सगरमाथाको छेउमा चीनको विमानस्थल

काठमाडौं,  सगरमाथाको बेस क्याम्पबाट करिब १ सय किमिको दूरीमा चीनले निर्माण शुरू गरेको विमानस्थल यस वर्षो डिसेम्बरमा सम्पन्न हुने भएको छ। शान्ति विमानस्थल नाम दिइएको उक्त विमानस्थलको निर्माण गत अप्रिलबाट शुरू भएको थियो। सो विमानस्थलको निर्माणसँगै सगरमाथा आरोहीहरूको सगरमाथा पहुँच अझ नजिक हुनेछ भने चीन नेपाल राजमार्गमा पर्ने विमानस्थलले भू-मार्गबाट नेपाल भित्रिने पर्यटकहरूको संख्या पनि वृद्धि हुने अनुमान गरिएको छ।
नेपाल, भारत तथा भुटानसँग सीमा जोडिएको तिब्बतको सिंघास्ते जिल्लामा निर्माणाधीन शान्ति विमानस्थल नेपाल चीन राजमार्गले छुने तिब्बतको दोस्रो ठूलो शहर किगाजमा अवस्थित छ। नेपाल तर्फाट १६ वर्षन्दा मुनिका बालबालिकाले सगरमाथा आरोहण गर्न नपाउने भएपछि अमेरिकन बालक जोर्डन अलेक्जाण्डर रोमेरो चीनतर्फाट सगरमाथा आरोहण गर्न नेपाल आएर प्रक्रिया शुरू गरिसकेका छन्।
रोमेरोले सातवटै महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने क्रममा उनले एसियाबाहेकका अन्य महादेशका शिखरहरू आरोहण गरिसकेका छन्। अर्जेन्टिनामा रहेको २२ हजार ८ सय ४१ फिटको एकोनकाग्वा र अमेरिकाको अलास्कामा रहेको २० हजार ३ सय २० फिटको माउन्ट म्यककिन्ले शिखर उनले ११ वर्षो उमेरमा आरोहण गरेका थिए। उनले १० वर्षै उमेरमा तान्जानियामा रहेको १९ हजार ३ सय २० फिट अग्लो माउन्ट किलिमन्जारो आरोहण गरेका थिए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s