एसीसी एलाइट ट्रफीमा भाग लिन नेपाली क्रिकेट टिम कुवेत आईपुग्यो

जय आले, कुवेत

कुवेतमा संचालन हुने एसीसी एलाइट ट्रफी २०१० मा सहभागिता जनाउन नेपाली क्रिकेट टिमको “पूर्व सूचना अनुसार” गल्फ एयरको उडान नं. GF-215 बाट आज २९ मार्च २०१० को दिन, बेलुकीको ५.१५ बजे कुवेत आगमन भएको छ ।

क्याप्टेन पारस खड्का सहित १६ जना खेलाडिहरुको टोलिमा टिम कोच सुरेश पाण्डे र टिम मेनेजर बिनोद मैनाली हुनुहुन्छ । तर अर्का एकजना  खेलाडि ज्ञानेन्द्र मल्लको भिसामा केही समस्या दिखिएकोले वहाँ आज यो टोलिसँग आउन सक्नु भएन र वहाँको भोली ३० मार्चमा आगमन हुने जनाईएको छ ।

नेपाली खेलाडिहरुको स्वागतार्थ: कुवेत अन्तर्राष्ट्रिय बिमान स्थलमा नेपाली दूतावास कुवेतका प्रतिनिधि भुवन पौडेल, समाजसेवी मित्र सिंजाली, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरी लगायत अन्य क्लवका पदाधिकारीहरु र कुवेतनेपाल डटकमका बिक्रम थापा, शिवराम पौडेल लगायतको उपस्थिती रहेको थियो ।

स्वागतार्थ: उपस्थित सबैले खेलाडिहरुलाई फुल गुच्चा दिएर स्वागत गर्नु भएको र खेलाडिहरुलाई अहिले कुवेतको अल-जहारा होटेलमा राखिएको  हाम्रा प्रतिनिधी शिवराम पौडेलले जानकारी दिनु भयो ।

नेपाली टिमले पहिलो खेल ३१ मार्च २०१० को दिन, समुह A बाट कुवेतको युनिटी क्रिकेट मैदानमा हङकङको बिरुद्द खेल्ने छ ।  

स्वागत समारोहका केही झलक :-

2 Responses to एसीसी एलाइट ट्रफीमा भाग लिन नेपाली क्रिकेट टिम कुवेत आईपुग्यो

  1. DELIP SUBBA

    Good luck & all the best…….Nepali Squads.

  2. Wish to have great cricket matches by this season. All the best !!

    Bikram

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s