यो राहदानी सर्वसाधारणको पहुँच बाहिर -
काठमाडौं, चैत २३, अति आवश्यक परेकालाई परराष्ट्र मन्त्रालयले तत्कालकै राहदानी उपलव्ध गराउने भएको छ । मेसिन रिडेवल पासपोर्ट (एमआरपी) जारी नभएसम्मका लागि यस्तो राहदानी उपलव्ध गराउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार यसरी उपलव्ध हुने राहदानीमा नन मेसिन रिडेवल पासपोर्ट लेखिएको छाप लगाएर दिइने छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको प्रावधान अनुसार विदेश जानेले मेसिन रिडेवल राहदानीमात्र प्रयोग गर्नुपर्नेछ । नेपालमा तत्काल एमआरपी उपलव्ध नभएकाले पुरानै राहदानी जारी गरिने भएको हो । Continue reading
काठमाडौं, नेपालबारे सुनेका थियौं। प्रत्यक्ष हेर्दा र अनुभव लिँदा साह्रै आनन्द महसुस गर्यौं लन्डनबाट पर्यटक ओज-बस चढेर डेढ महिनामा काठमाडौं आएकी लाना हेमिल्टनले भनिन्। नेपाल यात्राको अन्तिम दिन आइतबार उनीसँगै आएका पर्यटकहरूले यहाँको शान्त वातावरण,पर्यटकीय गन्तव्य र साहसिक पर्यटन गतिविधिबाट एउटा नौलो संसारमा आएजस्तो अनुभव सुनाए। ‘नेपालीको हँसिलो अनुहार र मन छुने आतिथ्यबाट झनै प्रभावित छौं उनीहरुले भने। 














































