जय आले, कुवेत
कुवेत सिटी, २० अप्रिल : कुवेतको सुलैबिखातस्थित घरेलु कामदारमा कार्यरत, नाम र स्रोत नखुलाईएकी एक नेपाली युवती ड्युटी सकेर ट्याक्सी बोलाई आफ्नो श्रीमानलाई भेट्न जाने क्रममा गत बिहीवार, १६ अप्रिलको दिन सोही ट्याक्सी ड्राइभरको अपहरणमा परेकी थिईन र ट्याक्सी ड्राइभर बंगलादेशी नागरिक भएको स्रोतले खुलाएको छ । उक्त ट्याक्सी ड्राइभरले अपहरण गरेपश्चात उनको श्रीमानसँग ३५० के. डि. उनलाई मुक्त गराउन फिरौती माग गरेको तर पछी उसले ति युवतिलाई जिलिव अल-शुवैखस्थित वेश्यालय संचालन गर्ने दलाललाई बेचिदिएको र उनलाई जबर्जस्ती उक्त दलालले ३ दिन सम्म देह ब्यापारमा संलग्न गराएको खुल्न आएको छ । उनी अपहरणमा परेको ३ दिन पश्चात आईतवार कुवेत पुलिसको सहारामा अपहरण मुक्त भएकी छिन् र उनको साथमा ६ जना अरु अपहरित एसियन मुलका महिलाहरु पनि सो नरकबाट मुक्त भएका छन । Continue reading
महेन्द्रनगर, माओवादीले ‘अन्तिम विद्रोह’ भन्दै सुरु गरेको प्रशिक्षणमा कञ्चनपुरका पाँच हजार युवायुवती सहभागी भएका छन् । उनीहरूलाई गणतान्त्रिक खेलकुद संघ र वाइसियल नेताले प्रशिक्षण दिइरहेका छन् । केन्द्रीय सर्कुलरमा सुरु भएको प्रशिक्षण बिहानबेलुका दुईपटक दिने गरिएको माओवादी कञ्चनपुरले जनाएको छ । सो प्रशिक्षणलाई माओवादीले ‘मिलिटे्रन्ड’नाम दिएको छ ।कञ्चनपुरका १९ वटा गाविस र भीमदत्त नगरपालिकामा माओवादीले प्रशिक्षण थालेको छ । प्रशिक्षणमा विशेषगरी माओवादी कार्यकर्ता तथा समर्थक युवायुवतीलाई सहभागी गराइएको छ ।
लन्डन/ फुटबलर एस्ले कोल तथा गल्फर टाइगर उडको दाम्पत्य जीवन संकटमा परेको छ दुवै खेलाडीका श्रीमती ‘डिभोर्स’को अन्तिम तयारीमा पुगेपछि उनीहरूको दाम्पत्य जीवन संकटमा परेको हो ।कोलकी श्रीमती चार्ली तथा उडकी श्रीमती एलिन नोड्रेग्रेनले आ-आफना श्रीमान्सित आत्मसम्मान तथा व्यक्तित्व रक्षाको कारण देखाउँदै सम्बन्धविच्छेद गर्न लागेको विभिन्न एजेन्सीले जनाएका छन् ।














































