कामदारको अवस्था बुझ्न सरकारी टोली आज कतार जाँदै

कतारमा रहेका नेपाली कामदारहरूको अवस्थाबारे बुझ्न श्रम तथा यातायात व्यवस्था मन्त्रीसहितको टोली आइतबार कतार जाने भएको छ । कामदारहरू करार अवधिभन्दा अगाडि नै फर्किएर आउने र अलपत्र पर्ने घटना हँुदै आएकाले भ्रमण टोली कतार जान लागेको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । कतारमा करिब ५ लाख नेपाली कामदारहरू कार्यरत रहेका छन् । कतारस्थित नेपाली दूतावासको आग्रहमा त्यहाँको सरकारले गत फागुन २० गते नेपाली कामदारको तलब वृद्धि गर्ने निर्णय गरेको छ । कतार सरकारले श्रमबजारको आवश्यकता, माग र नेपाली जनशक्तिको आपूर्तिको आधारमा भन्दै नेपाली कामदारको तलब वृद्धि गरेको हो । 

वृद्धिपछि अदक्ष कामदारलाई १६ हजार नेपाली रुपैयाँ, अर्धदक्षलाई २६ देखि ३६ हजार रुपैयाँ र दक्ष कामदारलाई ७५ हजार रुपैयाँ न्यूनतम तलब तोकिएको छ । वृद्धि भएअनुसार रोजगारदाताले नेपाली कामदारलाई तलब, भत्ता र सुविधा दिए–नदिएको बारेमा बुझ्न मन्त्रीसहितको टोली कतार जान लागेको मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले जानकारी दिए । भ्रमण टोलीमा मन्त्री मोहम्मद अफताव अलाम, प्रवक्ता भट्टराई, वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटा, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकाटा रहेका छन् ।

भ्रमण टोलीले त्यहाँ रहेका श्रम सहचारीले सरकारले तोकेअनुसारको काम गरे–नगरेको विषयमा पनि अनुगमन गर्ने भएको छ । त्यसैगरी सम्बन्धित देशका राजदूतावासले पनि वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हकहितका सम्बन्धमा कसरी प्रभावकारी रूपमा काम गर्न सक्छन् भन्ने विषयमा पनि छलफल गरिने प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनका अनुसार भ्रमण टोलीले कतारका श्रममन्त्रीसँग पनि भेट गर्नेछ भने त्यहाँ रहेका कामदारसँग अन्तत्र्रिmया गरी समस्याको पहिचान गर्नेछ । भ्रमण अवधि ३ दिनको रहने मन्त्रालयले जनाएको छ ।

दुई महिनाअगाडि मन्त्रालयले वैदेशिक रोजगारको गन्तव्य साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुबेत र मलेसियाका राजदूतलाई समयअनुसार तलब बढाउनुपर्ने अवस्था भए–नभएको भन्नेबारेमा जानकारी लिन पत्राचार गरेको थियो । पत्रको जवाफ अहिलेसम्म नआएको प्रवक्ता भट्टराईले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s