मनधोज कार्की, काठमाडौं
चैत्र २८, नेपाल राष्ट्र बैंकको ५५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्तरविभागीय भलिबल प्रतियोगितामा नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय विजयी भएको छ । शुक्रवार भएको फाइनल खेलमा बैंकिङ कार्यालयले वित्तीय सँस्था सुपरिवेक्षण विभागलाई २५-२१, २५-२० र २५-२२ को सेटमा पराजित गरी विजयी बन्न सफल भएको हो । फाइनल खेलमा विजयी टीमका खेलाडी प्रल्हाद गिरीलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो । विजयी टीम र खेलाडी गिरीलाई राष्ट्र बैंकका कार्यकारी निर्देशक लोकबहादुर खड्काले शील्ड कप सहित बधाई ज्ञापन गर्नुभएको थियो । Continue reading

०९ अप्रिल २०१० शुक्रवारको दिन, बिहानको ८ बजेदेखी कुवेतको अहमादीस्थित हुबारा ग्राउण्डमा नेपाल र अफगानिस्तानबीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१० को फाईनल खेलमा नेपाल, अफगानिस्तानसँग ९५ रनको भारी अन्तरले पराजित भएको छ । टस जितेर फिल्डिङ्ग रोजेको नेपाललाई अफगानिस्तानले पुरै ओभर खेली अल-आउट हुँदै २२४ रन जोड्न सफल भई २२५ रनको चुनौती दिएको थियो ।















































