रकार महासंघलाई सुझाव एवं मागसहित पेश गरेको प्रवासी नेपाली पत्रकारहरुको जारी काठमाण्डौ घोषणापत्र २०६६ लाई ध्यानमा राख्दै; २३ अप्रिल २०१०, शुक्रवारको दिन कुवेत नगरीमा पनि “नेपाल पत्रकार महासंघ, कुवेत सम्पर्क शाखा” (Federation of Nepali Journalist, Kuwait Chapter) गठन गरिएको छ ।

कुवेतको सुकुल अल-कबीर पार्कमा प्रवासी पत्रकार मञ्च कुवेत, नेपालकुवेत डट कम, कुवेतनेपाल डट कम र अन्य नेपाली जन-समुदायबीच सम्पन्न उक्त सम्मेलनमा प्रवासी पत्रकार मञ्च कुवेतका उपाध्यक्ष सुजन के. सि. ज्यूको अध्यक्षता रहेको थियो । सम्मेलनले प्रवासी पत्रकार मञ्च कुवेतलाई पुनर्गठन गर्दै “नेपाल पत्रकार महासंघ, कुवेत सम्पर्क शाखा” (Federation of Nepali Journalist, Kuwait Chapter) गठन गर्दै निम्न बमोजिम १५ सदस्यिय कार्यकारीणी समितिलाई सर्वसम्मतिमा निर्वाचित गरेको छ ।

जसमा :

अध्यक्ष : आर. बि. बुढाथोकी
उपाध्यक्ष : सुजन के. सि. र जय आले
महासचिव : राजन रिमाल
सचिव : नवराज पन्थी
कोषाध्यक्ष : केदारनाथ खरेल
सल्लाहाकार : तोयानाथ दाहाल
सदस्यहरुमा : हरिकृष्ण न्यौपाने, चन्द्र कुमार तामाङ्ग, आनन्द आचार्य, शिवराम पौडेल, बिक्रम थापा, मनोज काफ्ले, लोमस बास्तोला र बिष्णु पन्थी (महिला पत्रकार) रहेका छन ।  

3 Responses to नेपाल पत्रकार महासंघ, कुवेत सम्पर्क शाखा गठन

  1. Daju V.P Second ra first hunai parne rahecha kata kata yo namildo huncha jasto cha.

    Aani <Nepal patrakar Mahasang, Kuwait Samparka sakha Karyala (Karyalaya Bhanne thapda ramro huncha)

  2. Sampurna Patrakar Sathi haru lai badhai tatha shuvakamana chha. auta patrakar vanera lekhi sake pachhi patrakar ko dharma ra marma keho bujera kam garnu hola. lekhera maphi magne kam kunai pani sathi haru bata nahos. samachar binako samaj yo satabdima sunya jastai huncha tara galat samachar le katisamma samajlai nakaratmak batoma dorauchha vanne kura bujna jaruri chha.

    And finally I proud of you all guys and wish you all best & good luck ahead.

    Indra Bhusal
    Secretary – Mount Everest Sporting Club, Ktm-Kuwait

  3. rupesh shrestha

    this is great news. best of luck guys.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s