Daily Archives: 22/04/2010

नेपालमै पहिलोपटक माइक्रो पान्सिस् टर्वाइन परीक्षण

सिन्धुपाल्चोक, नेपाली इन्जिनियरले स्थानीय स्रोतसाधन प्रयोग गरी निर्माण गरेको टर्वाइन जडानपछि थोरै पानीमै विद्युत् उत्पादन दोब्बर बढेको छ । जिल्लाको थाङपालधाप गाविसमा सञ्चालित हाँडीखोला लघु जलविद्युत् परियोजनामा नेपालमै पहिलोपटक यस्तो टर्वाइन परीक्षणका रूपमा प्रयोगमा ल्याइएको हो । १७ किलोवाट विद्युत् उत्पादन गर्दै आएको परियोजनाको क्षमता सो टर्वाइन जडान गरेपछि ३४ किलोवाट पुगेको छ । एक वर्षदेखि अध्ययन थालेर दुई महिनायता ‘माइक्रो पान्सिस्’ नामक टर्वाइन परीक्षणका रूपमा प्रयोगमा ल्याइएको हो । यसअघि क्रसफ्लो नामक टर्वाइन प्रयोगमा ल्याएको थियो । Continue reading

कुष्ठरोगीलाई सगरमाथा चढाइने

काठमाडौं, कुष्ठरोगीले राष्ट्र तथा अन्तर्राष्ट्रिय रूपमा काम गरेर देखाउन सक्छन् भन्ने उद्देश्यले एउटा गैरसरकारी संस्थाले माउन्ट एभरेस्ट कुष्ठरोगी सशक्तीकरण आरोहण २०११ आयोजना गर्ने भएको छ। कुष्ठरोगीहरू उपचार गरेपछि समाजका अरू व्यक्तिजस्तै स्वस्थ्य हुन सक्छन् र उदाहरणीय काम पनि गर्न सक्छन् भन्ने सन्देश दिनु यो कार्यक्रमको मूल उद्देश्य रहेको जनाइएको छ। कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई लक्षित गरेर पाँच वर्षअगाडि स्थापना गरिएको पुनः स्थापना सशक्तीकरण नेपाल (रिड नेपाल)ले यो नौलो र सन्देशमूलक कार्य गर्न लागेको रिडका अध्यक्ष राजकुमार शाहले बताउनुभयो।रिड नेपालले २०१० अगस्टसम्ममा १५ जना कुष्ठ रोग प्रभावित व्यक्तिहरूको छनोट गरी तालिम दिने र सगरमाथा चढाउने लक्ष्य लिएको पनि अध्यक्ष शाहले बताउनुभयो।

 

कुवेतमा दलालको पञ्जाबाट ४ एसियन महिलाहरु मुक्त

फोटोमा ; हेर्दै नेपाली जस्ता देखिने एसियन महिलाहरु दलालको पञ्जाबाट मुक्त भएका छन तर एसियन भनिए पनि कुन देशका हुन भनेर खुलाईएको छैन । 

जय आले, कुवेत

कुवेत सिटी, २१ अप्रिल : कुवेतको सुलैबिखात सेक्युरिटी फोर्सले जिलिव अल-सुवैख क्षेत्रमा छापा (रेड) मारि जबर्जस्ती अपहरण गरेर देह ब्यापारमा संलग्न गराईएका ४ जना एसियन महिलाहरुलाई मुक्त गर्दै अपहरणकारी २ जना एसियन दलालहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि सम्बन्धित निकायमा रेफर गरेको छ भनें यस धन्दासँग सम्बन्धित अन्य दलालहरुको खोजी कार्य भई रहेको जनाएको छ । Continue reading

सामूहिक बलात्कार गरी ७ लाख लुट

image

न्याय खोज्दै पीडित महिला सदरमुकाममा

रुकुम, ८ वैशाख, अज्ञात समूहले रुकुमकी एक महिलालाई सामूहिक बलात्कार गरी सात लाख रुपैयाँ लुटेको छ । पीडित महिला न्याय खोज्दै सदरमुकाम खलंगा आएकी छिन् । काडा-२ की २९ वर्षीया सपना बुढा गत ३० चैत राति घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएकी हुन् ।

राति सुतिरहेका वेला ढोका फोरेर भित्र छिरेको हतियारधारी समूहले खुकुरी देखाएर सामूहिक बलात्कार गर्‍यो, सपनाले भनिन्, म बेहोस भएपछि ६ लाख ५० हजार नगद, डेढ तोला सुन र एकथान डिजिटल क्यामरा लुटेर लगेछन् । घटनापछि बेहोस अवस्थामा रहेकी सपनालाई छिमेकीको सहयोगमा इलाका प्रहरीचौकी रुकुमकोटले उद्धार गरेको थियो । Continue reading

डिल्लीबजारमा हिमालयनको शाखा

काठमाडौं/ हिमालयन बैंकले काठमाडौंको डिल्लीबजारमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन बैंक अध्यक्ष मनोजबहादुर श्रेष्ठले बुधबार गरे । योसहित बैंकका २९ शाखा पुगेका छन् । सो अवसरमा बैंक अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष ०६६/०६७ को पहिलो ९ महिनासम्ममा ३८ अर्ब ११ करोडभन्दा बढी निक्षेप संकलन र कर्जा सापटीतर्फ ३० अर्ब ६८ करोड प्रवाहित भएको जानकारी दिए । उनले बैंकले नयाँ वर्ष अवसर पारेर निक्षेपकर्तालाई ७ प्रतिशत ब्याज दिने गरी सुपर पि्रमियम बचत खाता सञ्चालनमा ल्याएको बताए । Continue reading

माओवादीद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

दुई जिल्ला कमिटी सदस्य घाइते-
सुर्खेत, शान्ति र नयाँ संविधान, राष्ट्रिय एकताको लागि एमाले अभियान’ लिएर गाउँ गएका एमाले जिल्लास्तरीय नेतामाथि माओवादी कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका छन्। बुधबार राति करिब ८ बजेतिर पश्चिम सुर्खेतको घाटगाउँमा भएको आक्रमणमा परी जिल्ला कमिटी सदस्यद्वय मोहन बडुवाल र धीरबहादु्र शाही घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि यता ल्याउन वीरेन्द्रनगरबाट हेलिकोप्टर जान लागेको एमाले सुर्खेतका सचिव गगनसिंह सुनारले बताए।
सुनारका अनुसार बुधबार माओवादी कार्यकर्ताले एमाले गाउँ कमिटीद्धारा दिउँसो घाटगाउँमा आयोजित कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए। उनीहरुले कुर्सी, टेबुल तोडफोड गर्नुका साथै नाराबाजी गरेका थिए। अवरोधपछि कार्यक्रम ढिलो सुरु भएको थियो। दिउँसो गुठु र बाबियाचौरबाट प्रहरी गएपछि सुरक्षाघेराबीच कार्यक्रम भएको थियो। सचिव सुनारले भने तर, प्रहरी फर्किएपछि राति उनीहरुले घेरा हालेर आक्रमण गरे।’

अमेरिकी राजदूत छक्क

काठमाडौं, नवनियुक्त अमेरिकी राजदूत स्कट एच डेलिसीले सरकार र सत्तारुढ दलहरुले प्रतिपक्षसँग शर्त राखेको यसअघि आफूले कहिले पनि नसुनेको र नदेखेको भन्दै आश्चर्य प्रकट गरेका छन्।  बुधबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँ बजारमा दाहालसँगको भेटमा सरकार,सत्तारुढ दल कांग्रेस र एमालेले प्रतिपक्ष माओवादीसँग राखेको सर्तको सुनेर उनले आश्चर्य व्यक्त गरेका हुन्।सरकारको तर्फबाट प्रधानमन्त्री माधव नेपाल, नेपाली कांग्रेस र एमालेले जनयुद्धकालमा कब्जा गरिएका घरजग्गा फिर्ता हुनुपर्ने, वाइसीएलको अर्धसैन्य संरचना भंग हुनुपर्ने लगायतका पालना गरे मात्र विश्वास गर्न सकिने भन्दै सर्त अघि सारेका छन्। Continue reading

वर्षव्यक्ति २०६६ र १० उल्लेख्य अनुहार


उदार उद्यमी उपेन्द्र महतो
वर्ष २०६६ नेपाली राजनीतिका लागि सुखद रहेन । अरू क्षेत्रमा पनि खासै उत्साह देखिएन । तर, गैरआवासीय नेपाली उद्यमी उपेन्द्र महतो भने धेरै उत्साही देखिए, जसले सामाजिक कार्यका लागि मात्रै नेपालमा करिब १७ करोड रुपियाँ खर्च गरे । र, त्यो सहयोग थियो- आफ्नी आमाको नाममा रहेको फूलकुमारी महतो मेमोरियल ट्रस्ट र व्यक्तिगत हैसियतको । Continue reading

टोयोटा १ करोड ६४ लाख डलर तिर्न तयार

विश्वकै सबैभन्दा विशाल कार निर्माता टोयोटाले अमेरिकी सरकारले तोकेको १ करोड ६४ लाख डलरको ऐतिहासिक जरिवाना तिर्ने भएको छ । यो जरिवाना टोयोटालाई ग्यास पेडालको समस्या लुकाएकोमा तिराएको हो । टोयोटाले जरिवाना तिर्ने सम्झौताको कागजपत्रमा सोमबार हस्ताक्षर गरेको हो ।“टोयोटाले सुरक्षा त्रुटि लुकाएर कानुनको उल्लंघन गरेकोले जरिवाना तिर्दैछ”, एक उच्च अमेरिकी सरकारी अधिकारीले भने । टोयोटाका एक प्रवक्ताले यसबारे टिप्पणी गर्नका लागि अस्वीकार गरे पनि कम्पनी जरिवाना तिर्नको लागि सहमत भएको हो ।  कम्पनीले यो जरिवाना ३० दिनको अवधिमा तिर्ने बताएको छ । “उपभोक्तालाई खतरा आउन सक्ने सम्भावना भएको कुरा थाहा पाए पनि ४ महिनासम्म टोयोटाले खतरनाक स्टिकी पेडालका बारेमा जानकारी गराएको थिएन”, राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले भनेको छ । यातायात विभागले कार निर्मातालाई तिराएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । Continue reading