Daily Archives: 06/04/2010

कुबेतमा धर्मराजको धर्म

आर.बी.बुढाथोकी (कुबेत)

नेपाली खेलाडीहरुले यो मिसन पूरा गरेर फिर्ती भएपछि बल्ल हामीले आफ्नो कर्तब्य र धर्म पूरा भएको ठहरिने छ

  धर्मराज गिरी कुबेतबासी नेपालीहरु बीच एक परिचित नाम हो उहाँलाई नचिन्ने कुबेतमा शायद कमै होलान। लामो समयदेखी कुबेतमा पेशारत गिरी जारी एसीसी एलाइट क्रिकेट ट्रफीको दैरानमा  आएर अझ चर्चित हुनु भएको छ। कुबेतमा हुने सामाजिक कृयाकलापमा निकै सक्रिय रुपमा लागि पर्ने ब्यक्ति को होला भन्दा शायद उहाकै नाम अग्र स्थानमा आउछ होला। कुबेतमा लामो समयदेखी सक्रिय रुपमा क्रियाशिल देखिएको खेलकुद सस्था माउन्ट एभरेष्ट स्पोटिङ क्लबको उपाध्यक्ष तथा एनआरएनए  कुबेतका प्रथम उपाध्याक्ष समेत रहनु भएका ,एनाअरएनए कुवेतको प्रतिनिधित्व गर्दै संस्थाको अक्टोवर महिनामामा सम्पन्न चौथो विश्व सम्मेलनमा भाग लिएका एक मात्र कुबेत प्रतिनिधि हुनुहुन्छ। Continue reading

कुवेतको बिरुद्द नेपाल ८ विकेटले बिजयी, एसिसि एलाइट ट्रफी कुवेत २०१० मा नेपालको चौंथो जित

जय आले, कुवेत

०६ अप्रिल २०१० को दिन, बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित हुबारा ग्राउण्डमा नेपाल र कुवेतबीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१० मा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरी शानदार जित हाँसिल गरेको छ । टस जितेर फिल्डिङ्ग रोजेको नेपाल माथि कुवेतले ४२ ओभरमा केबल १२० रन जोडी अल आउट भएको थियो । जसमा नेपाली खेलाडी सन्जम रेग्मीले सर्वाधिक ४ विकेट, बिनोद दासले ३ विकेट, महबुब आलमले २ विकेट र पारस खड्काले १ विकेट लिएका थिए ।

यसैगरी नेपाली पक्षबाट १२१ रनको लक्षलाई पछ्याउँदै २६.४ ओभरमा २ विकेट गुमाउँदै आफ्नो लक्ष पुरा गरेको छ । जसमा महेश क्षेत्रीले ६३ रन, अनिल मण्डलले ३३ रन, शक्ती गौचनले १४ रन (नट आउट) र ज्ञानेन्द्र मल्लले ३ रन (नट आउट) जोड्न सफल भए भनें आजको खेलको मेन अफ द म्याच सन्जम रेग्मी चुनिएका छन । यसैगरी रेग्मीलाई मेन अफ द म्याचको उपाधी कुवेतका लागि नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलज्यूले हस्तान्तरण गर्नु भयो । Continue reading

कुवेतको बिरुद्द नेपाल ८ विकेटले बिजयी, ACC Elite Trophy 2010 !!! Live Update from Kuwait !!!

 

कुवेतको बिरुद्द नेपाल ८ विकेटले बिजयी 

नेपालको लागि सर्वाधिक ४ विकेट लिन सफल सन्जम रेग्मी आजका मेन अफ द म्याच चुनिए, नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलज्यूद्वारा सन्जमलाई मेन अफ द म्याचको ट्रफी हस्तान्तरण ।   

LIVE UPDATE : Dharma Giri / Hom Giri / Raju Gurung – Hubara Ground, Kuwait

नेपाल जित तर्फ:

 1. अनिल मण्डल आउट, शक्ती क्रिजमा

2. महेश आउट, ज्ञानेन्द्र क्रिजमा

म्याच शुरु (12.00 p.m.), नेपाली टिमका ब्याट्स मेन Gyanendra र शक्ती ब्याटिङ्ग गर्दै,

For recent update keep refreshing your web page.

Score Board

    Run - 121 (NEPAL WIN)                                                         Run – 120

    Wicket - 2                                                                                  Wicket – All Out

    Over - 28                                                                                    Over - 43

 

कुवेतको ब्याटिङ्ग सकिएको छ । ४३ ओभर खेलेर १२० रन बनाइ कुवेत अल-आउट हुँदै नेपाललाई १२१ रनको चुनौती दिएको छ । नेपालको ब्याटिङ्ग आधा घण्टाको लन्चब्रेक पछाडि शुरु हुनेछ ।

०६ अप्रिल २०१० बिहानको ९ बजेदेखी कुवेतको अहमादीस्थित हुबारा ग्राउण्डमा नेपाल र कुवेतबीचको एसिसि एलाइट ट्रफी कुवेत २०१० क्रिकेट म्याचमा नेपालले टस जितेर फिल्डिङ्ग र कुवेतले ब्याटिङ्ग गर्दै,

2 Wicket taken by Mahabub

3 Wicket taken by Binod

1 Wicket taken by Paras

4 Wicket taken by Sanjam

 

एकैपटक अदालत, सदन र सडकबाट सरकारलाई घेराबन्दीमा पार्ने माओवादी नीति, अब के होला नेपालमा ? एमाले काङ्रेस जाग्ने कहिले ??

सत्ताका लागि माओवादीले ल्याएको विद्रोह र कब्जाको रणनीति उसकै लागि प्रत्युत्पादक हुने भएको छ। भारतको सहयोगबिना सरकार बनाउन दुई महिनादेखि गृहकार्यमा जुटेको माओवादीले एकैपटक अदालत, सदन र सडकबाट सरकारलाई घेराबन्दीमा पार्ने नीति लिए पनि उपेन्द्र यादवले…
नेतृत्व गरेको फोरमबाहेक कुनै पनि साना दलले सहयोग नगर्ने भएका छन्। तर आगामी जेठ १४ गते संविधान आउन नसक्ने स्थिति देखिएका कारण माओवादी, पूर्वराजा ज्ञानेन्द्र शाह, नेपाली सेना, राष्ट्रपति र मन्त्रिपरिषद्ले आ–आफ्नो स्थिति अनुकूलको योजना बनाएका कारण तेस्रो पक्षले हस्तक्षेप गर्नसक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। Continue reading

संचारकर्मी र कलमकर्मीहरुद्धारा प्रसंशनीय कार्यको शुरुवात

रामकुमार श्रेष्ठ

हामी नेपाली भनेर त्यस बेलासम्म भन्न पाउनेछौं जुन बेलासम्म नेपाल एउटा स्वाभिमान देशको रुपमा रहिरहन्छ । नेपालको अस्तित्व समाप्त भएको खण्डमा हामी नेपाली भन्ने अबसरबाट बन्चित हुनेछौं । कुनै पनि देशको सरकारको एउटा प्रमुख कार्य भनेकै राष्ट्रियताको संरक्षण गर्नु र देशभित्र शान्ति अमन चयन कायम गर्नु हो । संक्रमण काल भएको कारण शान्ति सुरक्षाको सवालमा लचकता देखाउन सकिन्छ सरकारद्धारा  उद्धेस्य प्राप्त गर्न नसकेको खण्डमा, तर राष्ट्रियताको सवालमा सबैभन्दा पहिला सरकार बोल्नै पर्ने हुन्छ । Continue reading

स्वर्ग बंक

अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ। माथि हेर्दा आँखा तिर्मिराउने भर्‍याङको आठसय छप्पन्न खुट्किलामाथि छु। हिँड्दा खुट्किला गन्ने बानी पनि राम्रै हो, कम्तीमा उक्लिएका खुटि्कला त याद रहे। पिडौला बेस्मारी गलेका छन्। आँत सुकेको छ।

हिँडेको हिँड्यै छु।

सिढीमा कनी-कनी उक्लिरहेका बुढाहरू पनि भेटिन्छन्। ती मुन्टो निहुराउँदै हिँड्छन्। कुन्नि कुन देशबाट आका हुन्, भाषा पनि बुझिन्न। Continue reading