बालकृष्ण
आज सबेरैदेखि झलमल्ल घाम लागेको छ । तीन दिन देखिको अन्धकार आजदेखि हराएको छ । अब बाहिर निस्कन पाइने भयो भनेर म ढुक्क भएको छु । तर फेरि कहाँ पो जानेर आफ्नो आइ।डी कार्ड बनिएको छैन । पुलिसले सोधपुछ गर् यो भने के भन्ने भाषाको पनि समस्या छ । समातेर लग्यो भने नभएको टेन्सन बेहोर्नु पर्छ । जेलको अनुभव त छैन तर मेरो विचारमा निकै ठूलो सजाय हुन पर्छ । बिहान सहजले उठ्ने अनि ब्रेक फास्ट केही गफगाफ फेरि टी.भी. अनि खाने बेला हुन्छ । खानु अनि उठ्नु । कुनै समय हतारहतारमा केही समय दौडधूप फेरि केही छैन । टी.भी. पनि हेर्न मन लाग्दैन । कम्प्युटर छ तर इन्टरनेट नभएकाले के गर्ने र बस्नै मन लाग्दैन । दिनमा कहिले कहिले सुत्ने गर्थें तर रातमा निद्रा नलाग्ने भएकाले म दिनमा पनि सुत्न छोडेँ ।
गेस्ट आउनु भयो भने के गर्ने होला भन्ने चिन्ता थियो पानी नभएकोले तर आज बिहानै ल्याएछ । ढुक्क भयो । कोठामा केही समय पढ्नु पर् यो भनेर बसेको थिएँ । सरले फोन गर्नु भयो- म आउँदै छु ढोका खोलेर बस है । हुन्छ सर भनेर फोन राख्छु । साफसुफ गर्ने केटाले मेन लाइनबाट पानी आएन भनेर बाथरुमको पानीले ग्यारेज साफ गरेछ । ट्याङ्कीको पानी सकिएछ । अब फसाद पर्यो भनेर म चिन्तित थिएँ । तर जेनतेन विहानको लागि त पुग्यो तर बेलुका के हुने हो कुन्नि थाहा छैन । खाना बनाउने दम्पती पनि ब्यग्र छन् । म चाहिँ जे होला देखा जाएगे किन चिन्ता लिनुहुन्छ केही त उपाय निक्लेलानी भन्छु । उनीहरु केही शान्त हुन्छन् ।
दिक्क लाग्छ घरतिर बाट पनि कसैले फोन गर्दैन । आपुले गर्न पनि धेरै महङ्गो पर्ने रहेछ । १ मिनेट बराबर नेपालको अन्दाजी रु। १५० जति । इमेल इन्टरनेटबाट केही लेखौँ केही बोलौँ भन्न पनि चिताउनै परेन । घरतिर यसलाई कसैले आवश्यक कुरा हो भनेर कहिले बुझ्ने प्रयास गरेनन् । आफ्ना आमाबुबा र दाइदिदीले मेरो एक्लोपनलाई केही खुकुलो पारिदिन्थे होला । तर यो पनि चिताउनै परेर ।
अब यो दिक्क लाग्दो गन्थनलाई पन्छाएर मुख्य विषयतिर लागौँ है त !
यो मन न हो; नयाँ ठाउँमा कसले साथी नबनाइ बस्न सक्छ र । आफ्नो मन मिल्ने मान्छे पाउँदा को खुशी हुँदैन होला र । त्यही पनि अविवाहित केटालाई केटी साथी । म पनि त्यस्तै एउटा केटीसँग अचानक मित्रता गाँस्न पुगेँ । दुई वर्ष अगाडिदेखि कुवेतमा बस्दै आएको मेरो गाउँले साथीले एकजना केटीको मोवाइल नम्बर दियो । जम्मा मैले एकपल्ट आपुूले फोन गरेको थिएँ होला । उनीले त दिनमा दुई पल्ट पो फोन गर्न थालिनँ । दिनमा एकपल्ट र रातमा १० बजे पछाडि एक पल्ट । दिनमा २ घण्टा जति कुरा हुन थाल्यो । खद्दामा घरमा काम गर्ने केटी लाई जम्मा ४० दिनार दिन्छ कुवेतीले । यसले त मलाई दिनको दुई घण्टा फोन गर्छे । तर कसरी अहिले बुझ्दा त यहाँको लोकल फोनबाट मोबाइलमा पि्रु रहेछ र पो चहिन रहेछ त्यो एउटा कुरा भयो अर्को घरको साहू नभएको मैका छोपीछोपी पो फोन गर्ने रहेछन् । यहाँका केटाकेटीलाई माया लाउन र छोड्न त राता रात भइसक्दो रहेछ ।
म दङ्ग पर्न थालेँ । सुरुसुरुमा त हाइहेल्लो मात्र भयो । मैले आफ्नो परिचय दिएँ । उसले पनि आफ्नो परिचय दिई । बीचबीचमा धम्कीको जस्तो भाषा प्रयोग गरेर म एकदमै खुल्ला दिलको मान्छे आपुू केही पनि लुकाउन जान्दिन र अरुले केही ढाटेर व्यवहार गर् यो भने म त्यो सहन सक्दिन यो चाहिँ बुझिराख्नु होला है पनि भन्दै गर्छे । बीचबीचमा फकाएको जस्ता पनि गर्छे । यहाँका मानिसहरु कस्ता हुन्छन् भन्ने बारेमा मलाई सबै जानकारी छ बुझ्नु भो । यहाँ माया भन्ने कुरा एक रातलाई मात्र हो । यस्तो माया सुन्नु भएको थियो कहिल्यै सुन्नु त के कल्पना पनि गर्नु भएको थिएन होला तर यो वास्तविकता हो । विस्तारै बुझ्नु हुनेछ । तपाईं त कुवेतमा नयाँ हुनुहुँदोरहेछ । यहाँ त फसाउँछन् है फसाउँछन् । खत्तम हुन्छन् यहाँका केटीहरु त । जोगिनु होला है जोगिनु होला । एक से एक छन् केटीहरु त ! तपाईंको लागि ज्यान पनि दिन्छु भन्छन् अन्तमा खोक्रो पारेर आफ्नो बाटो लाग्छन् ।
हुँदाहुँदै उसले त मलाई प्रेमको शब्दहरु पो व्यक्त गर्न थाली । जस्तो हरेक फिल्ममा हुने गर्छ । तपाईंको बोली त कति मीठो छ सुनिरहूँ जस्तो लाग्छ भन्न थाली बा ! ल ठिकै छ राम्रोलाई राम्रो भन्न त पाइन्छ नि भनेर मैले चित्त बुझाएँ । धन्यवाद त भन्नै पर् यो भनेर भित्रैबाट धन्यवाद टक्रुएँ ।
अर्को दिन पनि त्यही हो १० बजेपछि फोन आयो हेल्लो भनेको उताबाट के छ प्यारे रे ! म त अक्क न बक्क भएँ । के दिनमा मैले साथी बनाउने रहर गरेछु नि भनेर आफैँ देखि दिक्क लागेर आयो । फेरि उताबाट त्यही स्वर कता हराएको नि के भयो आज भन्छे
होइन होइन केही भएको छैन । -म भन्छु ।
म एउटा कुरा भन्छु मान्नु हुन्छ । मान्ने हो भने मात्र भन्छु; पहिला भन्नु होस् ।
पहिला भन्नु त पर् यो नि कस्तो कुरा हो अनि पो मान्ने नमान्ने भन्ने कुरा हुन्छ त भनेपछि उसले भन्न थाली ।
भोलि मेरो छुट्टि छ हवाली जाउँ न घुम्न हुन्छ म तपाईंसँग भेट गर्न चाहन्छु । तपाईंसँग मेरो मनको कुरा पोख्न चाहन्छु । उसले कण्ठ पारे जस्तो गरेर सरर भन्न थाली ।
म ठूलो समस्यामा परेँ । अब के भनेर टार्ने होला । मेरो आइडी कार्ड पनि छैन फेरि मैले देखेको पनि छैन कसरी आउने । पछि अर्को दिन जाउँला नि हुन्न र -म भन्छु ।
किन पैसा खर्च हुन्छ भनेर टार्नु भएको हो कि के हो चिन्ता लिनु पर्दैन म सबै खर्च बेहोर्छु तपाईंले एक पैसा खर्च गर्नु पर्दैन । अब त हुन्छ भन्नुहोस ।
उसले मानेकि थिइन तर मैले हरेक समस्या देखाएर म फुत्केँ आजलाई तर भोलि के भन्ने हो नि भनेर चिन्ता लागिरहेको थियो ।
अर्को दिन त उसले तपाईंको मोबाइलमा मल्टिमिडया छ कि छैन क्यामरा छ कि छैन भनेर सोध्न थाली । उठेर एसो हातमुख मात्र धुन भ्याएको छु ।
किन भनेर सोधेँ
किन कि छ भने तपाईंको फोटो पठाइ दिनुहोस् न भनेर ।
म पनि के कम भनेर भए भरको जोत हान्न थालेँ । मेरो त मोवाइल आउँदाआउँदै बाटामा चोरी भयो । अहिले सामान्य खालको ५ के।डी। को मोवाइल किनेको छु । हेरन अहिले पैसा पनि त छैन । तलव आउने बेला पनि भएको छैन । अन्यथा नमान ल भनेर फोन राखिदिन्छु ।
अरे बाफ ! कुरो धेरै अगाडि बढिसकेछ अब कसरी उम्कने होला भनेर म बाटो खोज्न थालेँ ।
अर्को दिन अलिक ढिलो फोन आयो । लगलग ११ बजेको थियो होला । उताबाट सुरु भयो दिनभरिको कहानी । आज त सारै थाकेको छु दिनभरि काम गर्नु पर् यो । बोल्न पनि मन छैन तैपनि तपाईंलाई फोन नगरी निद्रै लाग्दैन त्यसैले मात्र । म चुपचाप छु । ऊ एकोहोरो बोलिरहेकी छ । मेरो जवाफको उसलाई पर्वाह नै छैन । सबै भनिसकेपछि ल गुड नाइट भनेर विदा भइ । म पनि सुत्न तर्खर गर्दै थिएँ । फेरि फोन आयो ।
उताबाट हेर्नु न मैले एउटा कुरा दिउँसोदेखि नै सोध्न भनेर सम्झिराखेँको थिएँ बिसे्रछु अहिले सम्झेँ । -भनौँ भन्छे ।
हुन्छ सोधन भने पछि उसले भनी- तपाईंको विवाह भएको छ कि छैन अन्यथा नसम्झनु होला ।
एक वर्ष भयो भने पछि उसले टक्क फोन राखेको आवाज आउँछ । आज एक साता भयो फेरि फोन आएको छैन । मैले पनि धेरैपल्ट सम्पर्क गर्ने प्रयास गरेँ तर सफल भएन भनौँ या उनीले बोल्ने इच्छा गरिनन थाहा छैन ।
बल्ल बल्ल एक जना केटी साथी बनाएँ भनेर मख्ख परेको त एक साता पनि नपुग्दै टुङ्यि । म पनि कस्तो उल्लू रहेछु किन बाठो भएर विवाहित हूँ भन्नू परेको होला । फोन त गर्थी मोरीले मेरो पैसा जाने थिएन । आज आएर फोन गर्न त परै जाओस आफुले गरेको पनि रिसिभ गर्न छोडिन जे हुनुथियो ठिकै भयो ।














































babal cha ni bro………i have to do what i say broooooooooooooooo