कामै नगरी ४ करोड ५८ लाख भुक्तानी

भुक्तानी लिएर ठेकेदार फरार
कैलाली , विश्व बैङ्कको आर्थिक सहयोगमा तीन वर्षअघि निर्माण कार्य सुरु भएको सुखड-भजनी सडकखण्ड ठेकेदारको लापरवाहीका कारण अधुरै छ। कालोपत्रे गर्ने काम सुरु नै नगरी पाँच करोड ५८ लाखको ठेक्का सदर भएको सो सडक निर्माणको चार करोड ६० लाख रकम ठेकेदारले लगिसकेका छन्। सूर्या एन्ड सन्स खडकसिंह ब्रदर्स र सन्तोषी आशिष कन्स्ट्रक्सन जेबीले २०६४ साउन ९ गते सो सडकखण्ड निर्माणका लागि रु. पाँच करोड ५८ लाखमा ठेक्का लिएका थिए। २४ किलोमिटर लामो उक्त सडकखण्ड ०६६ असार मसान्तसम्म सम्पन्न भइसक्नुपर्ने थियो। पैसा भुक्तानी लगेको लामो समयसम्म पनि सडकखण्ड कालोपत्रे नहुँदा स्थानीय बासिन्दा आक्रोशीत भएका छन्।
पूर्व जिविस सदस्य खड्गबहादुर मल्लले ठेकेदारले काम नै नगरी भागेपछि आफूहरू अन्यौलमा परेको बताए। काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्नुमा जिविस पनि दोषी देखिएको उनको भनाइ छ।
स्थानीय बासिन्दाले जिविसका कर्मचारी र ठेकेदारको मिलेमतोमा निर्माण अधुरै रहेको आरोप लगाएका छन्।
जिल्ला विकास समितिले सुखडदेखि बिजुलीयासम्मको १२ किलो मिटरको ठेक्का सूर्या एन्ड सन्स खडकसिंह ब्रदर्शलाई रु. दुई करोड तीनलाख र बिजुलियादेखि भजनीसम्मको १२ किलोमिटरको ठेक्का सन्तोषि आशिष कन्स्ट्रक्सन जेबीलाई रु. तीन करोड छ लाखमा दिएको थियो।
बाटो पिच हुन्छ भन्ने आसमा स्थानीय बासिन्दाले आफ्नो घरसमेत भत्काएको र त्यसको क्षतिपूर्तिसमेत नलिएको बताए।
बस्ने घरसमेत बाटो पक्की हुने आशामा भत्कायौं, तर तीन वर्ष पुगिसक्दा पनि जस्ताको तस्तै छ’-भजनी बजार व्यवस्थापनका अध्यक्ष हर्क बुढाले भने।
स्थानीयवासी मानबहादुर साउदले पनि सडक पक्की हुने आशमा आफ्नो घर भत्काएको बताए। यस सम्बन्धमा जिविसका इन्जिनियर भुवनेश त्रिपाठीले ठेकेदारले काममा इमान्दारिता नदेखाएको स्वीकारे।
इन्जिनियर त्रिपाठीले ०६६ जेठ १ गतेपछि जिविसले ठेकेदारको नाममा १० वटा पत्र काटिसकेको बताए। उनले ठकेदारले चाहे दुई महिनामा काम सकिने बताए। तर यता निर्माण कम्पनीहरूले भने सम्झौतामा बालुवाको पिच गर्नुपर्ने उल्लेख भएको र त्यो प्रविधि देशभरी फेल भएपछि यहाँको पनि काम रोकिएको बताए।
बालुवाको पिच देशको कुनै पनि सडकमा सफल भएको छैन। निर्माण कम्पनीले अलकत्रा र वालुवाको पिच गरे पनि त्यो सफल हुँदैन’-ठकेदार भीमबहादुर ढाँटले भने। रासस

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s