स्टार खेलाडीको जोडी संकटमा

 लन्डन/ फुटबलर एस्ले कोल तथा गल्फर टाइगर उडको दाम्पत्य जीवन संकटमा परेको छ दुवै खेलाडीका श्रीमती ‘डिभोर्स’को अन्तिम तयारीमा पुगेपछि उनीहरूको दाम्पत्य जीवन संकटमा परेको हो ।कोलकी श्रीमती चार्ली तथा उडकी श्रीमती एलिन नोड्रेग्रेनले आ-आफना श्रीमान्सित आत्मसम्मान तथा व्यक्तित्व रक्षाको कारण देखाउँदै सम्बन्धविच्छेद गर्न लागेको विभिन्न एजेन्सीले जनाएका छन् ।
केही महिनाअघि उडको दाम्पत्य जीवन अन्त्य हुने एजेन्सीले उल्लेख गर्दा सो समाचारले निकै स्थान पाएको थियो । यौनकुलत सुधार्न यौनपुनस्र्थापना केन्द्र गएर उडले आफ्नो  दाम्पत्य जीवनमा केही सुधार ल्याएका थिए । ६ महिनापछि मास्टर सिरिजमा भाग लिँदै उनले त्यसको उदाहरणसमेत दिएका थिए । 
मास्टर सिरिजपछि श्रीमती एलिन डिभोर्स नदिने पक्षमा रहेकोमा उड विश्वस्त थिए । तर, धेरैपटक धोका भएपछि एलिनले डिभोर्सको अन्तिम तयारी गरेकी हुन् । एलिनका प्रवक्ता केभिन पजेरले दुवैबीचको वैवाहिक जीवन केही दिनका लागि भएको दाबी गरेका छन् ।
‘केही साताका लागि मात्र उनीहरू सँगै बस्नेछन्,’ केभिनले भने, ‘एलिन अन्तिम निर्णयमा पुगिसकेकी छिन् ।’ केभिनका अनुसार यौनपुनस्र्थापना केन्द्रमा उपचार गरेपछि उडको बानी-व्यवहारमा सुधार आउने एलिनले विश्वास लिएकी थिइन् ।
दिन प्रतिदिन चिसिँदै गएको सम्बन्धका कारण एलिन उडको खेल हेर्न मास्टर सिरिजमा समेत गइनन् । ‘उडको बानीमा सुधार नआएकाले नै एलिन मास्टर सिरिजमा नगएकी हुन्,’ प्रवक्ता केभिनले भने ।
यता इंग्ल्यान्ड राष्ट्रिय टोलीका स्टार कोलकी श्रीमती चार्ली पनि घृणित जीवनबाट मुक्त हुन अलग बस्ने निर्णयमा पुगेकी छिन् । कोलको पनि तीनवर्षे वैवाहिक जीवन पारपाचुके हुने भएपछि अन्तर्राष्ट्रिय मिडियामा यसको चर्चा हुन थालेको छ ।
एक्स फ्याक्टरकी स्टार चार्लीले केही साताभित्रै वैवाहिक जीवन अन्त्य गर्ने एजेन्सीले उल्लेख गरेको छ । यसका लागि चार्लीले आफ्ना वकिलसँग समय पनि मिलाइसकेकी छिन् । पछिल्लो महिना चेल्सीका खेलाडी कोलले एक महिलालाई मोबाइलबाट उत्तेजक एसएमएस पठाएका थिए । सो एसएमएस काफी भयो श्रीमान्सँग छुट्टनिका लागि चार्लीलाई ।
चार्ली श्रीमान्बाट डिभोर्स चाहन्छिन्,’ वकिलले भने, ‘वैवाहिक जीवनबाट छुटकारा पाउनका लागि चार्लीले कोलसँग कुराकानी गरेकी छिन् ।’ यता कोल भने आफ्नी श्रीमतीलाई छाड्न तयार छैनन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s