Monthly Archives: March 2010

दलहरूका कारण राजा फर्किन सक्छन् : खड्का

दाङ, १६ चैत, पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले दलहरूले जनताका लागि राम्रो काम गर्न नसके राजा फर्किने र इतिहास दोहोरिन सक्ने खतरा रहेको बताएका छन् । दलहरू संविधान बनाउनुभन्दा सत्ता केन्द्रित भएको र दलहरूको रवैया यस्तै रहे राजा फेरि र्फकन सक्ने उनको तर्क थियो । उनले थपे, ‘पछिल्लो समयमा राजाको समेत सक्रियता बढेको छ, यो त्यसैको संकेत हुन सक्छ ।’ Continue reading

गिरिजाले सरकार फाडन खोजेका थिए , डा.भट्टर्राई

पोखरा, एकिकृत माओवादी उपाध्यक्ष डा.बाबुराम भट्टर्राईले कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला चाहना पनि अहिलेको सरकार हटाउने नै रहेको दाबी गरेका छन् । कांग्रेस सभापति कोइरालाले यो सरकार परिवर्तन गरी माओवादी नेतृत्वमा सरकार बनाउन चाहेको उल्लेख गर्दै आफुहरूसंगको भेटमा कोइरालो यस्तो संकेत गरेको उनको दाबी थियो ।  कोइरालाको देहबसानले देशमा ठुलो अन्यौल बढेको भन्दै डा. भट्टर्राईले त्यो अन्यौल समाप्त गर्नका लागि माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नु पर्ने बताए । क्रान्तिकारी पत्रकार संघ तमुवान राज्य समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टर्राईले भने गिरिजा बाबुले अब देश तपाईहरूले सम्हाल्नु पर्छ भन्नु भएकै हो । आफु र प्रचण्डसंगको भेटमा कांग्रेस सभापति कोइरालाले माधव नेपाल नेतृत्वको सरकार हटाउने संकेत दिइसकेको दावी समेत भट्टर्राईको थियो ।
Continue reading

एसीसी एलाइट ट्रफी २०१० नेपाली क्रिकेट टिमको स्वागत (मार्च २०१०)

कुवेतमा संचालन हुने “एसीसी एलाइट ट्रफी २०१०-कुवेत” मा सहभागिता जनाउन नेपाली क्रिकेट टिम गल्फ एयरको उडान नं. GF-215 बाट २९ मार्च २०१० बेलुकीको ५.१५ बजे कुवेत आईपुगेको छ । कुवेत बिमानस्थमा क्रिकेट टिमको स्वागतका झलकहरु फोटोमा…  Continue reading

मस्कोमा गरिएको आत्मघाती बम हमलामा कैयौंको मृत्यु

मस्कोको स्थानीय समय अनुसार सोमबार बिहानको व्यस्त समयमा गरिएका दुईवटा आत्मघाती बम आक्रमणमा मर्नेहरूको संख्या कम्तीमा अडतीस पुगेको छ। त्यस्तै सत्तरीजनाभन्दा बढी घाइते भएका छन्। सुरक्षा निकायहरुले आत्मघाती बम हमलाकारीहरू रुसको उत्तरी ककेससस्थित एउटा उग्रवादी समूहसँग सम्वद्ध महिलाहरू भएको विश्वास गर्दछन्। सो क्षेत्रमा धेरै वर्षदेखि मुसलमान विद्रोहीहरु स्वतन्त्रताका लागि लडिरहेका छन्। रूसको प्रमुख गुप्तचर संस्था एफएसबीका प्रमुखले ती आत्मघाती बम हमलाहरूकालागि चेचन्या र इंगुशेतिया क्षेत्रलाई समेट्ने मुसलमानहरुको बाहुल्य रहेको उत्तर ककेसस क्षेत्रका उग्रवादीहरू जिम्मेवार रहेको आरोप लगाए। Continue reading

एसीसी एलाइट ट्रफीमा भाग लिन नेपाली क्रिकेट टिम कुवेत आईपुग्यो

जय आले, कुवेत

कुवेतमा संचालन हुने एसीसी एलाइट ट्रफी २०१० मा सहभागिता जनाउन नेपाली क्रिकेट टिमको “पूर्व सूचना अनुसार” गल्फ एयरको उडान नं. GF-215 बाट आज २९ मार्च २०१० को दिन, बेलुकीको ५.१५ बजे कुवेत आगमन भएको छ ।

क्याप्टेन पारस खड्का सहित १६ जना खेलाडिहरुको टोलिमा टिम कोच सुरेश पाण्डे र टिम मेनेजर बिनोद मैनाली हुनुहुन्छ । तर अर्का एकजना  खेलाडि ज्ञानेन्द्र मल्लको भिसामा केही समस्या दिखिएकोले वहाँ आज यो टोलिसँग आउन सक्नु भएन र वहाँको भोली ३० मार्चमा आगमन हुने जनाईएको छ । Continue reading

हरुवाको नेतृत्वले राजतन्त्रलाई बलः डा. भट्टराई

स्याङ्जा-एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा। बाबुराम भट्टराईले वर्तमान सरकार हरुवाहरुको जमात भएको हुदा हरुवाको नेतृत्वले प्रतिगामी तथा राजतन्त्रलाई बल पुगेको बताएका छन् ।  हरुवाको नेतृत्वले काम गर्न नसकेको फाईदा उठाउंदै इतिहासका पानामा सिमित राजतन्त्रका नाईके पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालमा राजतन्त्र रहेको प्रतिकि्रया दिएको बताए । डा। भट्टराईले भने राजतन्त्र मरेको मानव सरह भएको हुदा मरेकाहरु जिम्दो हुन सक्दैनन् ।

Continue reading

माओवादीले सहयोग गरे कोइरालाको आत्मालाई शान्ति

काठमाडौँ, चैत १५ गते । प्रधानमन्त्री माधवकुमार नेपालले तीन हजारसम्म लडाकूलाई सुरक्षा निकायमा समायोजन गर्न स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले राख्नुभएको प्रस्तावलाई एकीकृत नेकपा माओवादीले कार्यान्वयन गर्न सहयोग गर्नुपर्ने बताउनुभएको छ ।प्रधानमन्त्री नेपालले शान्तिप्रक्रिया र संविधान लेखनलाई टुङ्गोमा पुर्‍याउन माओवादीले सहयोग गरेमा मात्र कोइरालाको आत्माले शान्ति पाउने बताउँदै त्यति पनि नगरे गिरिजाबाबुलाई आˆनो अभिभावक मानेको र उहाँपछि आफू उत्तराधिकारी भएको भन्ने माओवादी दाबीको अर्थ नहुने तर्क गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सको ५७औँ वाषिर्क साधारणसभाको उद्घाटन समारोहमा उहाँले विशेष सुरक्षा योजना लागू भएपछि शान्तिसुरक्षामा उल्लेख्य सुधार आए पनि त्यसले चर्चा पाउन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभयो ।उक्त योजना लागू भएपछि सानसानो कुरा राजमार्ग अवरोध गर्ने, विस्फोट, अपहरण, चन्दा असुलीजस्ता घटनाहरू नियन्त्रणमा आएको जनाउँदै प्रधानमन्त्री नेपालले भएको जति कुराले चर्चा नपाउँदा गर्न खोज्नेलाई हौसला हुँदैन भन्नुभयो । Continue reading

सुनितालाई थप सहयोग

झापा/ मिर्गौला रोगले पीडित पूर्वराष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सुनिता थापामगरलाई शनिबार उपचारार्थ थप सहयोग प्राप्त भएको छ । मातातीर्थका टिआर भट्टले उनलाई दस हजार रुपैयाँ सहयोग गरेका हुन् । झापा फुटबल संघका अध्यक्ष जलकुमार गुरुङलाई सहयोगकर्ता भट्टले सो रुपैयाँ हस्तान्तरण गरे । यसैगरी, जिल्ला खेलकुद विकास समिति झापाले पनि सुनितालाई पाँच हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

खस्किइन् इभानोभिक

हिजोआजका दिन सर्बियाली टेनिस स्टार अना इभानोभिकका लागि सहज छैन । एन्डियाना वेल्स टेनिस प्रतियोगितामा सुरुवातमै हार बेहोरेपछि उनी विश्व बरियताक्रममा ५८औँ स्थानमा झर्ने भएकी छिन् । विगतलाई नियाल्ने हो भने नम्बर एक महिला टेनिस खेलाडी बनिसकेकी इभानोभिक अनुभवी र कुशल खेलाडी मानिन्छिन् ।
Continue reading

नेपाल-चीन व्यापार-घाटा उच्च

तातोपानी, आयात-निर्यातमा उच्च असन्तुलन देखिन थालेपछि तातोपानीबाट हुने नेपाल-चीनबीचको व्यापार-घाटा बर्सेनि बढ्दै गएको छ । नेपाली सामग्री चीन निर्यात हुन छाड्नु तथा यसको तुलनामा आयात उच्च रहनुले द्विदेशीय कारोबार असन्तुलित भई व्यापार-घाटा बढेको हो ।आयात-निर्यात व्यापारबीच फराकिलो असन्तुलन कायम हुन गएको छ,’ तातोपानी भन्सारप्रमुख चूडामणि देवकोटाले भने, ‘यसले बर्सेनि व्यापार-घाटा बढाउँदै लगेको छ ।’ नेपाल-चीनबीच वेला-वेलामा हुने व्यापारिक सहमति कार्यान्वयन नहुनु, चीनमै सामग्री उत्पादन हुन थाल्नु,महँगा सामग्री निकासीमा रोक लगाउन र बढी मागका सामग्रीको भन्सार महसुलमा वृद्धि गर्नु, व्यापारी पलायन हुनुजस्ता कारणले निर्यात व्यापारमा ह्रास आएको हो । Continue reading

यो पनि जाँचै हो

बर्दियाको राधाकृष्ण थारु बंगलामुखी माविको एसएलसीमा चोर्दै परीक्षार्थी। तस्बिर खिच्न खोज्दा गोरखापत्रकी समाचारदाता गीता अधिकारीमाथि निरीक्षक ऋषिराम शर्माले हातपात गरेका थिए।

मन्त्रीका लागि आउँदै छन् नयाँ १० गाडी

काठमाडौं, जम्बो मन्त्रिपरिषद्का सदस्यहरूलाई भाग नपुगेपछि सरकारले १० वटा नयाँ गाडी मगाएको छ । किया मोटर्सका नयाँ गाडी कोरियाबाट कोलकाता बन्दरगाह आइपुगेका छन् ।आफूलाई थोत्रा गाडी परेको भन्दै विभिन्न मन्त्रीले आक्रोश व्यक्त गर्दै आएका थिए । मन्त्रीको चित्त बुझाउन गृह मन्त्रालयले तीन करोड खर्च गरेर १० वटा गाडीको खरिद-प्रक्रिया थालेको थियो ।वर्तमान सरकार बन्नासाथ गत साउनमै गाडी अर्डर गरिएको थियो । Continue reading

संविधानसभाको म्याद थप्न प्रस्ताव

(काठमाडौं), नयाँ संविधान जारी गर्ने समय छोटिँदै गर्दा संविधानसभामा रहेका दलहरू संविधानसभाको म्याद थप गर्ने तयारीमा लागेका छन्।निर्धारित समयमा संविधान निर्माण नहुने आशंका बढेको भए पनि संविधानसभाको म्याद थप गर्ने विषयमा मुख खोलेर कसैले भन्न नसकिरहेको अवस्थामा संविधानसभामा केही दलले ६ महिना वा एक वर्षम्याद थप गर्नुपर्न प्रस्ताव राखेका छन्।म्याद थप गर्नुपर्ने विषयमा साना या ठूला दल आन्तरिक रूपमा गृहकार्यमा लागेको भए पनि ठूला दलले जनताबाट आउने आलोचनाको डरले म्याद थप्ने कुरा खुलेर भन्न सकेका छैनन्। तर, नेताहरूले आगामी जेठ १४ गते संविधान जारी नभए आकाश नै खस्नेवाला छैन भन्नेजस्ता प्रतिक्रिया भने दिन थालेका छन्। Continue reading

पासाङलाई ५५ प्रश्न

जनता, समाज र राष्ट्रलाई फाइदा हुन्छ भने जस्तोसुकै मृत्युवरण गर्न पनि तयार भइन्छ । त्यसपछि मृत्युको डर आफैँ भागेर जान्छ ।

एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य र जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ जनयुद्धदेखि अहिलेसम्म त्यत्तिकै चर्चित छन् । जनयुद्धकालमा उनकै नेतृत्वमा ठुल्ठूला फौजी कारबाही गर्‍यो माओवादीले । तिनै फौजी कारबाहीले देशको राजनीतिक शक्ति सन्तुलन भत्काउँदै लग्यो । छापामार युद्धकलामा निपुण पासाङले जनयुद्धलाई यो उचाइमा पुर्‍याउन ठूलै योगदान गरे । रोल्पाको ग्रामीण बस्तीमा जन्मेका उनी जनयुद्धको मूल परिवर्तन मानिएको जनमुक्ति सेना कमान्डर छन् यतिवेला । शिविरमा बसिरहेका करिब २० हजार लडाकुको नेतृत्व गरिरहेका पासाङको सेना समायोजनको चर्चासँगै उनको पोजिसनको पनि कुरा उठिरहेको छ । Continue reading

काठमाडौं–पोखरा रेल्वे ६ वर्षमा

पुष्प आचार्य
राजनीतिक राजधानी काठमाडौं र पर्यटकीय राजधानी पोखरालाई अब विद्युतीय रेल्वेले जोड्ने भएको छ । गत वर्षको बजेटमा घोषणा गरिएअनुरूप पूर्व–पश्चिम र काठमाडौं–पोखरा विद्युतीय रेलसेवाको अध्ययन भएको थियो । यसका लागि जिम्मेवारी पाएको कन्सल्ट्यान्ट कम्पनी राइट्स इन्डिया लिमिटेडले प्रारम्भिक प्रतिवेदन पनि बुझाइसकेकाले यदि समयमै काम भयो भने ६ वर्षभित्र रेल कुद्ने सम्बद्ध विज्ञहरूले बताएका छन् । Continue reading