गिरिजाप्रसादको अस्तु र सगरमाथा

जाङ्वु शेर्पा, क्यालिफोर्निया

अधिकांशको कीर्ति रेखाको धरोहर सगरमाथा फेरि अस्तु रेखाले चर्चामा छाउने प्रयासमा छन् । अनेकथरी गरे, गरिरहेका छन् तर पनि विचरा सगरमाथा सहिरहेकै छन । प्रसंग हिलारी र गिरिजाबाबुको अस्तुको हो । पेशागत हिसावले म पर्वतारोही त होइन तथापी एक सञ्चारकर्मीको हैसियतले विश्लेषण गर्नुपर्दा सगरमाथामा कसैको अस्तुको बिसर्जनको थलो होइन र दिन हुन्न चाहे हिलारी हुन वा गिरिजा । सदियौंदेखि शेर्पाहरुले सगरमाथालाई मातृदेवको रुपमा पूज्दै आएका छन् । आमाको काखमा कोही जलेर भष्म भइसकेको खरानी छर्कनु भनेको आमाको अस्मितामाथि प्रहार गर्नु हो । गिरिजाको मात्र होइन सर एडमण्ड हिलारीको समेत सगरमाथामा अस्तु छर्कन निषेध गर्नुपर्छ ।

हो, सर हिलारी शेर्पाको निम्ति पिता थिए त्यसलाई सम्पुर्ण आम शेर्पा जातिले दिल खोलेर स्विकारिसकेका छन् । हिलारीलाई जीवितदेखि वर्तमान घडिसम्म सम्मान प्रकट गरिरहेका छन् । उनी प्रतिको सम्मान अर्को ठाउँमा छ । तथापी हिलारीको अस्तुलाई सगरमाथामा बिसर्जन  गर्न नदिंदैमा उनीप्रतिको अपमान कदापी ठहर्ने छैन । यसै मेसोमा केहि मित्रहरुले हिलारीलाई केवल शेर्पा जातिको मात्र ठानें ।  तर मनको आँखाले खुलेर नियाल्ने हो भने सर एडको सहयोग समग्र मुलुकको लागि गरेको छ । गरिरहेको छ । शेर्पा अरु कुनै देशको वासिन्दा र जात होइन ।

कतीले सगरमाथामा अस्तु सेलाए मृतकले शान्ति पाउने भावनात्मक कुरा पनि ओकले । मृत्यू संसारको रित हो त्यसलाई सवैले स्विकार गर्नै पर्छ । जलेर नष्ट भइसकेको खरानीलाई अग्लो शिखरमा पूर्‍याउँदैमा मृतकको आत्माले शान्ति पाउँछै भनेको दिग्भ्रमित मात्रै हो । संसारमा मरिसकेपछिको अवस्थालाई कसैले पूर्नजन्मेर व्याख्या गरेको छैन । कसैले त्यो सोच्छ भने त्यो काल्पानिक सयर हो । खुम्वू नागरिक समाजले गिरिजाको अस्तुलाई रोकेर ठिकै त गरेका छन यद्यपी हिलारीको अस्तुलाई प्रवेश दिएर गिरिजाकोलाई रोके भने त्यो सहि ठहर्ने छैन । एउटालाई काख र अर्कोलाई काख गरेर व्यर्थको बखेडा झेल्नुभन्दा अस्तु आगमनलाई प्रतीवन्ध गरे त्यसले केहि सकरात्मक सन्देश छर्नेछ ।

स्वाभाविक तवरले गिरिजाले पछिल्लो समयमा मुलुकलाई कमसेकम अभिवाभकको अभिभारा वोकेर कमसेकम शान्ति प्रकृयाको मार्गमा डोर्‍याएका छन । कोइरालाको त्यो योगदाप्रति समग्र मुलुकले सलाम ठोकिसकेको छ । महानायकको अस्तुलाई सर्वोच्च शिखरमा छर्कन नदिंदैमा उनको उचाइ घट्छ भन्ने पक्कै होइन । वरु उल्टै पवित्र शिखरलाई दुषित तुल्याउँछ । पछिल्लो समयमा आएर समेत धेरै सगरमाथा आरोहीहरुले अन्तर्वार्तामा भन्दै आएका छन- सगरमाथामा लास माथि टेकेर हिंड्नुपर्छ । सर्वोच्च शिखरलाई अस्तु सेलाउने थलोभन्दा वरु ती लडेका लासहरुलाई पन्छाए, थुप्रिएका मैलाहरुलाई व्यवस्थित गरे त्यसले मुलुकको समग्र पर्यटनको निम्ति फाइदाजनक हुनेछ । आरोहणका क्रममा धेरैको ज्यान सेलाएको सगरमाथालाई अरु थप अस्तुको आवश्यकता छैन ।

व्यवस्थापनलाई बिर्सेर सगरमाथालाई प्रयोग गरेर धेरलै नाम र इनाम पाए । वदलामा सगरमाथाले लास र मैलाको माथा पाए । भोली तिनै हरेक स्वदेशी तथा विदेशीको कीर्तिमानी पर्वतारोही र नेता सबैको अस्तु सगरमाथा बिसर्जन गर्ने परम्परा थाले पछि गएर सगरमाथा अस्तुमाथा हुन बेर लाग्नेछैन यसैले यस्ता कुराको पछि नलाग्दै सबैको हित हुन्छ ।

Source : NP Post

One Response to गिरिजाप्रसादको अस्तु र सगरमाथा

  1. indra bhusal

    i am very much aggreed with you serpa ji

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s