होम कार्की
काठमाडौं, वैशाख ४ – साउदी अरबमा सहकर्मीको हत्या गरेको अभियोगमा मृत्युदण्ड तोकिएका दुई नेपाली कामदार मृत्युदण्डबाट भने जोगिएका छन् । वैदेशिक रोजगारीमा साउदी पुगेका रूपलाल बोहरा र विवेक दाहाललाई पीडित परिवारले निजी कानुन प्रयोग गरी माफी दिएपछि उनीहरू मृत्युदण्डबाट जोगिएका हुन् । ‘यहाँ निजी र सार्वजनिक दुई कानुन छन्,’ साउदीको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, ‘पीडितहरूले निजी कानुन प्रयोग गरी बोहरा र दाहाललाई मृत्युदण्डको माफी दिएका छन् ।
बोहराले सहकर्मी फिलिपिनोलाई हत्या गरेका थिए भने दाहालले आफ्नै मामाको छोरा राजेन्द्र बिष्टलाई विष खुवाएर मारेका थिए । फिलोपिनोका परिवारले बोहरासँग ‘ब्लडमनी’ पाउने सर्त र बिष्टको परिवारले ‘ब्लडमनी’ नलिई माफी दिएको प्रथम सचिव दाहालले बताए । फिलोपिनो पीडित परिवारसँग भने सम्झौताचाहिँ भइसकेको छैन । ‘उनीहरूले निजी कानुनअनुसार मृत्युदण्डको सजाय छुट पाए पनि सार्वजनिक कानुनअनुसार भने जेल बस्नुपर्नेछ,’ दाहालले भने, ‘यो तोकिसकेको छैन ।’ साउदीमा हत्या गरेको पुष्टि भएमा ‘शिर छेदन’ गरेर मृत्युदण्ड दिइने कानुन छ । सात वर्षअघि साउदीका एक नागरिकलाई हत्या गरेका एक जना लिम्बू थरका नेपाली कामदारलाई मृत्युदण्ड दिइएको थियो । उनको शिर छेदन गरी नेपालमा शव पठाइएको थियो ।
त्यसपछि हत्याको अभियोग पाएका नेपाली कामदारले मृत्युदण्डबाट भने छुट पाउँदै आएका छन् । दूतावासका अनुसार साउदी नागरिकबाहेक अन्य मुलुकका नागरिकको हत्या भएमा पीडित परिवारले ‘ब्लडमनी’ दिई माफी दिने गरेका छन् । आफन्तबाट माफी पाएका विवेकलाई सहकर्मी सुडानीले भने छाडेका छैनन् । विवेक, आफ्नो आफन्त बिष्ट र सुडानीसँगै भरुभूमिमा उँट गोठालो थिए । ‘उनले उँटसँग यौनक्रिडा गरेका बिष्ट र सुडानीले जानकारी पाएका रहेछन्,’ दाहालले भने, ‘यो कुरा मालिकलाई भनिदिने डरले बिष्टले खाना पकाउँदा बिष हालिदिएछन् । तीनै जनाले विषयुक्त खाना खाएपनि दुई जना भने बाँच्न सफल भए ।’ सुडानीले विवेकसँग ५० हजार रियाल -१० लाख रुपैयाँ) क्षतिपूर्तिको दाबी गरेका छन् । अहिले हत्याको अभियोगमा अरू तीन घटनामा फैसला भने हुन बाँकी छ । साउदीको उत्तरपश्चिम अलजौफ क्षेत्रमा पर्वतका सन्तबहादुर पुन मगर आफ्नै अरेबियन माालिकको हत्या अभियोगमा सात वर्षदेखि साउदीको गुडायत कारागारमा छन् ।
अभियोग पुष्टिपछि मुत्युदण्ड सुनाइए पनि पीडित परिवारको अन्तिम निर्णयलाई अदालतले पर्खेर बसेको छ । मारिएका व्यक्तिको छोरा नाबालक -१५ वर्ष) भएकाले अबको एक वर्षपछि मात्रै यो परिवारले सजाय वा माफीको निर्णय लिन सक्नेछ । गत असोजमा पुरानो रियादमा मारिएका तनहुँका डिलबहादुर श्रेष्ठको हत्यामा संलग्न सहकर्मी नेपाली कामदार कारागारमै छन् । उनको हत्यामा संलग्न भएको अभियोगमा मोरुङका सन्तोषकुमार जमकट्टेलसहित पाँच जना नेपाली कारागारमा छन् । श्रेष्ठ च्यानल परिवर्तन गर्ने निहुँमा सहकर्मीहरूबीच झगडा हुँदा मारिएका थिए । दुई वटा पेप्सी खरिदको विषयमा विवाद हुँदा उत्तम कुँवरले सहकर्मी विष्णु घिमिरेलाई छुरा प्रहार गरी गत भदौमा हत्या गरेका थिए । पीडितहरूका परिवारले माफी दिएमा उनीहरू मृत्युदण्डबाट भने बच्न सक्ने दूतावासले जनाएको छ । यसैगरी पाकिस्तानीबाट मारिएका अम्बरबहादुर गुरुङका परिवारलाई ब्लडमनी दिलाउने विषयमा नेपाली र पाकिस्तानी दूतावासबीच कुराकानी भइरहेको छ । ‘पीडकलाई बाँच्न दिनुपर्छ भन्ने छ,’ उनले भने, ‘यसका लागि दूतावासले पीडित परिवारसँग ब्लडमनीको विषयमा छलफल भइरहेको छ ।
Source: ekantipur














































Thanks Bikram ji good news.
manisa ho katipaya galti ta hun6 huna ta yo sano galtita hoina sake samma 1 patak chance dina uttam hola mrittu danda diyara tyo manisa farkerata aaudainani hoina ra aani tyo kharab byakti sudhrana panita sak6
kina mara mar gareko kunni jabo pepsi ma pani ta marneko laj chhaina ra kina marisa ta tero sathi lai ta pani morada hunchha ni baru ?