ज्ञानेन्द्रले कुवेतको भिसा पाएनन्


काठमाडौं, उपकप्तान ज्ञानेन्द्र मल्लबिना नै नेपाली टोली एसिसी ट्रफी इलाइट खेल्न सोमबार कुवेत लागेको छ। १६ सदस्यीय नेपाली टोली बिहान साढे ९ बजे गल्फ एयरबाट कुवेततर्फ लाग्दा प्रमुख ब्याट्सम्यान ज्ञानेन्द्र भिसा अस्वीकृत गरिएका कारण घरैमा बस्न बाध्य भए। ज्ञानेन्द्र मल्ल नेपाली टोलीका वैकल्पिक सहित सबै खेलाडीको भिसा आए पनि ज्ञानेन्द्रको भिसा दुई पटक अस्वीकृत भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। शनिबार तेस्रो पटक उनको भिसाका लागि आवेदन दिइएको छ। मंगलबारसम्म भिसा आएमा ज्ञानेन्द्रलाई नै कुवेत पठाइने नत्र भने वैकल्पिक खेलाडीलाई पठाइने क्यान अध्यक्ष विनयराज पाण्डे बताउँछन्।
बैकल्पिकमा सुवास खकुरेल, नरेश बुढाऐर र प्रदीप ऐरी छन्। १० राष्ट्रसम्मिलित प्रतियोगिता बुधबार सुरु हुँदैछ। एसियाली क्रिकेट परिषद् (एसिसी) ले आयोजना गर्ने यो सबैभन्दा ठूलो प्रतियोगिता हो। ज्ञानेन्द्रको भिसा नआएपछि नेपालले आइतबार कडा आपत्ति जनाउँदै एसिसीलाई पत्र पठाएको अध्यक्ष पाण्डेले बताए।
गल्फ राष्ट्रमा हाम्रा खेलाडीमाथि बारम्बार भएको यस्तो घटनाविरुद्ध आगामी मे महिनामा हुने एसिसी विकास बैठकमा हामी यसलाई मुद्दा बनाउने छौं एसिसीको विकास बैठक सदस्य पनि रहेका पाण्डेले भने, ‘यो प्रतियोगिता हाम्रो पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ को तयारीको रूपमा पनि रहेको छ, त्यस हिसाबले यो हाम्रा लागि प्रमुख प्रतियोगिता हो, भिसाका कारण ज्ञानेन्द्र खेल्न पाएन भने त्यो हाम्रा लागि ठूलो घाटा हुनेछ।’

नेपालले कुवेत गएर खेल्न लागेको यो तेस्रो प्रतियोगिता हो। यसअघि २००७ मा पहिलो एसिसी ट्वान्टी-२० इलाइट कप र गत वर्ष एसिसी यु-१९ इलाइट कप गरी नेपालले कुवेतमा दुई प्रतियोगिता खेलेको थियो। कुवेतको दुबै प्रतियोगिता खेल्ने नेपाली टोलीमा ज्ञानेन्द्र एकमात्र खेलाडी हुन्। राष्ट्रिय टोलीबाट पहिलो पटक खेल्ने क्रममा ज्ञानेन्द्रले २००६ को एसिसी ट्रफीमा तीन अर्द्धसतक बनाएका थिए।

भिसा नपाएर गल्फ राष्ट्रमा खेल्न नपाउने महबुव आलम पहिलो खेलाडी हुन्। २००६ मा युएईविरुद्ध शारजहाँमा भएको एसिसी प्रिमियर लिग तीनदिवसीय प्रतियोगितामा खेल्न जाने क्रममा महबुवको भिसा अस्वीकार गरिएको थियो। गत नोभेम्बरमा युएईमा सम्पन्न एसिसी ट्वान्टी-२० मा महबुव र सहायक प्रशिक्षक मन्जुर आलम खानको भिसा नेपाली टोली युएई उड्ने अन्तिम समयमा आएको थियो।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s