बालकृष्ण, कुवेत
ईमेल : kbb_99@yahoo.com
आज अर्कै कुरा लेख्ने जमर्को गरेको छु; हावादारी ।
भन्न त भन्थे कसै कसैले- “हामी नेपालीलाई दुई छाक नखाइ हुँदैन हए जहाँ गए पनि” यो त भयो सुनेको कुरा । तर आज त भयो साँच्चिकै । यो जन्मेदेखि लागेको बानी कसरी छोड्न सकिन्छ वा बदल्न सकिन्छ र ! बिहान ८ देखि १० बजेको बीचमा र बेलुका ७ देखि ९ बजे प्रायः जसो आमनेपालीले खाना खाने समय हो जस्तो लाग्छ मलाई र मेरो पनि । आज मलाई यस्तो लाग्न थालेको छ; यो खाना खाने जुन समय छ त्यो पनि एउटा नशा रहेछ । त्यो समयमा भएन भने छट्पटी हुन्छ । ढीलो भयो भनें भोक नै मरेर जान्छ । जसरी एउटा गाँजा, भाङ्, चरेस खाने मान्छेलाई निश्चित समयमा आवश्यक डोजको आवश्यकता हुन्छ । त्यो भएन भने ऊ बहुलाउन थाल्छ । त्यो पाउनको लागि जे पनि गर्न तयार हुन्छ । तर त्यस्तो साह्रो त होइन होला जस्तो लागेको थियो एकछिन खप्न सक्यो भनें त त्यो भागी हाल्छ नि भन्ने सम्झेको थिएँ । होइन रहेछ । साँच्चकीकै दुःख दियो यो भोकले त !
सारा संसारमा यो भोकभन्दा शक्तिशाली कुनै चीज छैनरहेछ । यसको शक्ति विश्वमा एकछत्र रहेछ । दुनियाँमा यही भोकले मरणासन्न हुने गरी डस्यो । यसैलाई मेट्नको लागि एकले अर्को लाई समाप्त गर् यो । आफ्नो मान्छे पनि भन्दैन भोकले । पराया पनि भन्दैन रहेछ । कुट्न, लुट्न, मार्न सबै थोक गर् यो । आखिरमा यही भोकलाई पूर्ति गर्नको लागि ।
ए ! भोक तँलाई धिक्कार छ । म जस्तो सानोतिनो रोगव्याथा र हावापानीले नछुने मान्छेलाई पनि आज आफ्नो बसमा ल्याइस । म तेरो पछि छु जस्तो लागेको थियो तर होइन रहेछ तँ पो मेरो पछि रहेछस् ! मलाई आज उठ्न नसक्ने बनाइस् हिँड्न नसक्ने बनाइस् । म कमजोर भएको मौका छोपी मलाई छिर्के हानिस् ! तेरो निशाना ठाउँमा नै पर् यो । मौका छोपी तैँले मलाई पछारिस् ! तँ यतिधेरै निष्ठुरी होलास् भन्ने मैले सपनामा पनि चिताएको थिइनँ तर तँ त कायर रहेछस् जावो मेरो भोकको पछि लाग्ने । संसारमा यतिधेरै मानिस छन् तैपनि तँ किन मेरै पछि लागिस् अरु कसैलाई भेट्न सकिनस् । के सबै अघाएर उघ्राएका मात्र रहेछन् कि के हो ?
पखलास ! जब म (तँलाई) भोकलाई पछार्छु नि त्यस समयमा म खुशियालीको गीत गाउने छु, नाच्ने छु, म मद्दहोस हुने गरी सुरापान, मद्यपान गर्नेछु । सारा संसारलाई मेरो खुशीको खबर बाँड्नेछु । त्यस समयमा तँ रीसले आगो हुनेछस् । तेरो मन भित्रभित्रै जल्ने छ । मलाई बदला लिन तँ कम्मर कसेर मेरो पछि लाग्लास् तर सक्नेछैनस् । तँ अवश्य मेरो शरणमा आउनेछस् । मसँग हात जोडेर माफ माग्नेछस् तर म कदापी तँलाई माफ दिनेछैन् कदापि बुझिस ! तैँले मेरो भूँडीमा कुदाएका मुसाको म एक-एक गरेर हिसाब लिनेछु । एक पैसा बाँकी राख्ने छैन । त्यसको लागि यो मेरो प्राण बरु जोखिममा परोस मलाई पर्वाह छैन । जस्तो सुकै जोखिम उठाउन पनि म पछि पर्ने छैन ।
जाबो यो ‘भोक’ यतिधेरै जब्बर होला भन्ने कुरा मैले सोंचेको नै थिइन । यसले मलाई काम गर्नै नसक्ने बनाउला भनेर त झन कसरी चिताउनु र । भोक शक्तिशाली भएपछि त खुट्टा पनि थरथर काम्दा रहेछन् । बसेको ठाउँबाट उठ्न पनि लौराको सहारा चाहिने रहेछ । हुँदाहुँदा आज त बोल्न पनि विस्तारै बोल्नु पर्ने भयो । साह्रो बोल्दा पनि भित्र भूँडीमा मुसा कुदेको आवाज सुन्छन् कि भन्ने डर हुँदो रहेछ । यो कस्तो नौलो चीजले दुःख दियो मलाई । संसारमा कसैले यसका विरुद्धमा किन आवाज उठाउन सकेनन् किन मूकदर्शक भएर बसे । किन खपि मात्रै रहे यस बज्या भोकलाई । अब म यो भोकलाई खप्ने पक्षमा छैन । यससँग म अब लडाइँ गर्नेछु । यसलाई म सधैँका लागि कैद गर्नेछु । संसारका सबै मानिसलाई ‘भोक’ बाट सदाका लागि मुक्ति दिनेछु । यो नै मेरो एक मात्र उद्देश्य हुनेछ ।
मलाई भोकदेखि रिस उठ्दा उठ्दा अब त यही भोक पनि प्रिय लाग्न थालेको छ । यही भोकलाई नै म खाएर अघाउन थालेको छु ।
जय भोक !
जय भूँडी !
जय खवुज !














































owa kasto gajab lekhenu hudo rahecha tapaile ta. nachine pani badai cha tapai lai ra feri feri pani yestai ramro rachana lekhera hami pathak haru lai ananda ko mahasus garaunu hola.
………………
A balkrishna ji,
yesto lekhne manche kina yeti lamo samay pachi matra ni. kamtima pani 1 sata ma auta lekha lekhnu paryo. tapai ko rachana padna hami aatur chaiu hai ta!
……………
biraj, Koriya
sarai ramro lagyo malai yo lekh