Daily Archives: 02/04/2010

एसिसि एलाइट ट्रफी कुवेत २०१० मा नेपालसँग ओमन पराजित

न्यूज अपडेट, 22.00 p.m.

हामीलाई भर्खरै प्राप्त सूचना अनुसार ०३ अप्रिल २०१० को दिन हुने नेपाल र सिंगापुर बीचको म्याच फिक्सचर्स अनुसार कुवेतको दोहास्थित केईसि ग्राउण्डमा हुने भनिएपनि समितिले उक्त फिक्सचर्समा फेरवदल गरी नेपाल र सिंगापुरको म्याच सोही अहमादीस्थित युनिटी ग्राउण्डमै हुने जानकारी गराएको छ । 

०२ अप्रिल २०१० को दिन, बिहानको ८ बजेदेखी कुवेतको अहमादी स्थित युनिटी ग्राउण्डमा नेपाल र ओमन बीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१० मा नेपालले ओमन लाई ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ्ग गरेको ओमनले ५० ओवरमा ९ विकेट गुमाउदै १६९ बनाई नेपाललाई १७० रनको लक्ष्य दिएको थियो । जसमा नेपाली खेलाडी शक्ती गौचनले २ विकेट, राहुल विश्वकर्माले ३ विकेट, अमृत भट्टराईले १ विकेट, महबुब आलमले १ विकेट र सन्जम रेग्मीले १ विकेट लिएका थिए भनें एक ओमनी खेलाडी सुल्तान रन आउट भएका थिए । Continue reading

नेपालले ओमनलाई ६ विकेटले हरायो

Live Cricket Update “Nepal Vs Oman” From Unity Ground Kuwait

नेपाली टिमका ब्याट्स मेन  Sarad & Dipendra ब्याटिङ्ग गर्दै (Time: 2.10 p.m.), NEPAL MATCH WIN

 

Score Board

 

               Run        -  171                                                                                Run      - 169

              Wicket  -4                                                                                        Wicket -9

              Overs    -38                                                                                      Overs   - 50

Target for Nepal is 170

News in brief:

3 wicket taken by Rahul

2 wicket taken by Shakti

1 wicket taken by Amrit

1 wicket taken by Mehboob

1 wicket taken by Sanjam

1 player run out (Sultan)

नेपालीको बिजय लक्ष्य १७० रहेको छ । के भन्छन त नेपाली टिमका टिम कप्तान पारस खड्का, अबको खेलको रणनीति बारे….

ओमन पनि एउटा सशक्त टिम हो तर पनि हामीहरुको ब्याट्स मेनहरुले स्ट्रिक ब्याटिङ्ग र हतार नगरि खेलेको खण्डमा जित हाम्रो पक्षमा हुने कुरामा म आशावादी छु । 

For most recent update pls keep refreshing your web page.

टस जितेर ब्याटिङ्ग गरेको ओमनले ५० ओभरमा ९ विकेट गुमाइ, १६९ रन बनाइ नेपालललाई १७० रनको लक्ष्य दिएको छ । अब नेपालको ब्याटिङ्ग केही समय पश्चात नै हुन गई रहेको छ । नयाँ अपडेटको लागि कृपया रिफ्रेश गर्दै गर्नु होला ।   

०२ अप्रिल २०१० बिहानको ८ बजेदेखी कुवेतको अहमादीस्थित युनिटी ग्राउण्डमा नेपाल र ओमनबीच भएको एसिसि एलाइट ट्रफी कुवेत २०१०, क्रिकेट म्याचमा ओमनले टस जितेर ब्याटिङ्ग गर्दै, 

ब्यापक कुवेतवासी नेपालीहरुको उपस्थिति रहेको कुवेतको युनाईटी ग्राउण्डमा नेपाल र ओमानबिचको खेल हेर्न नेपाली राजदुत श्री मधुवन प्रसाद पौडेल, NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्ग साथै Mount Everest Sporting Club (Kathmandu, Kuwait) का अध्यक्ष श्री किरण पौड्याल समेतको उपस्थिती रहेको छ ।

विद्युत् महसुल नबढ्ने

काठमाडौं,  नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल बढाउने प्रस्ताव पूर्ण नभएको भन्दै महसुल निर्धारण आयोगले फिर्ता पठाएको छ। आयोगको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गृहकार्य नगरी हचुवाको भरमा एकतर्फी रूपमा महसुल वृद्धिको मात्र प्रस्ताव ल्याएको कारण देखाउँदै सो प्रस्ताव फिर्ता पठाएको हो। प्राधिकरणले नौ वर्षपछि न्यूनतम २० देखि ३० प्रतिशतसम्म विद्युत् महसुल बढाउने प्रस्ताव गरेको थियो। आयोगले विद्युत् महसुल प्रस्ताव फिर्ता पठाएपछि प्राधिकरणको महसुल वृद्धि गर्ने योजना संकटमा परेको छ। विद्युत् महसुल बढाउने-नबढाउने अधिकार आयोगसँग मात्र छ। प्राधिकरणले पहिला गरेको प्रतिबद्धता कुनै पनि पूरा नगरेकाले आयोगको सञ्चालक समितिको बैठकले फिर्ता पठाएको आयोग अध्यक्ष एवम् पूर्वसचिव महेन्द्रनाथ अर्यालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। महसुल वृद्धिपछि प्राधिकरणको वित्तीय अवस्था कस्तो हुने, विद्युत् चुहावट नियन्त्रणमा भएको प्रगति, सरकारी कार्यालय तथा सडकबत्तीबाट उठ्नुपर्ने महसुल, संस्थागत सुधारको विवरण प्रस्तावमा उल्लेख नगरी केवल महसुल वृद्धिको मात्र प्रस्ताव गरेकाले आयोगको पूर्ण बैठकले नियमावली र प्रक्रिया पूरा गरेर मात्र पुनः प्रस्ताव पेस गर्न निर्देशन दिई फिर्ता पठाइएको उहाँले स्पष्ट पार्नुभयो। यसअघि प्राधिकरणले चुहावट घटाएर १९ प्रतिशतमा झार्ने, संस्थाको पुनःसंरचना गर्ने, बक्यौता महसुल असुल गर्नेजस्ता प्रतिबद्धता पूरा नगरेकाले महसुल वृद्धि गर्न गाह्रो पर्ने अर्यालले बताउनुभयो। ‘मैले मात्र बढाएर हुँदैन, सञ्चालक समितिमा सबै विज्ञ भएकाले सुधार नगरी महसुल वृद्धि गर्न गाह्रो पर्नेछ’ -अर्यालले भन्नुभयो।

 

 

 

गिरिजाबाबुसँगका अविस्मरणीय क्षण

नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाले ७ चैत ०६६ का दिन हामी सबैलाई अभिभावकविहीन बनाएर आफ्नो भैतिक शरीरलाई चिरनिद्रामा लीन गराउनुभयो । उहाँको निधनले नयाँ संविधान निर्माण र शान्ति-प्रक्रिया धरापमा परेको छ । किन पनि शान्ति-प्रक्रिया धरापमा परेको छ भने कोइरालाजस्तो तुरुन्तै निर्णय लिनसक्ने र सबैले पत्याएको, पाको, भरपर्दो र सर्वमान्य नेता अहिलेको अवस्थामा देखिएका छैनन् । सधैँ पूरा राजनीति मात्र गर्ने कोइरालाजस्तो आत्मविश्वास भएको व्यक्ति कमै हुन्छन् । सिंगो जीवन नै राजनीतिमा समर्पित गर्नुभएका कोइरालाले अन्तिम क्षणसम्म पनि राजनीति गर्न छोड्नुभएन । शान्ति, सहमति र सहकार्यका प्रणेता कोइरालाले अन्तिम सास पनि सायद सहमति, सहकार्य र एकताकै लागि लिनुभयो होला । ‘म जे भन्छु, त्यो गर्छु र जे गर्छु त्यो मात्र भन्छु’ भन्ने निडर र संविधानसभाको सबभन्दा परिपक्व र जेठो नेताको अभाव भएकाले कोइरालाका विषयमा यी तर्कवितर्क गरिएका हुन् । एउटै बाबुका तीन छोरा प्रधानमन्त्री बनाउने ऐतिहासिक व्यक्तित्व कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा पुत्रका रूपमा विसं. १९८१ मा गिरिजाप्रसाद कोइरालाको जन्म भएको हो । धन्य कृष्णप्रसाद कोइराला ! तिमीले मातृका, बिपी र जिपीजस्ता तिनै छोरालाई यस देशका प्रधानमन्त्री बनायौ । बिपी र जिपी दुवै सबैका साझा नेता भए । पटकपटक गरी ६ पटक प्रधानमन्त्री, तीनपटक कांग्रेस सभापति, ०६२/०६३ को जनआन्दोलनपछिको संक्रमणकालीन अवस्थामा राष्ट्रप्रमुखको कार्यभारसमेत सम्हालेका नेपाली राजनीतिका सर्वमान्य व्यक्तित्व कोइरालाले आफ्नो जीवनकालमा धेरै उतारचढाब बेहोरेका थिए । ०३४ सालमै कांग्रेसका महामन्त्री भएका कोइराला राजनीतिक जीवनमा कुनै वेला सगरमाथाको शिखरमा हुन्थे भने कुनै वेला फेदमा । Continue reading

बैंकहरूलाई २५ अर्ब पुनर्कर्जा दिइने

काठमाडौं, चैत २०- बैंकिङ क्षेत्रमा तरलताको अभाव हटाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको असल कर्जाको धितोमा करिब २५ अर्ब रुपैयाँ पुनर्कर्जा दिने निर्णय गरेको छ। राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाले असल कर्जाको ८० प्रतिशतसम्म पुनर्कर्जा पाउनेछन्। बैंकहरूले व्यक्ति तथा संस्थालाई दिएको कर्जाको सावाँव्याज समयमै उठेका ऋण धितो राखेर राष्ट्र बैंकबाट यस्तो सुविधा पाउने छन्। बैंकहरूले प्रवाह गरेको कर्जामा राष्ट्र बैंकले रकम दिने निर्णय गरेको यो पहिलोपटक हो। अहिलेसम्म निर्यातका लागि बाहेक ऋणपत्रको धितोमा बैंक तथा वित्तीय संस्थाले राष्ट्रबैंकबाट कर्जा लिँदै आएका थिए। यो पुनर्कर्जा ६ महिनाका लागि हुनेछ। ६ महिनापछि फेरि अर्को असल कर्जाको धितोमा बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जा लिन पाउने व्यवस्था गरिएको छ। यो पुनर्कर्जामा राष्ट्र बैंकले साढे ७ प्रतिशत ब्याज लिनेछ। बैंक तथा वित्तीय संस्थाले साढे १० प्रतिशतमात्र ब्याज लिन पाउनेछन्। उच्च ब्याजदरको मारमा परेको उत्पादनमूलक क्षेत्रलाई राहत मिलेको छ।तीन महिनाभन्दा कम अवधिमा ब्याज र सावाँ उठेको कर्जाका लागि पुनर्कर्जा दिने व्यवस्था गरिएको छ। पुनर्कर्जा पर्यटन, जलविद्युत, निर्यात, कृषि, साना तथा मझौला उद्योग र अन्य उत्पादनमूलक क्षेत्रमा दिन पाउने व्यवस्था छ।
राष्ट्र बैंकले प्राथमिक पुँजीको ४० प्रतिशत ननाघ्ने गरी यस्तो कर्जा दिनेछ। Continue reading

स्वीकृति सेनामा भर्ती प्रक्रिया सुचारु गर्न सरकारको

केही दिन मै विज्ञापन हुने-
काठमाडौं, सरकारले नेपाली सेनाको एक वर्षदेखि अवरूद्ध भर्ना प्रक्रिया सुचारू गर्न स्वीकृत दिएको छ। सेनाको प्राविधिक क्षेत्रका अधिकृत तथा पदीक तहमा रिक्त रहेका दुई सयको संख्या भर्ना लिन सरकारले जंगीअड्डालाई अनुमति दिएको हो।जंगीअड्डाले हप्ता दिनभित्रै उक्त पदमा विज्ञापन गर्ने तयारी गरेको छ। फागुन २७ गते सेनाले रक्षा मन्त्रालयसँग तीन हजारजति अधिकृत र पदिकको खुला प्रतिष्पर्धाद्वारा भर्ना खुलाउन नीतिगत स्वीकृति मागेको थियो।  Continue reading