कहिले सम्म चुस्नेहुन नेपालका सरकारी उडुसहरुले गरीब जनताहरुलाई ?

आस बहादुर गुरुङ,बालकृष्ण घिमिरे,केशब प्रसाद घोरासाइने र उत्तम कुमार न्यौपाने केजिएल कुबेत

 देशमा तानाशाही भनिएको राजतन्त्र समाप्त भएको पनि झन्डै दुई बर्ष बिती सकेको छ | नेपाली जनताहरुले गणतन्त्रको स्थापना पश्चात देशमा शान्ती सुरक्षाको  ग्यारन्टी,हत्या हिङ्साको अन्ते,रोजगारिको ग्यारन्टी लगाएत भ्रस्टचार उनमुलन गरी स्वतन्त्र र निस्पक्ष कर्मचारी तन्त्रको स्थापनाहुने ठुलो आशा लिएका थिय |तर भएको छ ट्याकै उल्टो,राजतन्त्र र बहुदलिय प्रजातन्त्रमा कुर्सिमुनी बाट घुस खाने सरकारी (कमचारी) उडुसहरु गणतन्त्र आएपछी सिधै र बार्गेनिङ गरी,गरी आफ्ना माउ राजनीतिक पार्ट्रिहरुको सम्रक्षेणमा गरिव नेपाली जनताहरु सित मोटो रकम असुली जनतालाई उडुसले चुसे झै चुसिरहेका छन | देशमा शान्ती सुरक्षा कायम गर्ने गराउने निजामती उडुसहरु देखी संघ सस्थामा कार्यरत उडुसहरुले स्वदेशका जनताहरुलाई मात्रै होइन आफ्नो घर जग्गा बन्दकी राखी बिदेश जान लागेका गरीबहरुको खल्ती खोतली रकम असुल गरेका कैयौ घटना सार्वजानिक भईरहेको अवस्थामा पुन अर्को यस्तै एउटा घटना थपिन पुगेको छ | केजिएल कम्पनी
 कुवेतमा कार्यरत आस बहादुर गुरुङ आफ्नो दुई महिने छुट्टी पुरागरी मिती २०६६ साल चैत्र ३१ गते मंगलबार (अप्रिल१३तारिख) का दिन दिनको करीव दुई बजेतिर पाकिस्तानी इन्टर नेस्नल एयारलाइन्स (PIA) को फ्लाइट नम्बर २६९ बाट कुवेत आउने क्रममा नेपालको अन्तराष्ट्रिय त्रिभुवन बिमान स्थल आएका थिए | त्यहा रहेको अध्यागमन बिभाग (एमिग्रेसन)मा कार्यरत अधबैसे (आईमाई) उडुसले आस बहादुर गुरुङको
 पास्पोटमा छाप लगाउने क्रममा श्रमबिभागको सुक्रिती पेपर मागिन,आफु नया रुपमा कुवेत जान लागेको नभैइ छुट्टीमा आएकाले श्रमबिभागको पत्र नबनाएको जानकारी आस बहादुरले दिए | नयाँ या पुरानो जे भए पनी श्रम सुक्रिती चाहिने जिकिर गर्दै मिलाउन चाहे याही बाट मिल्ने,नभए फर्किनु पर्ने धम्की उनले दिईन | बिचरा आस बहादुरलाई त्यही दिन (कुवेत) आउनु पर्ने भएकाले लौनत श्रम पेपर बनाइदिदुस
 त्यसको लागि के गर्नु पर्छ भने | एमिग्रेसनकी ति महिलाले आफ्ना एकजना सहकर्मी बोलाईन र उसित खासखुस कुरागरि आस बहादुरलाई उसित पठाई दीइन | अध्यागमन बिभाग कै त्यो अर्को उडुसले आस बहादुरलाई त्यही रहेको एकान्त कोठामा लगी रकमको बार्गेनिङ गरे,पाच हजारबाट सुरु भएको मोलमोलाई तिनहजारमा टुङियो,आस बहादुरले तिनहजार दिई श्रम पेपर मागे | अब तपाईं जान सक्नु हुन्छ केही पनि चाहिदैन
 सबै कुरा उहा मेडमले मिलाई सक्नु भयो भन्दै ति सरकारी कर्मचारी आफ्नो बाटो लागे | आफ्नै देशका नेपाली दाजु भाई,दिदी बैनीहरु बाट यसरी पीडित बनेका आस बहादुरको लकेज ब्याग समेत कुवेत अाई पुग्दा च्याती सकिएको थियो | आस बहादुरको यो घटना त नमुना मात्रै हो,धेरै आस बहादुरहरु यि र यस्ता अनगिन्ती घट्नाहरु बाट पिडी बनिरहेका छन,बनि नै रहने छन | हाम्रो देशमा प्राय ६,६ महिनामा सरकार
 परिवर्तन भएका छन,हरेक सरकारले प्रस्तुत गर्ने बजेटहरुमा भोका उडुसहरुको तलब बढायिएको पाइन्छ तैपनी गरीब नेपाली जनताहरुलाई यि उडुसहरुले चुसेका चुसेई छन,अब कुन तन्त्र आउनु पर्ने हो नेपालीहरु यस्ता उडुस बाट नचुसिन ?

 

One Response to कहिले सम्म चुस्नेहुन नेपालका सरकारी उडुसहरुले गरीब जनताहरुलाई ?

  1. bau,kuwait

    lekhak haru ta dherai rahechan nai…………………..

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s