Daily Archives: 18/04/2010

नेपालकुवेत साँस्कृतिक मञ्चको साँस्कृतिक प्रस्तुति (अप्रिल २०१०)

१६ अप्रिल २०१० को दिन, नेपालकुवेत साँस्कृतिक मञ्च एवं युनिटी लाईफ जन-जाग्रिती टिमले कुवेतको जिलिब सुवैखमा संयुक्त रुपमा प्रस्तुत गरेको नेपाली साँस्कृतिक कार्यक्रमका केही झलक फोटोमा…  Continue reading

अब नेपालीलाई युगान्डामा काम

काठमाडौं, वैदेशिक रोजगारमा जान चाहने युवाका लागि अब अफ्रिकी मुलुक युगान्डा खुल्ला भएको छ। व्यवसायीले युगान्डाबाट दक्ष कामदारको माग ल्याएपछि सरकारले हालै यो मुलुक रोजगारका लागि खुल्ला गरेको हो। दक्ष कामदारका लागि राम्रो तलब र सुविधा पाइने भएकाले युगान्डा धेरैका लागि आकर्षक हुनेछ। श्रम तथा यातायात व्यवस्था मन्त्रालयका निमित सचिव पूर्णचन्द्र भट्टराईले युगान्डा कामदार पठाउने मुलुकका रुपमा खुल्ला गरेको जानकारी दिए। हामीले केही दिन अघि युगान्डालाई रोजगार गन्तब्यका रुपमा खुल्ला गरेका छौं उनले नागरिकसँग भने यो मुलुक सूचिकरणको निर्णय भइसकेको छ। Continue reading

किन एमाले कार्यालयमा झुण्डिएर आत्महत्या गरे पूर्व झापाली विद्रोहीले?

झापा आफ्नो पार्टी सरकारमा भएको बेला छोरालाई जागिरमा लगाउन काठमाडौं हिँडेका थिए, डिगेन्द्र राजवंशी। आर्थिक अवस्था कतिसम्म नाजुक भने हातमुख जोर्नै मुस्किल थियो। नेताहरुलाई भनसुन गरेर भए पनि जागिरमा लाउनुपर्छ भन्दै दुई महिनाअघि उता (काठमाडौं) जानुभएको थियो एमाले मुख्यालय बल्खुमा शनिबार आत्महत्या गरेका डिगेन्द्र राजवंशीकी पत्नी प्रमिलाले भनिन् तर, यस्तो खबर सुन्नुपर्‍यो। पार्टी कार्यालयमा धाएर नेतालाई आग्रह गर्दा पनि उनले छोराको जागिर पक्का गर्न भने सकेनन्। छोराले जागिर पाउला र पति घर फर्केलान् भन्ने आशामा बसेकी थिइन् प्रमिला। ‘अघिल्लो साँझ मात्रै वैशाख १० गते फर्कने भनेर घरमा फोन आएको थियो उनले भनिन्। Continue reading

गैर आवासीय नेपाली संघ साउदी अरबको भेटघाट कार्यक्रम सम्पन्न

राम श्रेष्ठ, साउदी अरब
 
नयां बर्ष २०६७ को अवसरमा गैर आवासीय नेपाली संघ साउदी अरबले खोवारमा एक भेटघाट कार्यक्रम सम्पन्न गर्यो । गल्फ दरबार रेष्टुरेण्टमा मा आयोजित उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ साउदी अरबका बिभिन्न पदधिकारीहरूका साथै प्रबासी नेपाली सेवा समिति, नेपाली जन प्रगतिशिल मञ्च, लुम्बिनी प्रवासी मञ्च, आदिवासी जनजाति महासंघ, तामांग समाज, प्रवासी किरात एकता संघ, धनकुटा सेवा समिति, क्रिष्टल भिजन प्रा.ली.का प्रतिनिधिहरू, राष्ट्रिय गायक छन्त कार्की, ब्यवसायी तथा समाजसेवी हरी घिमिरेले आ आफ्नो शुभकामना मन्तब्य दिनुभएको थियो । Continue reading

मलेसियामा एक नेपालीको दुर्घटनामा मृत्यु

सुन्दर आले, मलेसिया

ईपोः नेपाल जान दुई महिना मात्र बाकी रहेका फक्तेल-९ तिनघरे पाँचथर निवासी ४२ वर्षका वुद्धवल चेम्जोङको गत ११ तारिख आईतवार होस्टलबाट खाना खाई कम्पनीमा जान बाटो काट्ने क्रममा एक्कासी कारको ठक्करबाट घटना स्थलमै मृत्यु हुन पुगेको छ । आज भन्दा चार वर्ष अगाडि मलेसिया स्थित तासेक आइरन एण्ड स्टिल कम्पनीमा रोजकारीको लागि आएका निज सधै जस्तो विहान ७ वजेबाट वेलुकी १० वजे राँती सम्म काम गर्दै आएको र सो दिन होस्टलमा खाना खाई कम्पनीमा जाने क्रममा वेलुकी ८.३० वजे बाटो काट्ने क्रममा कारले ठक्कर दिदाँ उनको मृत्यु भएको हो । Continue reading

पहिलो पटक मलेसियामा पत्रकारिता तालिम

सुन्दर आले, मलेसिया

मलेसियामा लामो समय देखि पत्रकारिता गर्दै आउनु भएका पत्रकारहरुले गत ११ अपि्रल २०१० को दिन नेपालबाट आउनु भएका नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धरेन्द्र झाको प्रमुख उपस्थितमा क्वालालम्पुर स्थित होटल मलायामा पहिलो पटक पत्रकारिता तालिम लिएका छन् । सम्पर्क शाखा मलेसियाका अध्यक्ष विपिन राईको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा नेपाल दुतावासबाट श्रम सहचारी सुर्य भट्टराई श्रम साप्ताहिकका प्रधान सम्पादक रमेश तुफानको उपस्थित रहेको थियो ।

शुभकामना मतव्य तथा मलेसियामा गरिएको पत्रकारिताको वारेमा उपस्थित अतिथीहरुले प्रस्ट्यानु भएको थियो । Continue reading

एनआरएन मलेसियाको दोस्रो लिडर सिप भेला सम्पन

सुन्दर आले, मलेसिया

नेपालीको लागि नेपाली भन्ने मूल उदेश्य लिएर अगाडि बढेको एनआरएन मलेसियाले गत ११ अप्रिल २०१० को दिन संस्थाका अध्यक्ष शंकर पौडेलको सभापत्विमा तथा नेपाल दुतावास मलेसियाका महामहिम राजदुत डा. ऋषिराज अधिकारीको प्रमुख अतिथ्यमा दोस्रो लिडर सिप कार्यक्रम भव्य सम्पन्न भएको छ ।
 
लगभग १५० भन्दा माथि उपस्थित रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथीमा सालोम चौलारीका Mr. Soon WaI Ming, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धमेन्द्र झा, एनआरएन मलेसियाका आईसिसि सदस्य भिम शेरचन रहनु भएको थियो भने अन्य अतिथी पत्रकार संघसंस्थाका पदाधिकारी तथा एनआरएन मलेसियाका सदस्यहरुको उपस्थित रहेको थियो । Continue reading