अब नेपालीलाई युगान्डामा काम


काठमाडौं, वैदेशिक रोजगारमा जान चाहने युवाका लागि अब अफ्रिकी मुलुक युगान्डा खुल्ला भएको छ। व्यवसायीले युगान्डाबाट दक्ष कामदारको माग ल्याएपछि सरकारले हालै यो मुलुक रोजगारका लागि खुल्ला गरेको हो। दक्ष कामदारका लागि राम्रो तलब र सुविधा पाइने भएकाले युगान्डा धेरैका लागि आकर्षक हुनेछ। श्रम तथा यातायात व्यवस्था मन्त्रालयका निमित सचिव पूर्णचन्द्र भट्टराईले युगान्डा कामदार पठाउने मुलुकका रुपमा खुल्ला गरेको जानकारी दिए। हामीले केही दिन अघि युगान्डालाई रोजगार गन्तब्यका रुपमा खुल्ला गरेका छौं उनले नागरिकसँग भने यो मुलुक सूचिकरणको निर्णय भइसकेको छ।
गत चैत ३१ मा श्रमले युगान्डा खुल्ला गर्ने मन्त्रालयस्तय निर्णय गरेको हो। युगान्डामा पहिलो पटक दक्ष कामदारको माग सुवास विजय एशोसिएट्सले ल्याएको थियो। उक्त कम्पनीले कामदार पठाउने माग गरेपछि मन्त्रालयले नयाँ रोजगार गन्तब्य खुल्ला गरेको हो।
सुवास एसोसिएट्सले युगान्डाको कामपाला सहरमा रहेको क्रेन बैंकका लागि विभिन्न क्षेत्रका दक्ष कामदारको माग ल्याएको छ। भट्टराईले युगान्डाका दक्ष कामदार पठाउन म्यानपावर कम्पनीलाई अनुमति दिएको जानकारी दिए। ‘प्रवर्द्धन खर्च हेरेर हामीले यो मुलुकमा कामदार पठाउन खुल्ला गरेका हौ,’ उनले भने। श्रमले अनुमति दिए लगतै वैदेशिक रोजगार विभागले पूर्व स्विकृती दिइसकेको छ। म्यानपावरले उक्त बैंकका लागि सस सेफ, एकाउन्टेन्ट, एक्जुकेटिभ सेफ, फ्रन्ट अफिस म्यानेजर , चार्टर्ड एकाउन्टेन्ट, उपप्रबन्धक, फुड एण्ड बेभरेज म्यानेजर र हाउस किपिङ एक्जुकेटिभको माग ल्याएको छ। यी मध्ये सस सेफले सबैभन्दा कम मासिक ८५ हजार ८ सय रुपैयाँ पाउँछन् भने अधिकतम एक्जुकेटिभ सेफ र चार्टर्ड एकाउन्टेन्टले मासिक १ लाख ४३ हजार पाउने कम्पनीले जनाएको छ।
कामदारलाई दुई वर्षको करार अवधि रहेको कम्पनीले जनाएको छ। युगान्डा जाने कामदारका लागि भिसा र हवाई टिकट निशुल्क पाउने छन्। कम्पनीका प्रोप्राइटर बीएन पराजुलीले युगान्डामा अहिले सेवा र पर्यटन क्षेत्रमा रोजगाको सम्भावना बढी रहेको जानकारी दिए। ‘युगान्डा पुर्ननिर्माण तीब्र भएको मुलुक हो,’ उनले भने, ‘यहाँ दक्ष कामदारको माग उच्च छ।’
उनका अनुसार कामदार छनौट लगायत प्रक्रिया अगाडि बढाउन एक महिना समय लाग्नेछ। कम्पनीले रोजगारदाता र रोजगामा जानेबीच प्रत्यक्ष अन्तक्रया गरेर कामदार छनौट गर्नेछ।
रोजगारदाता र रोजगारमा जानेबीच प्रत्यक्ष कुराकानीको अवसर जुटाउँदैछौ पराजुलीले भने हामीले युगान्डाका रोजगारदातालाई बोलाइसकेका छौ।’
उनले युगान्डामा थप रोजगाको सम्भावनाका बारेमा बुझ्न आफै जान लागेको बताए। युगान्डामा रहेको रोजगारको सम्भावनालाई मुलुकको पक्षमा पार्न भ्रमण गर्न लागेको पराजुलीले बताए। ‘धेरै भारतीय र चिनियाँ लगानीकर्ताले युगान्डामा काम गरिरहेका छन् उनले भने बैंकिङ र पर्यटन क्षेत्रमा कामदार पठाउन कस्तो सम्भावना छ, त्यसबारेमा जानकारी लिन जाँदैछु। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले दक्ष कामदारका लागि सम्भावनाको बाटो खुल्ला हुनु सकारात्मक रहेको बताए। सधै अदक्ष कामदार पठाइरहने भनेर लाग्ने गरेको आरोपलाई युगान्डामा आएको यो मागले असत्य सावित गरेको उनले बताए।
युगान्डामा आएको मागले नेपालमै कम तलबमा काम गर्नेलाई अवसर प्राप्त हुनेछ खनालले भने यहाँको दक्ष जनशक्ति विदेश जान्छन् भने यहाँ रोजगाको अवसर खोजिरहेकाले यही काम पाउँछन्। यसले मुलुकलाई फाइदा पुग्छ। नेपालबाट जाने कामदारमध्ये ९० प्रतिशत अदक्ष छन्।

कस्तो हो युगान्डा
अफ्रिकी मुलुक युगान्डा भुपरिवेष्ठित हो। यसको पूर्वमा केन्या, उत्तरमा सुडान, पश्चिममा कन्गो र दक्षिणमा रुवाण्डा र तान्जनिया पर्छन्। यहाँको बहुसख्यंक (८५ प्रतिशत) जनता क्रिस्चियन धर्मालम्बी छन। छिमेकी मुलुकका तुलनामा युगान्डालाई शान्त र सहिष्णु मानिन्छ। भूमध्य रेखाको नजिक पर्ने भए पनि यहाँको मौसममा एकरुपता छैन। मुलुकको उत्तरी भेगको तुलनामा दक्षिणमा बढी सुख्खा र गर्मी हुन्छ। केही वर्ष अघिसम्म संसारकै गरिबतम मुलुकका रुपमा रहेको युगान्डा आर्थिक उदारिकरण कार्यक्रम लागू गरेपछि सुधारको दिशामा लागेको हो। सन २००८ मा यसको आर्थिक वृद्धि दर ७ प्रतिशत थियो। धातु खानी, पेट्रोलियम र प्राकृतिक ग्यास अर्थतन्त्रको मुख्य स्रोत हो। लामो समय चलेको गृह युद्ध समाप्त भएपछि युगान्डामा अहिले पुर्ननिर्माणको काम तीब्र भएको छ। यो मुलुकमा अहिले होटल, बैंक, पर्यटनलगायत सेवा क्षेत्रमा रोजगाको अवसर छ। यहाँ अहिले भारत, चीन लगायत मुलुकका व्यवसायीले लगानी गरिरहेका छन्। १५ अर्ब अमेरिकी डलरको अर्थतन्त्र रहेको युगान्डामा सेवा, पर्यटन र कृषि क्षेत्रको सबैभन्दा बढी योगदान छ। कुल गार्हस्थ उत्पादनमा ५२ प्रतिशत सेवा, २५ प्रतिशत पर्यटन र २३ प्रतिशत कृषिको योगदान छ।

5 Responses to अब नेपालीलाई युगान्डामा काम

  1. naindra kumar rai

    I dont belive bcoz somany uganda working togethert with we so

  2. अब युगान्डा मात्रा होइन बाङ्लादेशमा पनि नेपालीको लागि काम भनेर ठुला ठुला लेटरमा प्रिन्ट भहेको देख्ने समय अैसक्यो यहाँ कुबैत म भहेको साथीहरु पनि तरुनी भन्दा फाल्तु कुरै छैन ठुला कुरा मात्र गर्छन् रक्सी को मास्टर सबै जना नत्र डेली मात्रमा सुन्नमा आउन्छ पुलिस को हातमा नेपाली रे त्यो पनि रक्सी अनी तरुनी केस्मा

  3. yo news maa kasaile pani satyetaa nalinu holaa bakbaas news ho yo ugandaako derai jamat maa ma kaam gardai chhu yek hisaab le uganfaa bhookmaari ko desh ho ra yehaa iraq maa maa sardar rupamaa sabai bhanda thorai talab ugandaahuru ko chha tehi pani tini huru khusi chhana rojgaar payeko maa uganda goverment ta kasto chha tara ugandaali janataa huru jasto bangaali huru chhan tyo bhanda kami chhinan yek nambarko chuthyo ho

  4. ratnabasnet

    yo uganda ko kuro ma kasaile pane biswas nagarnu hola yo auta jhuto news ho

  5. ratnabasnet

    uganda ma kam ko lagi diyako news jhuto ho

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s