कुवेतमा साँस्कृतिक कार्यक्रम भव्यतका साथ सम्पन्न

रगत, वंशज र राष्ट्रियताको नाता जहाँ गएपनी प्रफुष्ट्न भएर रहन्छ । जहाँ अलग सिमाना अंकित गरी, अलग पहिचान स्वरुप- अलग संस्कृतिको बिकास भएको पूर्व इतिहाँसले प्रमाणित गरेका यथार्थ सर्वविदित छन । हामी नेपाली हौं, नेपाल हाम्रो विविध भेष-भूषाहरु, संस्कृति र अनगिन्ती पहिचानहरु सँग सजिएको छ ।

भौगोलिक आधारमा आफ्नो मुलुकबाट जो जती नै धेरै दुरीमा रहनु परेतापनी हामी जहाँ छौं आफ्नो संस्कृति, संस्कार र पहिचानका साथमा छौं । दुरीले प्रेमलाई वितोगान्तमा होइन संयोगान्तमा समायोजन गर्न मूर्तरुप दिने रहेछ भन्ने कुराको परमाणिकरण १६ अप्रिल २०१० को दिन नेपालकुवेत साँस्कृतिक मञ्च र युनिटी लाईफ जन जाग्रिती टिम कुवेतको सामुहिक आयोजनामा प्रस्तुत गरिएको नेपाली साँस्कृतिक कार्यक्रमले प्रष्ट पारीदिएको छ ।

कुवेतको जिलिव सुवैखस्थित इण्डियन इन्टेग्रेटेड स्कुलको प्रांगणमा प्रस्तुत गरिएको उक्त साँस्कृतिक प्रहसनको रसस्वादन गर्न व्यापक कुवेतवासी नेपालीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संयोजक सुजन के. सी. को साथमा  राजन रिमाल, तोयानाथ दाहाल र पुर्णिमा राईबाट सामुहिक रुपमा संचालन गरिएको उक्त कार्यक्रममा नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष श्री मनु मगर ज्यूले स्वागत मन्तव्य दिंदै, अनेकन् कठिनाईहरु सँग संघर्ष गर्दै उक्त साँस्कृतिक कार्यक्रम आयोजना गरिनुको उद्वेश्य बारे प्रकाश पार्नु भयो । अध्यक्ष श्री मगरले यस कार्यक्रमबाट हुन गएको मुनाफा रकमलाई कुवेत नगरीमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा सहभागिता जनाउने हर नेपाली खेलाडिहरुको समस्यालाई ध्यानमा राखी खेलाडी संरक्षण कोषमा जम्मा गरिने र आपत बिपतमा फसेका नेपालीहरुलाई राहत स्वरुप केही रकम उपलब्ध समेत गराईने छ, भनेर खुलस्त पार्नु भयो ।

बि.सं. २०६७ सालको शुभकामना सन्देश आदन प्रदान गर्दै र बिभिन्न प्राविधिक गडबढिका कारणहरु औल्याउँदै शुभमुर्हत भन्दा एक घण्टा ढिलो प्रस्तुत हुन गएको उक्त कार्यक्रमको उद्घाटन कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेल ज्यूको साथमा NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्ग ज्यूले दिप ज्योति प्रज्वलन गरी गर्नु भएको थियो ।

करिब ३ घण्टा लामो कार्यक्रममा कुवेतमा कार्यरत स्थानिय नेपाली कलाकारहरुद्वारा प्रस्तुत गरिएका बिभिन्न किसिमका नेपाली लोक, आधुनिक, पप र रिमिक्स गीतहरु, नृत्यहरु र हाँस्यव्यंगहरु सहितका सबै खाले प्रस्तुतीहरु रोचक नै रहेपनी खासगरी चन्दन लिम्बु, राजेन्द्र बिरही, रत्ना बरालले गाएका गीतहरु र बनमा फुल्यो फूल बोलमा देखाइएको नृत्यलाई सबैले बढी मन पराएको दर्शक दिर्घाबाट आएको उमङ्गले प्रष्ट पारी रहेको थियो । 

यसैगरी आफ्नो कार्य व्यस्तताको बावजुद पनि अहोरात्र खटेर कुवेत भित्रै यस्ता स्तरिय कलाकारहरुको निर्माण गरी दोस्रो प्रस्तुती स्वरुप कार्यक्रम नै दिएर कुवेतवासी नेपालीहरुलाई आफ्नो संस्कृतिको आभाष दिलाउन सफल आयोजक नेपालकुवेत साँस्कृतिक मञ्चलाई हामीले धन्यवाद दिनै पर्छ र सदा उत्तरोत्तर प्रगतिको कामना पनि नगरी रहन सकिंदैन ।

कुवेतनेपाल डट कम परिवार     

2 Responses to कुवेतमा साँस्कृतिक कार्यक्रम भव्यतका साथ सम्पन्न

  1. Hari Krishna Neupane

    Thanks for your kindly information…..thanks for all..

  2. naindra kumar rai

    tapai haruko programme nikkai ramro lagyo but tayahan bhitra jhagada gareko r teslaie controll garna aayojack commitele kunai wasta nagareko ma ali n ramayelo lagyo. kinavane 1 janale garda pura nepaliko prestige ma dhakka pugna sajchha.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s