कुबेतमा धर्मराजको धर्म

आर.बी.बुढाथोकी (कुबेत)

नेपाली खेलाडीहरुले यो मिसन पूरा गरेर फिर्ती भएपछि बल्ल हामीले आफ्नो कर्तब्य र धर्म पूरा भएको ठहरिने छ

  धर्मराज गिरी कुबेतबासी नेपालीहरु बीच एक परिचित नाम हो उहाँलाई नचिन्ने कुबेतमा शायद कमै होलान। लामो समयदेखी कुबेतमा पेशारत गिरी जारी एसीसी एलाइट क्रिकेट ट्रफीको दैरानमा  आएर अझ चर्चित हुनु भएको छ। कुबेतमा हुने सामाजिक कृयाकलापमा निकै सक्रिय रुपमा लागि पर्ने ब्यक्ति को होला भन्दा शायद उहाकै नाम अग्र स्थानमा आउछ होला। कुबेतमा लामो समयदेखी सक्रिय रुपमा क्रियाशिल देखिएको खेलकुद सस्था माउन्ट एभरेष्ट स्पोटिङ क्लबको उपाध्यक्ष तथा एनआरएनए  कुबेतका प्रथम उपाध्याक्ष समेत रहनु भएका ,एनाअरएनए कुवेतको प्रतिनिधित्व गर्दै संस्थाको अक्टोवर महिनामामा सम्पन्न चौथो विश्व सम्मेलनमा भाग लिएका एक मात्र कुबेत प्रतिनिधि हुनुहुन्छ। केही समय अगाडी नेपाल कुबेत डट कमद्वारा आयोजित बिशेष कार्यक्रममा उत्कृष्ट समाज सेबीको बिशेष अवार्डद्वारा सम्मानित गिरी निकै हक्की स्वभाबका धनी हुनाले नै उहाँ सबै सँग छिट्टै घुलमिल गर्न सक्नु हुन्छ। उहाँ बिभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी समाल्दै आफ्नो धर्म पूरा गरेको बताउनु हुन्छ। सबै ब्यक्ति तथा सँग सस्थाहरुलाई समन्वयन गरेर हाँक्न सक्ने क्षमताका कारणले नै उहाँलाइ एक निश्पक्ष ब्यक्तिको रुपमा सबैले चिनेका छन।
कुबेतमा जारी एसीसी एलाइट क्रिकेट ट्रफीमा उहाँ निकै सक्रिय रुपमा खटेर लाग्नु भएको छ। कुवेत आईपुगेका नेपाली क्रीकेट टिमलाइ स्वागत गर्न एअरपोर्ट पुग्नु भएका गिरी उनीहरुको सम्पुर्ण गतिबिधिमा निरन्तर रुपमा हिडिरहनु भएको छ। भ्याइ नभ्याइ दौडिएर नेपालीहरुको हरेक गेममा खेलाडीहरुलाई साथ दिन र हौसला बढाउन हरेक दिन मैदानमा पुग्न भएको छ। उहाँ त यो समय यो अर्थमा अझ चर्चित हुनु भयो की कुबेतमा पेशारत सम्पुर्ण नेपालीहरु नेपालको खेल हेर्न  मैदानमा चाहेर पनि पुग्न सकिरहेका छैनन उनीहरुलाई नेपाली खेलाडीहरुले गरेको प्रगती विवरण मिनेट मिनेटमा दिएर एउटा म्यासेन्जरको रुपमा  ठुलो भूमिका खेल्नु भयो। खेल समय अबधीभर उहाँको दुबै फोन ब्यस्त रहन्छन सबैलाई जबाफ दिनमा उहाँ निकै ब्यस्त दिखिनु हुन्छ। तेसो त उहाँ अहीले सम्मको खेलमा कुबेत तथा नेपालको मिडियाहरुमा निकै चर्चित रहनु भयो। नेपाले  सिङापुरलाई जितेर सेमीफाइनलमा प्रबेश गरे पछि नेपाली संचार जगतले कुबेतलाई निकै चसो दिएको छ सो दिन उहाँ नेपाली संचार जगतलाई बेलुका अबेर सम्म जानकारी गराउन ब्यस्त हुनुहुन्थ्यो। उहाँको तस्बिर सहित नेपाली संचार जगतले चासोका साथ समाचार सम्प्रेक्षण गरेका थिए।
   नेपाली खेलाडीहरुलाई उनीहरुको मनोबल अढाउन अन्त्तिम अवस्थासम्म साथ दिने उहाँको अडिक छ। यस्तो मौका कहीले आउछ र नेपाल र नेपालीको नाम रोशन गर्न बिजय यात्राको दैरानमा लागेका यी महान खेलाडीहरुलाई हामीले साथ नदिए अरु कसले दिन्छ काम भनेको बर्सौदेखी गर्दै आएका छौ गरिनै रहने छौ तर यो सुबर्ण मौका फेरी फेरी नआउन सक्छ उहाँको कथन छ। नेपाली खेलाडीहरुले यो मिसन पूरा गरेर फिर्ती भए पछि बल्ल हामीले आफ्नो कर्तब्य र धर्म पूरा भएको ठहरिने छ उहाँले अन्तमा भन्नु भयो। शुभ कामना छ तपाईंलाई हाम्रो पनि सबैको बिचार तपाईंको जस्तै होस।

2 Responses to कुबेतमा धर्मराजको धर्म

  1. bau,kuwait

    he is greart guy,we love him…………….

  2. shivaram khadka

    i am really proud of you mr Dharma raj giri.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s