होमनाथ गिरी, कुवेत
एसिसी एलाइट ट्रफी कुवेत २०१० को म्याचमा नेपाली क्रिकेट खेलाडिहरुले नेपाल र नेपालीको गौरबलाई ध्यानमा राखी सबैको अपेक्षा बमोजिम उच्च स्तरिय खेल प्रदर्शन गरी फाईनल चरणमा पुग्न सफल भएको खुशीमा नेपाली राजदूतावास कुवेतले खेलाडिहरुलाई भव्य दिवाभोजको आयोजना गरी सम्पन्न गरेको छ । कुवेतस्थित बिभिन्न सँघ-संस्थाका अगुवाईहरु एवं स्थानिय पत्रकारहरुको उपस्थितिमा सम्पन्न गरिएको उक्त दिवाभोज कार्यक्रम एसिया एसिया रेष्टुरेण्ट कुवेतको प्रांगणमा गरिएको हो ।
नेपाली खेलाडिहरुको रोचक एवं अपराजित खेल प्रदर्शन प्रति निकै प्रभावित बन्नु भएका कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलज्यूको पहलमा खेलाडिहरुको हौसलालाई अझ बुलन्द र उत्साहपूर्ण पार्दै, फाईनल चरणको म्याचमा अफगानिस्तानको बिरुद्द बिजयी हाँसिल गरी एसिसी एलाइट ट्रफी कुवेत २०१० नै नेपालको पक्षमा पार्न सक्ने माहौल सृजना गराउने उद्देश्यले, यो दिवाभोजको आयोजना गरिएको जानकारी दूतावास श्रोतले दिएको छ ।
नेपालले पहिलो म्याच, ३१ मार्च २०१० को दिन कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा ५० ओभरमा ७ विकेट गुमाई २३६ रन बनाउँदै ११८ रनको भारी अन्तरले हङ्गकङ्गलाई पराजित गरेको थियो, दोस्रो म्याच ०२ अप्रिल २०१० को दिन कुवेतको सोही अहमादीस्थित युनिटी ग्राउण्डमै ओमनलाई ६ विकेटले पराजित गरेको थियो भनें तेस्रो म्याच पनि ०३ अप्रिल २०१० को दिन कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमै सिंगापुरलाई ७ विकेटले पराजित गरी शानदार जित हाँसिल गरेको थियो । यसैगरी चौंथो म्याच ०६ अप्रिल २०१० को दिन कुवेतको अहमादीस्थित हुबारा ग्राउण्डमा कुवेतलाई ८ विकेटले पराजित गरी अझै शानदार जित हाँसिल गर्दै सेमिफाईनलमा प्रवेश गरेको थियो भनें सेमिफाईनल खेल नेपालको लागि निकै चुनौतिपूर्ण रह्यो, तथापी सेमिफाईनलमा पनि ०७ अप्रिल २०१० को दिन कुवेतको अहमादीस्थित हुबारा ग्राउण्डमै मलेसियालाई ८ रनले पराजित गरी नेपाल फाईनल चरणमा प्रवेश गरेको हो । नेपालको फाईनल म्याच ९ अप्रिल २०१० को दिन बिहानको ८ बजेदेखी सोही हुबारा ग्राउण्डमै अफगानिस्तानको बिरुद्द हुनेछ ।
निर्धारित समय भन्दा करिब एक घण्टा ढिलो शुरु भएको उक्त भोजमा उपस्थित अतिथीगणलाई राजदूत स्वयं र दूतावासका दित्तिय सचिव पुष्पराज भट्टराई, कर्मचारी भुवन पौडेलज्यूले स्वागत गर्नु भयो भनें नव नियुक्त कर्मचारी मित्र सिंजाली समेत साथमा हुनु हुन्थ्यो । यसैगरी भोजमा सरिक हुन टिम मेनेजर बिनोद मैनाली, कोच रोयलक डायस, सह-कोच सुरेश पाण्डे, कप्तान पारस खड्का, उप-कप्तान ज्ञानेन्द्र मल्ल, खेलाडिहरु: शरद भेषावकर, महबुब आलम, सन्जम रेग्मी, अनिल मण्डल, महेश क्षेत्री, दिपेन्द्र चौधरी, बसन्त रेग्मी, शक्ति गौचन, राउल विक, विनोद भण्डारी, अमृत भण्डारी, नरेश बुढायर र विनोद दासको उपस्थिती रहेको थियो ।
यसैगरी NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं NRNA कुवेतका उपाध्यक्ष धर्म राज गिरी, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सदस्य केदारनाथ खरेल, होमनाथ गिरी, NRNA कुवेतका महासचिव एवं नेपाली चर्चका पाष्टर अगम बहादुर लिम्बु, NRNA-ICC कुवेतका कोर्डिनेटर राजन कुँवर र पत्रकारहरुमा नेपालकुवेत डटकमका राजन रिमाल, तोयानाथ दाहाल, केदारनाथ खरेल र कुवेतनेपाल डट कमका होम नाथ गिरीको समेत उपस्थिती थियो ।
दिवा भोजका प्रमुख झलकहरु :


















































i like this