Daily Archives: 08/04/2010

क्रिकेट खेलाडिहरुलाई नेपाली दूतावासद्वारा दिवाभोज

होमनाथ गिरी, कुवेत

एसिसी एलाइट ट्रफी कुवेत २०१० को म्याचमा नेपाली क्रिकेट खेलाडिहरुले नेपाल र नेपालीको गौरबलाई ध्यानमा राखी सबैको अपेक्षा बमोजिम उच्च स्तरिय खेल प्रदर्शन गरी फाईनल चरणमा पुग्न सफल भएको खुशीमा नेपाली राजदूतावास कुवेतले खेलाडिहरुलाई भव्य दिवाभोजको आयोजना गरी सम्पन्न गरेको छ । कुवेतस्थित बिभिन्न सँघ-संस्थाका अगुवाईहरु एवं स्थानिय पत्रकारहरुको उपस्थितिमा सम्पन्न गरिएको उक्त दिवाभोज कार्यक्रम एसिया एसिया रेष्टुरेण्ट कुवेतको प्रांगणमा गरिएको हो । Continue reading

कामै नगरी ४ करोड ५८ लाख भुक्तानी

भुक्तानी लिएर ठेकेदार फरार
कैलाली , विश्व बैङ्कको आर्थिक सहयोगमा तीन वर्षअघि निर्माण कार्य सुरु भएको सुखड-भजनी सडकखण्ड ठेकेदारको लापरवाहीका कारण अधुरै छ। कालोपत्रे गर्ने काम सुरु नै नगरी पाँच करोड ५८ लाखको ठेक्का सदर भएको सो सडक निर्माणको चार करोड ६० लाख रकम ठेकेदारले लगिसकेका छन्। सूर्या एन्ड सन्स खडकसिंह ब्रदर्स र सन्तोषी आशिष कन्स्ट्रक्सन जेबीले २०६४ साउन ९ गते सो सडकखण्ड निर्माणका लागि रु. पाँच करोड ५८ लाखमा ठेक्का लिएका थिए। २४ किलोमिटर लामो उक्त सडकखण्ड ०६६ असार मसान्तसम्म सम्पन्न भइसक्नुपर्ने थियो। पैसा भुक्तानी लगेको लामो समयसम्म पनि सडकखण्ड कालोपत्रे नहुँदा स्थानीय बासिन्दा आक्रोशीत भएका छन्। Continue reading

फोरमले थाल्यो दुई दिने मधेश बन्द

विराटनगर, उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम नेपालले आह्वान गरेको दुई दिने मधेश बन्दले जनजीवन प्रभावित बनेको छ। बन्दको क्रममा यो समाचार तयार पार्दासम्म कुनै अप्रिय घटना भएको छैन।सरकारसित भएको ६ र २२ बूँदे सहमति कार्यान्वयनको माग गर्दै फोरमले मधेश बन्दको आह्वान गरेको हो। बन्दका कारण मधेशका प्रमुख शहर विराटनगर, राजविराज, लहान, जनकपुर र जलेश्वरको बजार बन्द छ। फोरमका कार्यकर्ताहरु विहानैदेखि सडकमा प्रदर्शन गरिरहेका छन्।बन्दको क्रममा अप्रिय स्थिति आउन नदिन सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको छ।

युनिटी लाइफ जापान गठन

काठमाडौं , स्वास्थ्य शिक्षा सुरक्षा रोजगार र समुन्नत नेपालको नारालाई आत्मसाथ गर्दै नयाँ नेपाल निर्माणको अभियानमा जुटी देशका प्रायः सबै जिल्ला र विदेशका ४४ देशमा आफ्नो शाखा कार्यालय स्थापना गरी कार्य गरिरहेको युनिटी लाईफ इन्टरनेशनल लि।ले आफ्नो ४५ औं शाखा जापानमा खोलेको छ । विश्वका विकसित राष्ट्रहरुको सुचीमा रहेको जापानमा व्यवसाय र काम गरि बसेका नेपालीहरुलाई समेटेर युनिटी लाईफ जापान गठन गरिएको हो । Continue reading

मूलबाटोको लुकिङस एपिरेन्स(थिम)बदल्ने बारेमा सूचना !

मूलबाटो डटकम आफ्नो लुकिङस एपिरेन्स(थिम)बदल्ने सोचमा छ।कृपया तपाई पाठकहरु यसमा बिज्ञ वा कस्तो चाहाना राख्नु हुन्छ।कृपया कुनै डिजाईनिङ कम्पनीको नाम सिफारिस र तपाई आफै डिजाईनर हो भने यस्को कोटेसन सहित हामीलाई मेल गरिदिनहन हार्दिक अनुरोधछ-मूलबाटो परिवार