जय आले, कुवेत
२००९ अक्टुवर ११ र १२ (२०६६ असोज २५ र २६ गते) काठमाण्डौमा सम्पन्न प्रवासी नेपाली पत्रकारहरुको प्रथम विश्व सम्मेलनले विश्वभरी छरपष्टित रहि बिभिन्न अनलाइन पत्रिका, छापा पत्रिका, एफएम तथा टेलिभिजनहरुमा आवद्द प्रवासी नेपाली पत्रकारहरुको समस्या, हकहित र मागप्रति ऐक्यबद्धता जनाउँर्दै, प्रवासमा रहेका नेपाली पत्रकार तथा संचार माध्यमलाई प्रवासमै संगठित गरी, नेपाल पत्रकार महासंघको मातहतमा रही कार्य गर्नको निम्ती क्षेत्रीय समिति बराबरको अधिकार प्रत्यायोजन गर्न र सोही स्तरको प्रवासी समिति निर्माण गर्न नेपाल पत्रकार महासंघलाई सुझाव एवं मागसहित पेश गरेको प्रवासी नेपाली पत्रकारहरुको जारी काठमाण्डौ घोषणापत्र २०६६ लाई ध्यानमा राख्दै; २३ अप्रिल २०१०, शुक्रवारको दिन कुवेत नगरीमा पनि “नेपाल पत्रकार महासंघ, कुवेत सम्पर्क शाखा” (Federation of Nepali Journalist, Kuwait Chapter) गठन गरिएको छ । Continue reading
















































