Daily Archives: 13/04/2010

!!नयाँ वर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना !!

This slideshow requires JavaScript.

स्वागत छ नयाँ वर्ष २०६७, तिम्रो कुशल आगमनलाई

ज्ञानेन्द्र गुरुङ्ग, साउदी अरेबिया


 
स्वागत छ नयाँ वर्ष २०६७ तिम्रो कुशल आगमनलाई
समस्त नेपालीजनको ताजा आयम बनि आउने नौलो बिहानीलाई,
प्रभातमा मुस्कान गोधुलिमा सितलताका अनि…
सन्ध्यामा चयनको शुकुला उपहार लिई आउनेलाई
परदेशिको साधुवाद छ तिम्रो कुशल आगमनलाई,

खैर… मेरो जन्मभूमिमा तिम्रो आगमन हुँदा
म टाढा रहि परदेशी भएपनी,
लाली गुराँसहरु फुलेर स्वागतद्वार तिम्रो
सजिई राखेको हुनु पर्दछ
संदेश मैले छाडेको थिएं बनमाला र सुनखरीलाई पनि
शायद फक्रेर लहरी रहेको हुनु पर्दछ !!  Continue reading

नयाँ वर्ष २०६७ को मंगलमय शुभकामना !!

संसारको बिभिन्न भु-भागमा छरपष्टित देशवासी तथा कुवेत नगरीमा पेशारत समस्त हाम्रा पाठक बृन्दहरुमा आम नेपालीहरुको नयाँ साल २०६७ को पावन अवसरमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं कुवेतनेपाल डट कम परिवारको तर्फबाट सु-स्वास्थ्य, दिर्धायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

सगरमाथाको छेउमा चीनको विमानस्थल

काठमाडौं,  सगरमाथाको बेस क्याम्पबाट करिब १ सय किमिको दूरीमा चीनले निर्माण शुरू गरेको विमानस्थल यस वर्षो डिसेम्बरमा सम्पन्न हुने भएको छ। शान्ति विमानस्थल नाम दिइएको उक्त विमानस्थलको निर्माण गत अप्रिलबाट शुरू भएको थियो। सो विमानस्थलको निर्माणसँगै सगरमाथा आरोहीहरूको सगरमाथा पहुँच अझ नजिक हुनेछ भने चीन नेपाल राजमार्गमा पर्ने विमानस्थलले भू-मार्गबाट नेपाल भित्रिने पर्यटकहरूको संख्या पनि वृद्धि हुने अनुमान गरिएको छ। Continue reading

लडाकु पुनस्र्थापना प्याकेजमा विवाद

काठमाडौं,पुनस्र्थापना हुन चाहने लडाकुका लागि तयार पार्न खोजिएको प्याकेज कार्यक्रममा विवाद भएको छ । लडाकुलाई दिइने आर्थिक प्याकेजमा सेना समायोजन प्राविधिक समितिमा विवाद भएको हो तीन वर्षदेखि शिविरमा बस्दै आएका लडाकुमध्ये समायोजन हुन नचाहनेलाई पुनस्र्थापनाका लागि आर्थिक प्याकेज दिन दलहरूबीच सहमति बनेको छ । तर सरकारका पक्षबाट प्रस्तुत प्याकेज प्रस्तावमा माओवादीले असहमति राखेको छ ।
माओवादीका तर्फबाट प्राविधिक समितिमा रहेका जनसेना डेपुटी कमान्डर चन्द्रप्रसाद खनाल बलदेवले प्याकेजबारे छलफल भइरहे पनि सहमतिमा पुग्न नसकेको बताए । राजनीतिक रूपमा विशेष समितिमा छलफल होस् त्यसपछि अरू काम गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो उनले नयाँ पत्रिकासँग भने उहाँहरू -कांग्रेस र एमाले) ले पुनस्र्थापनाको कुरा ल्याउनुभएको छ हामीले प्याकेजमा गरौँ भनेका छौँ । Continue reading

काठमाडौँमा थ्रीडी अवतार

 

दीपेन्द्र लामा-
काठमाडौंमा हलिउडको फिल्म ‘अवतार’ दोस्रोपटक रिलिज भएको छ। तेस्रो आयाम थपेर आएकोले यसलाई दोहोर्‍याउन दर्शकहरू उत्साही बनेका हुन्। जीवनलाई लम्बाइ र चौडाइमात्र होइन गहिराइ वा उचाइमा पनि बुझ्न खोज्ने मान्छेको तिर्खालाई यसले उजागर गरेको छ।
फिल्ममा साउन्डको प्रवेशलाई पहिलो प्राविधिक क्रान्ति मानिन्छ भने दोस्रो क्रान्तिको रूपमा रंगीन फिल्मको सुरुवात भयो र अहिले थ्रीडीलाई तेस्रो क्रान्तिको संज्ञा दिन थालिएको छ। थ्रीडी फिल्मको इतिहास ५० वर्ष भन्दा पुरानो भए पनि जेम्स क्यामरनको ‘अवतार’ले थ्रीडीलाई पहिलोपटक क्रान्तिको रूपमा स्थापित गरिदिएको छ। फिल्मको थिम, कथा र यसैका लागि आविष्कार गरिएको छुट्टै क्यामेराको यो क्रान्तिमा अहम् भूमिका छ। Continue reading

अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीद्वारा नयाँ वर्षको शुभकामना

 काठमाडौँ, चैत ३१ , नेपाली नयाँ वर्षको उपलक्ष्यमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री हिलारी क्लिन्टनले नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन्। क्लिन्टनद्वारा जारी विज्ञप्तिमा नयाँ वर्षमा नेपालको नयाँ संविधान घोषणा हुने आशा पनि व्यक्त गरिएको छ। अंग्रेजीमा जारी वक्तव्यको अन्त्यमा रोमनमा लेखिएको छ- नयाँ वर्षको शुभकामना ! Continue reading

पिसीका पिताको निधन

तपाईं-हाम्रो घरघरमा पुर्याउन ठूलो योगदान पुर्याएका Dr. Henry Edward Roberts सदाका लागि हामिबाट बिदा भएका छन् । The Father of the PC को उपाधि पाएका Edward Altair 8800 का अविष्कारक हुन । Altair विश्वकै पहिलो पिसी हो । यही पिसीबाट नै घरघरमा प्रयोग गर्न सकिने साना आकारका कम्प्युटर विकास सम्भव भएको हो ।
उनी माइक्रोसफ्टका संस्थापकद्वय बिल गेट र पल एलेनका कर्मगुरुसमेत हुन् । कुनै अखबारको पहिलो पृष्ठमा छापिएको Altair को तस्बिर देखेपछि उनीहरुले सो कम्प्युटरलाई आवश्यक पर्ने सफ्टवेयर प्रस्ताव गरेका थिए । Continue reading