काठमाडौं , मुलुकका बिभिन्न भागबाट मे दिवस र त्यसपछिको आन्दोलनको लागि भनेर माओवादी कार्यकर्ताहरु ओइरिन थालेपछि राजधानीबासीमा त्रास बढेको छ । व्यवसायीले शुक्रबार दिउँसोदेखि नै व्यापार व्यवसाय बन्द गरेका छन् । माओवादी कार्यकर्ताहरु सडकमा नारा लगाएर शनिबारदेखिको सुरु हुने आन्दोलनको तयारी गरिरहेका छन् भने स्थानीयहरु आफ्नो व्यापार व्यवसाय बन्द गरेर घर भित्र बस्न थालेका छन् । बिहानैदेखि जवरजस्ती चन्दा मागेको भनेर बन्द हुन थालेको न्यूरोड, बागबजार, असन, इन्द्रचोकलगायतका स्थान दिउँसोदेखि बिस्तारै मानिसहरुको आवगमनमासमेत कमी हुन थालेको छ । ‘अहिलेसम्म त चन्दा माग्न आएका छैनन् त्यसैले पसल खोली रहेको छु’ महाबौद्धमा पसल खोलेर व्यापार गरिरहेका एक पसले भन्छन्, ‘माग्न आयो भने अरु साथीभाइसँग सरसल्लाह गरेर बन्द गर्ने की खोल्ने निर्णय गरौंला ।’ तर, उनले शनिबारदेखि भने पसल नखोल्ने योजना बनााएको सुनाए । ‘कहाँ जानु घरमै बस्ने’ उनले भन्छन् । Continue reading




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,493,302 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Clinton accuses Russia over SyriaRussian policy on Syria is going to contribute to a civil war, the US secretary of state says, as the UN warns of a looming "catastrophic" conflict there.
- Interpol hunt 'killer' porn actorCanadian police say a 29-year-old porn actor wanted in connection with a gruesome murder in Montreal may have fled North America.
- Splashdown for Dragon spacecraftThe American SpaceX company completes a historic first mission to the International Space Station by a privately operated vehicle.
- Al-Shabab lose major Somali townAfrican Union and government forces in Somalia capture the southern town of Afmadow, an important strategic base for al-Shabab militants.
- Ukraine downplays football racismUkraine's President Viktor Yanukovych denies that racist hooliganism will be a problem during this year's Euro 2012 matches in his country.
- Israel returns Palestinian bodiesIsrael hands over to the Palestinian Authority the remains of 91 Palestinians who died carrying out attacks against Israel.
- Breivik took stimulants - expertAnders Behring Breivik took stimulants before he launched attacks in Norway which left 77 people dead, his trial in Oslo hears.
- Eurozone set-up 'unsustainable'European Central Bank president Mario Draghi says eurozone leaders must take action as the current set-up of the bloc is "unsustainable".
- Egypt state of emergency to endEgypt's state of emergency, which gave extensive powers to the authorities, is due to expire at midnight, after 31 years in force.
- German man 'killed in Nigeria'A German engineer abducted in January by gunmen in Kano in northern Nigeria has been killed in a failed rescue bid, security sources say.
- Clinton accuses Russia over Syria

भुटान (थिम्पु), प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारलाई पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता भारतीय पक्षबाट व्यक्त गरिएको बताउनुभएको छ ।दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १६औँ शिखर सम्मेलनमा भाग लिन यहाँ आउनुभएका प्रधानमन्त्री नेपालले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग बिहीबार बिहानको भेटपछि पत्रकारहरूलाई सो कुरा बताउनुभएको हो । उहाँले नेपालमा पनि केही राजनीतिक पार्टीबाहेक सबै पार्टीको समर्थनप्राप्त आˆनो नेतृत्वमा गठित वर्तमान सरकारलाई भारत र अन्तर्राष्ट्रियजगत्को समेत सहयोग र समर्थन जारी रहने भारतीय प्रधानमन्त्री डा. सिंहले विश्वास दिलाउनुभएको स्पष्ट गर्नुभयो । भेटमा आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका समयमा भएका सहमति र सम्झौताको कार्यान्वयन प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने विषयमा समीक्षा भएको बताउँदै प्रधानमन्त्री नेपालले भन्नुभयो, “सौहार्दपूर्ण वातावरणमा भएको छलफलबाट दुई मुलुकको सम्बन्ध अझ सुमधुर बनाउन मद्दत पुगेको विश्वास मैले लिएको छु ।”
कृषिराज्यमन्त्री करिमा बेगमको कुटाइ खाएका पर्सा जिल्लाका तत्कालीन सिडिओ दुर्गाप्रसाद भण्डारीको एक दिनको डायरी “करिमाले ‘तिमीले मलाई हेपेर पुरानो गाडी पठाएको ? मन्त्रीलाई हेप्ने तिमी को ?’ भन्दै झम्टिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरो कठालोमा समातेर चार/पाँच झापड हानिहालिन् । मेरो चस्मा फुट्यो । आँखामा सामान्य चोट पनि लाग्यो ।” २०६६ कात्तिक २४ संस्कृतिमन्त्री मिनेन्द्र रिजाल र भौतिक योजना तथा निर्माण राज्यमन्त्री करिमा बेगम पर्सा जिल्ला आउँदै थिए । एकैदिन दुईजना मन्त्री जिल्ला आइपुग्दा सुरक्षा व्यवस्थालगायत अन्य व्यवस्थापनमा ध्यान दिनुपर्ने थियो । त्यसैले अरू दिनभन्दा अलि बढी कामको बोझ थियो । मन्त्रीहरू जिल्ला आउने भएपछि सधैँ यस्तै हुन्छ । राज्यमन्त्री करिमा बेगम आउने जानकारी अघिल्लो दिनै उनका निजी सचिवले दिएका थिए ।
गण्डकी अञ्चल तनहूँ जिल्ला अन्तर्गत पर्ने थानसिङ्ग गा.बि.स. वडा नं. १ मा, आमा उमा श्रेष्ठको कोखबाट बि.सं. २०३४ साल श्रावण १५ गतेका दिन श्रीमाया मल्लको जन्म भएको थियो । दुर्भाग्यवस उहाँको जन्म हुनुभन्दा दुई महिना अगाडी नै पिताको स्वार्गवास भएको हुनाले जन्म लिनु भन्दा पहिल्यै आमाको गर्भ देखी नै टुहुरी बनेर यस धर्तीमा आउनु भएको हुनाले आफ्नो पिताको नाम समेत उहाँलाई थाहा छैन । पिताको स्वर्गवास भएकै कारण उहाँको आमा उमा श्रेष्ठको जीबन पनि बिना पानीको माछा भएजस्तै वाध्य र विवस भएको कारणले गण्डकी अञ्चल तनहुँ जिल्ला अन्तर्गत पर्ने दमौली चापाघाटका गोपाल श्रेष्ठ नाम गरेको व्यक्तीसँग उहाको दाश्रो बिवाह गदै अर्को नयाँ जिवनी आमा उमाको सुरुवात हुन थाल्यो ।
नेपाल वान टेलिभिजनमा राति १०:३० बजे प्रत्यक्ष प्रसारण हुने यौनसम्बन्धी कार्यक्रम रात परेपछि चलाएर घर फर्किँदै गर्दा मन भारी भएको हुन्छ । सधैँ मध्यरातमा घर पुग्छु । कार्यक्रममा सोधिएका यौनसम्बन्धी अनेकौँ जिज्ञासा सुनेर म सधैँ एउटै निष्कर्षमा पुग्छु- अधिकांश नेपाली कुनै न कुनै यौनसमस्याले पीडित छन् । दर्शकका यौनसम्बन्धी समस्या मेरो माध्यमबाट समाधान हुँदा एकप्रकारको सन्तुष्टि मिल्छ । यौनसमस्या मान्छेको प्रमुख समस्या हो । सबैसँग खुलस्त भन्न नमिल्ने अप्ठयारो समस्या । 










































