बिदेश र २०६६ सालको तिहार !!

बालकृष्ण घिमिरे

टुकुचा ७ काभ्रे, हाल: KGL कम्पनी, कुवेत

स्वदेश छाडि बिदेश अर्काको मुलुकमा धन कमाउन आउने हामी नेपालीहरुका लागि पाइलै पिच्छे खतरा नभएका हैनन । त्यसमा पनि सवारी साधन (गाडी ) चलाऊने ड्राइभर पेशामा बिदेश आएका नेपाली दाजुभाईहरुका लागि झनै ठुलो समस्या परेको पाईन्छ । अर्काको मुलुकको कानुनी समस्या आफ्नो ठाउँमा छ, सम्बन्धित देशको भाषा नबुझ्नु सबैभन्दा ठुलो समस्या भईदिन्छ । आफुले गल्ती नगर्दा नगर्दै पनि कानुनी रुपमा फस्दा कसलाई पो दु:ख नलाग्ला र ? यस्तै एउटा घटना घट्न गयो गत तिहारको भाई टिकाको दिन अर्थात २००९ अक्टोबर १९ तारिक बिहानको २ बजे तिर राम प्रसाद घोरासाइनी (नाम परिवर्तन) केजिएल कम्पनी कुवेत आएको झन्डै चार बर्ष बित्न लागेको थियो । केजिएलबाट हिट्को कम्पनी अमेरिकन आर्मी अप्रेसन सेक्सनमा गाडी चनाउन कन्ट्रयाकमा दिएकाले नियमित रुपमा आफ्नो पेशा प्रति जिम्मेवार भई काम गरि रहेका राम प्रसाद सो दिन पनि आफ्नो डिउटि पुरा गर्न बस लिएर मिनअब्दुल्ला क्याम्पबाट निक्लिएका थिए ।

राम लगाएत अरु दुईजना नेपाली र एकजना इन्डियन गरी चारजनाको एउटै डिउटी (मिसन) अलिअल्सालिम क्याम्प पुग्नु पर्ने थियो । प्राय: जसो चालिस नम्बर रिङरोडबाट सात नम्बर रोड हुँदै ६ नम्बर रोड निक्लिई अलिअल्सालिम जाने गरेतापनि सो दिन अरु तीनजना सात नम्बर रोड हुँदै गए पनि राम भने सिधै र चाँडो पुग्ने भएकाले चालिस नम्बर रोडबाट सिधा ६ नम्बर रोड हुँदै जाने उदेश्यले ६ नम्बर रोडतिर लागे, त्यहिंबाट सुरु भए उनका दशाका दिनहरु । राम कै भनाई अनुसार उन्लाई चालिस नम्बर रोडबाट नै एउटा पिकप गाडीले पिछा गरिरहेको थियो, जब उनी फर्वानिया नजिक पुगे त्यो गाडीले उनलाई (साइड हान्यो) छेक्यो र राम आफ्नो गाडी रोक्न वाध्य भए, उक्त गाडीबाट दुई  जना आवारा टाइपका कुवेतीहरु  निक्लिए र उनको गाडी नजिक आई उन्नलाई गाडीबाट बाहिर आउन उनिहरुकै भाषामा कुर्लिए, रामले पनि अरबिक भाषामा आफ्नो गाडी भित्र आउन भने, केही बेरको भनाभन पछी रामले दाउ हेरी आफ्नो गाडी भगाए तर उनिहरुले पिछा गर्न छाडेनन ।

६ नम्बर रोड अर्थात सुलोभिया मोड अगाडी पुलिस चेकिङ भई रहेको टाडैबाट देखेपछी रामलाई केही राहातको महसुस भयो तर राम भन्दा अगाडि उक्त आवाराहरु पुगी पुलिसलाई के भने उन्लाई थाहा भएन, चेकिङ् गरिरहेका पुलिसले कुवेतिहरुलाई छाडिदिए भने रामलाई गाडी साइड गर्न ईशारा गरे, रामले के गाडी रोकेका थिए उनलाई गाडी भित्रै गई पुलिसले हथ्कडी लगाई सोलोभिया चौकी पुर्‍याई डाक्टर चेक गर्दा अल्कोहल (रक्सी) पिएको पाइयो भनी थुनामा राखियो ।

रामको खोजिमा रहेका केशब प्रसाद घोरासाइने लगाएतका केही साथीहरु रामलाई समातेको पाचौं दिन सोलोभिया चौकी गई बुझ्दा रक्सी केशमा समातेकालाई भेट्न नपाईने भनी त्यहाँ रहेका पुलिसले हकारेकाले नाजवाफ भई रित्तो हात फर्कन वाध्य भए ।  ६ दिनसम्म कोही कसैलाई भेट्न नदिएको अवस्थामा सातौं दिनका दिन सोयम रामले चौकिको लोकल टेलिफोनबाट फोन गरी पचास दिनार लिएर आए वा बुझाए छाडिदिने भएको छ भनेकाले तत्काल पैसा खोजी सोहि दिन केशब प्रसाद घोरासाइने गई छुटाएर ल्याउन सफल भएका थिए । रामलाई केजिएल कम्पनिले आफ्नो एचएल सिक्स बस सेक्सनबाट (टर्मिनेट गरी) निकाली अन्य सेक्सनमा काम दिनका लागि प्रयत्न गरी रहेको अवस्थामा बस सेक्सनका हाकिम भनाउँदाहरुले उसलाई काम दिएमा अन्य ड्राइभरहरुले समेत रक्सी पिई यो बस सेक्सन छाड्ने छन भन्ने रिपोट बुझाएकाले कम्पनिले बिना तलब तीन महिना राखी साथमा भएको दुई सय दिनार भिषा शुक्ल वापत लाग्ने छ भनी कम्पनिले नै लिई अन्तमा भिषा क्यान्सिल गराई नेपाल फर्काउन एयरपोर्ट पुर्‍याएको थियो । एयरपोर्टमा रहेको इमिग्रेसनले तिम्रो सफर मग्नुम (केश चलिरहेको) छ भनी फर्काई दियो| यहाँनिर स्मरणिय कुरा के छ भने केश चलिरहेको ब्यक्तिको कसरी कम्पनिले भिषा क्यान्सिल गरायो र शुन वा भिषा लगाउने आधिकारीक सरकारी निकायले कसरी रामको भिषा क्यान्सिल गर्‍यो ?

केही आशा बोकेर नेपाल जान लागेका राम पुन: निराश भई फर्किन वाध्य भए र कम्पनिको सल्लाहा अनुसार केश टुंग्याउने प्रयत्नमा लागे । २०१० फेब्रुअरी अन्तमा कुवेतको न्यायालयले एक महिनाको जेल सजाय सुनाएकाले जेल जानु पर्ने कम्पनिको भनाइ अनुसार २०१० मार्च २ तारिक जेल चलान भएका रामलाई तीन हप्तासम्म कहाँको जेलमा राखियो थाहा पाउन सकिएन ।  लामो प्रयत्न पश्चात सफर जेल जिलिवमा रहेको खवर २०१० अप्रिल ६ तारिक पाई ७ तारिक बुधवार केशब प्रसाद घोरासाइने, उत्तम कुमार न्यौपाने र म सफर जेल पुग्यौं । हामीहरुलाई अरबिक भाषा त्यती नआउने भएकाले त्यहाँ लेबर काम गर्ने बङ्गालिको साहाराले सोधखोज गर्न तिर लाग्यौ, सफर जेलमा मुख्य दुई वटा गेट रहेछन । यता गेटको पुलिसले उता जाओ र उताकाले पहिलेकै गेटमा जाओ भनी हैरान बनाइ रहेको समयमा भित्रबाट (शायद ठुलै हाकिम साहेब हुनुपर्छ) गेट बाहिर आए, हामीले सोही हाकिमलाई अङ्ग्रेजी र अरबिक भाषा मिसाउँदै आफ्ना कुरा राख्यौ, उनले आइतवार तीन बजे भेट्ने समय भएकाले सोही दिन आउन भनेकाले हामी फर्कियौ । 

१० तारिक शनिबार डवल डिउटी (२४ घण्टा काम) गरी ११ तारिक आइतवारकालागी छुट्टी लियौं । शायद हाम्रै नेपाली भाई फोरमेन नभएको भए त्यो छुट्टी पाउन पनि मुस्किल हुन्थ्यौ कि ? यसरी आइतवार दिनको १२:३० बजे हामी पुन रामलाई भेट्ने आसाले सफर जेल पुग्यौ त्यहा बिभिन्न मुलुकका ६०, ७० जना मान्छेहरु आ-आफ्ना थुनुवाहरुलाई भेट्न आएका रहेछन, त्यसमा दुई जना नेपाली दाजुहरु पनि आफुसंगै काम गर्ने मोरङ्का मित्रलाई भेट्न आउनु भएको रहेछ । उहाँहरु सितको सामान्य परिचय पश्चात हामीले मोरङ्का मित्र कुन केशमा जेल पर्नु भएको नि भनेर सोध्यौ दुबै जनाले एउटै स्वरमा भन्नु भयो प्राय: यहाँ नेपालीहरु कुन केशमा पर्छन र उहि त होनी तान्ने र हा… तर हाम्रो साथी चाँही तान्ने केशमा परेको हो उ लगाएत पाँचजना नेपालीहरु त्यही केशमा भित्र छन ।

उहाँहरुको भनाइ अनुसार मोरङ्का श्रेष्ठ थरका ति मित्रको केश यस्तो रहेछ, एक बर्ष अगाडि रक्सी पिएको केशमा समातिएका उनी सात दिन स्थानिय चौकिमा बसी पचास दिनार जरिवाना बुझाई छुटेका रहेछन र एक बर्ष पछाडि पुन: त्यही पुरानो केशमा समाती सफर जेलमा ल्याएको रहेछ । पन्ध्र बिस बर्ष कुवेतमा काम गरी सकेका र त्यस दिन त्यहाँ आफ्ना आफन्त थुनुवाहरुलाई भेट्न आएका बङ्गाली, इन्डियन, पाकिस्तानीहरुको भनाइ अनुसार अहिले ४५ बर्ष पश्चात कुवेतको कानुन फेरिएको रे, रक्सी र तरुनी केशमा कुवेतको जुनसुकै स्थानबाट पुलिसले समाते पनि सिधै सफर जेल ल्याई आवश्यक प्रकृया पुर्‍याइ सम्बन्धित मुलुकहरुमा फर्काउँछ रे । यि र यस्तै कुराहरु चलिरहेको अवस्थामा (दिनको तीन बजी सकेको थियो) सफर जेल भित्रबाट एउटा पुलिस आई आफ्नो गोजीबाट एउटा सानो कागज निकाल्दै यस्तो चिट हुनेहरुले मात्रै थुनुवा भेट्न पाउँछ, यो पेपर हुनेहरु बस अरु सबै फर्क ।

त्यहाँ भएका सबै अलमल्ल पर्दै अगिल्लो आइतवार सम्म यस्तो नियम थिएन आज फेरी नयाँ कानुन बनेछ यस्तै हो मुखैको कानुन भएको देशमा, खासखास खुसखुस यस्तै कुरा चलिरहेको थियो फेरी ति पुलिस कुर्लिए (एल्लाएल्ला रो, सुरासुरा रो) छिटो छिटो जाओ । एकजना कुवेती हुन वा मस्री उनले नम्र स्वरमा आफ्नो भाषामा सोधे, म सित त्यो कागज छैन कहाँ र कसरी बनाउनु पर्ने हो त्यो कागज ? बिहीवार बिहान् ८ बजे देखी ११ बजे सम्म यही दिने जानकारी गराउँदै उनी (पुलिस) भित्र पसे । हामी पनि अलमल्लमा पर्‍यौं उक्त नियमको बारेमा ७ तारिक नै भनिदिएको भए पनि त बिहीवार नै आएर पेपर बनाएर आज रामलाई भेट्न पाइन्थ्यो नि, नेपालको कानुन पशुपतिनाथले नै जानुन भने झैं कुवेतको कानुन अल्ला अक्बरले नै जानुन भन्दै हामी सबैजना फर्कियौं ।

स्वदेशमा होस् या बिदेशमा, सुखमा होस् या दु:खमा, हामी नेपालीहरुलाई रक्सी नभई नहुने भएको छ तर पनि नेपालीहरुको महान चाहाड तिहार भएकाले भन्नुपर्छ राम लगाएत धुर्ब बहादुर, मित्र बहादुर, दिप बहादुर, राजेन्द्र बहादुर, राम बहादुर, श्याम बहादुर लगाएतका अन्य बहादुर नेपालीहरुले गोबर्धन (गोरु) पूजाको दिन हल्काफुल्का नपिएका हैनन तर दशा रामलाई मात्रै लाग्न गएकाले अरु बहादुरहरुलाई भाग्यमानि नै सम्झनु पर्छ । हिजो उनै रामको जुठो थालमा खानेहरु आज उसको बारेमा सोधखोज गर्नै चाहँदैनन । हाम्रा बहादुरहरु तरुनी भेट्न पर्‍यो भने दिनभरी कम्पनिको गाडी लिएर घुम्न सक्छन तर साथीलाई परेको समस्याको बारेमा बुझ्ने टाईम पाउँदैनन, हुन त कसैले चाहँदैमा यहिं जीबन बिताउनु पर्ने वा चाँडै छुट्कारा पाईने त हैन तै पनि यो बिरानो मुलुकमा हामी पुर्व पश्चिम, मेची महाकालीबाट आएका नेपालीहरु बिच पारिवारिक सम्बन्ध कायम गरी एक अर्कालाई परेको अप्ठारोमा साथ दिनु पर्ने हैनर ? हामी सबैले याद गरौ दशा बाजा बजाएर आउँदैन, हामी जो कोहि माथि यि र यस्ता अनेकौ घटना घट्न सक्छन कम्तिमा अरु केही गर्न नसके पनि मानबिय भावना त ब्यक्त गर्न सिकौं । 

3 Responses to बिदेश र २०६६ सालको तिहार !!

  1. KHANE BELAMA ANKHA NADEKHNE ANI AHILE NABHATI KURA ..HAAAAAA LEARN FROM THIS INCIDENT OKKK,,,

  2. बिचरा राम्प्रशाद सो दिन पनि आफ्नो डिउटि पुरा गर्न बस लिएर मिनअब्दुल्ला क्याम्पबाट निक्लिएका थिए रक्सीपनी नपिही किन होइन नेपाली ले भाईटिकाको दिन त्यो पनि यो लेख यहाँ किन आयो वेब चलाऊने साथीहरुले पनि बुज्न पर्छ कसैले नप्त्यौने कुर के जि अल को केटाह्रु त्यो पनि ड्राइभर कठै ब्ररा यो प्त्यौन नसक्ने कुरा यहाँ यसरी हुनु राम्रो होइन फोटो हेर्दा त जन गजदे को आभास हुन्छ यो मनेमा त जन देरै जानालाई थाहा हुने बयो मिडियामा नाको बहे राम्राू हुन्थियो राम प्रशाद जि कमेर्सिअल अड जस्तो तो बयो यो कसलैइ पनि पच्दैन

  3. bal krishna ghimire

    सुनिल जि प्रतिकृयाका लागि धन्यवात,तपाइले आफ्नो प्रतिकृयामा आफ्नो हैसियत देखाउनु भएको रहिछ,चोरले सबैलाई चोर् नै देख्छ,ज्यान माराले सबैलाई आफु जस्तै,कि कसो ? हुनत आफ्नो दिमागले जती सोच्न सकिन्छ तेति नै सोच्ने न हो | तपाईंले ड्राइभर भनेर होच्चाएकोमा कुनै गुनासो हैन,तपाईंको दिमागले जे सोचो त्यही ओकल्नु भएकोमा तपाईंलाई पुन धन्यवात | यो समाचारमा मैले ड्राइभरले रक्सी खाँदै खाँदैनन भनेर भनेको हैन,सकेसम्म हामी जोकोहिले पनि रक्सी नखाउ र यदी नखाइ नसक्ने भए आफ्नो जिम्मेवारि र काम प्रती बाधा नपुर्याउ भन्ने सन्देश मात्र दिन खोजेको हुँ | फोटोको बारेमा पनि ठुटे अक्षेरमा आफ्नो बिचार राख्नु भएकोमा पुन यहाँलाई धन्यवात !

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s