काठमाडौ, चैत्र १७ – विभिन्न राजनीतिक दल सम्बद्ध दश युवा संगठनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्न अभिब्यक्ति दिने पूर्व राजा ज्ञानेन्द्र
शाहलगायतलाई दिइएको सबै सरकारी सुविधा फिर्ता लिन र गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ ।
दश युवा संगठनको मंगलबार बसेको संयुक्त बैठकले हालै शाह र पूर्व प्रधानमन्त्री कृष्णप्रसदा भट्टराईले दिएको अभिब्यक्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माण प्रकृयालाई असफल पार्ने उद्देश्यले आएको निष्कर्ष निकालेको छ ।
शाहले हालै जनकपुरमा राजतन्त्र समाप्त भइसकेको भन्ने कुरा भ्रम मात्र रहेको उल्लेख गरेका थिएभने भट्टराई आइतवार बिज्ञप्ति जारी गरी संविधान नबन्ने पक्का भएको उल्लेख गर्दै ०४७ सालको संविधानलाई पुर्नजीवित गर्न आह्वान गरेका थिए । साथै संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई आयतित पोशकको संज्ञासमेत दिएका थिए । Continue reading
३१ मार्च २०१० देखी ९ अप्रिल २०१० सम्म कुवेतमा एसियन क्रिकेट काउन्सिल एलाइट ट्रफी कुवेत २०१०, १० एसियन राष्ट्रहरुबीच संचालन हुन गईरहेको र जसको समुह A बाट भोलि ३१ मार्च २०१० को दिन, बिहानको ९.०० बजे देखी कुवेतको बिरुद्द सिंगापुर- कुवेतको केईसि ग्राउण्ड (Doha)मा, अफगानिस्तानको बिरुद्द बहराइन- कुवेतको हुबारा ग्राउण्ड (Ahmadi)मा र हङकङको बिरुद्द नेपाल- कुवेतको युनिटी ग्राउण्ड (Ahmadi)मा खेल्ने जानकारी गराउन चाहन्छौं । 




















































